काठमाडाैं - सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुल्ला गरेको छ ।
राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको हाे ।
मेनपावर कम्पनीहरुले अब उच्च मध्यम आय भएको सर्बियामा श्रमिक पठाउन पाउने भएका हुन् ।
सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको छ । सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र हो ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ ११:५२