Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चैतमा साढे ५५ हजार श्रमिक विदेशिए
चैतमा साढे ५५ हजार श्रमिक विदेशिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ११, २०७९
download
Hardik health
काठमाडौं– चालु आर्थिक वर्षको चैत महिनामा नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या सामान्य बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चैतमा ५५ हजार ५२३ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका छन् । यो संख्या फागुन महिनाको तुलनामा दुई हजार ५६ ले बढी हो । फागुनमा ५३ हजार ४६७ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । चैत महिनामा रोजगारीका लागि नेपालबाट २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकृति लिएर विदेश गएको देखिएको छ । २८ हजार ३६७ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्यांक छ । विभागले सार्वजनिक गरेको मासिक विवरणअनुसार चैत महिनामा सबैभन्दा धेरै श्रमिक साउदी अरबमा गएका छन् । साउदीमा १५ हजार २०१ जना श्रमिक गएका हुन् । उक्त महिना साउदीपछि धेरै नेपाली श्रमिक रोजगारीका लागि कतार गएको देखिएको छ । त्यो महिनामा नेपालबाट १४ हजार ८६९ जना नेपाली रोजगारीका लागि कतार गएका छन् । पछिल्लो समय मलेसियाको रोजगारी खुला नभएको समयमा नेपालबाट धेरै श्रमिक साउदी र कतार जाने गरेका छन् । त्यस्तै नेपालीहरूको अर्को श्रम गन्तव्य मुलुक युएई जाने नेपाली श्रमिकको संख्या ११ हजार ८६५ जना रहेको छ । त्यस्तै कुवेत जाने नेपालीको संख्या पाँच हजार ६२९ जना रहेको विभागले जारी गरेको विवरणमा उल्लेख छ । त्यस्तै रोजगारीका लागि मलेसिया गएका नेपालीको संख्या एक हजार ७९३ जना रहेको छ । लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी केही समयअघि मात्रै मलेसिया खुलेको हो । फागुन महिनामा मलेसिया जाने नेपाली श्रमिकको संख्या ९९१ जना रहेको थियो । चैत महिनामा एक हजार ३०० श्रमिक बहराइन गएका छन् । त्यस्तै ओमानका लागि ६५० ले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । यता पछिल्लो समय रोजगारी गन्तव्यका रूपमा विकास हुँदै गएको क्रोयसियामा श्रम स्वीकृति लिएर ६४३, रोमानिया ५३४ र साइप्रसमा ३६२ जना रोजगारीका लागि गएको देखिएको छ । १६ जिल्लाबाट एक हजारभन्दा बढी चैत महिनामा एक हजारभन्दा बढी श्रमिक विदेश जाने जिल्लाको संख्या १६ रहेको छ । ७७ जिल्लामध्ये १६ वटा जिल्लाबाट एक महिनाको अवधिमा एक हजारभन्दा बढी श्रमिक विदेश गएका हुन् । त्यसैगरी पाँच जिल्लाबाट १५ जनाभन्दा कम श्रमिक विदेश गएको विभागको तथ्यांक छ । चैत महिनामा सबैभन्दा बढी श्रमिक विदेश जाने जिल्लामा धनुषा परेको छ । धनुषाबाट एक महिनामा तीन हजार ८४४ जना रोजगारीका लागि विदेश गएको देखिन्छ । त्यस्तै, सिराहा, झापा, महोत्तरी र मोरङ जिल्लाबाट पनि दुई हजारभन्दा बढी श्रमिक रोजगारीको सिलसिलामा विदेश गएका छन् । सिराहाबाट दुई हजार ९७३ जना विदेश गएका छन् भने झापाबाट दुई हजार ६५४ जना रोजगारीको खोजीमा विदेशिएका छन् । महोत्तरीबाट दुई हजार ६७४ र मोरङबाट दुई हजार १२७ जना रोजगारीका लागि विदेश गएको देखिएको छ । यस्तै, नवलपरासीबाट एक हजार ८४४ जना, सुनसरीबाट एक हजार ८०१ जना, रूपन्देहीबाट एक हजार ७५६ जना, सर्लाहीबाट एक हजार ५५७ जना विदेश गएका छन् । सप्तरीबाट एक हजार ४०९, स्याङ्जाबाट एक हजार ३४५, चितवनबाट एक हजार २९६ जना रोजगारीका लागि विदेश गएका छन् । यता तनहुँबाट एक हजार २२२, कपिलवस्तुबाट एक हजार १४९ र दाङबाट एक हजार ३६ जना श्रमिक रोजगारीका लागि विदेश गएका छन् । सबैभन्दा कम श्रमिक विदेश जाने जिल्लामा हुम्ला परेको छ । हुम्लाबाट चैत महिनाभरिमा जम्मा तीन जना रोजगारीका लागि विदेश गएको तथ्यांक छ । त्यस्तै डोल्पाबाट चार जना, मनाङबाट सात, मुस्ताङबाट आठ जना र मुगुबाट १४ जना श्रमिक विदेश गएको देखिन्छ । चैत महिनामा रोजगारीका लागि विदेश गएकामध्ये जम्मा १३ जना उच्च दक्षता हासिल गरेर गएको देखिएको छ । अदक्ष श्रमिक २० हजार ४९४ जना, अर्ध कुशल क्षमताका चार हजार ३३४ जना र व्यावसायिक क्षमता भएका ५८ जना नेपाली श्रमिक चैत महिनामा विदेश गएको तथ्यांक छ । कुनै न कुनै दक्षता हासिल गरेर विदेश जानेको संख्या ३० हजार ६२४ जना रहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP