Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • लयमा फर्किंदै वैदेशिक रोजगार : एक वर्षमा पाँच लाखभन्दा बढी विदेशिए
लयमा फर्किंदै वैदेशिक रोजगार : एक वर्षमा पाँच लाखभन्दा बढी विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १५, २०७९
1524463183
Hardik health
महेन्द्र शाही काठमाडौं– कोरोना महामारीले थलिएको वैदेशिक रोजगार क्षेत्र विस्तारै पुरानै लयमा फर्किने अवस्थामा देखिएको छ । कोरोनाका कारण समस्या देखिएको यो क्षेत्र विस्तारै चलायमान बन्दै गएको हो । यसको उदाहरणका रूपमा एक वर्षको अवधिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्यालाई लिन सकिन्छ । गत वर्ष ०७८ वैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या पाँच लाख नौ हजार ५९३ रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । कोरोना महामारीका कारण अघिल्ला वर्षहरूमा निकै कम श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । तर, ०७८ सालमा नेपालबाट रोजगारीका लागि प्रत्येक महिना औसतमा ४२ हजार ४६६ जनाभन्दा बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी श्रमिक मंसिर महिनामा रोजगारीका लागि विदेश गएको देखिएको छ । गत मंसिर महिनामा ७४ हजार ३५४ जना श्रमिक रोजगारीका लागि विदेश गएका हुन् । त्यस्तै गत वर्षको जेठ महिनामा सबैभन्दा कम चार हजार ८६ जना रोजगारीका लागि विदेशिएको देखिन्छ । विभागका अनुसार गत वर्षको वैशाख महिनामा नेपालबाट २४ हजार ३६३ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । जेठ महिनामा भने श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या चार हजार ८६ जना मात्रै रहेको थियो । त्यतिबेला नेपाल तथा नेपालीहरूको प्रमुख रोजगार गन्तव्य मुलुकमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो । त्यही कारण रोजगारीमा जानेको संख्यामा निकै गिरावट आएको देखिएको छ । त्यस्तै असार महिनामा २० हजार ६५८ श्रमिक विदेशिएका थिए भने साउनमा २५ हजार ४२८ रोजगारीको सिलसिलामा विदेश गएको देखिन् छ । भदौ महिनामा ३६ हजार ४० जना, असोज महिनामा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएर विदेश गएको देखिएको छ । मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । विश्वभरि सन् २०१९ को डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः घट्दै गएको थियो । कोरोना महामारी सुरु भएको पहिलो आर्थिक वर्ष ०७६/७७ मा श्रम स्वीकृति लिएर रोजगारीमा विदेश जानेको संख्या तीन लाख ६८ हजार ४३३ रहेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक रोजगारीमा जान नेपालीको संख्या पाँच लाख आठ हजार ८२८ जना रहेको थियो । यता आर्थिक वर्षका हिसावले हेर्दा आर्थिक वर्ष ०७७/७८ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा निकै गिरावट आएको देखिएको छ । यो आर्थिक वर्षमा नेपालबाट जम्मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएर विदेश गएको देखिएको छ । यता चालु आर्थिक वर्षको नौ महिना अवधिको तथ्यांक हेर्दा पनि वैदेशिक रोजगारीको क्षेत्र पुरानै अवस्था फर्कने संकेत मिलेको सरोकारवालाहरूको भनाइ छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दा नेपाल भित्रने रेमिट्यान्समा बढ्ने अपेक्षा गरिएको छ । तर पछिल्लो समय कोरोना महामारीको समयमा भन्दा रेमिट्यान्स घटिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । रोजगारीका लागि विदेश जानेको संख्यामा बृद्धि भए पनि गैरकानुनी रूपमा रकम नेपाल भित्रिएका करण पनि रेमिट्यान्समा गिरावट आएको हुनसक्ने अनुमान गरिएको छ । कोरोनाको समयमा गैरकानुनी माध्यमभन्दा पनि बढी बैंकिङ माध्यमबाट आएको र वैदेशिक रोजगारीमा गएकाहरू समेत नेपाल आउन नपाएको अवस्थामा रेमिट्यान्स बढेको हुनसक्ने र अहिले आउने/जाने उस्तै अवस्था रहेकाले घटेको हुनसक्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमलप्रसाद ढकालले बताए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा विभिन्न देशबाट नेपालमा छ खर्ब ३१ अर्ब १९ करोड रूपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा १.७ प्रतिशतले न्यून हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP