Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित बनाउन जोड
वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित बनाउन जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ८, २०७९
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनको ११औं साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सबैले पहल गर्नुपर्ने बताए । व्यवसायमा देखिएका समस्या समाधानका लागि पार्टीका तर्फबाट आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको उनको भनाइ थियो । अरू पार्टीले हातमा बन्दुक थमाएको समयमा नेपाली कांग्रेसले राहदानी थमाएका कारण विषम् परिस्थितिमा पनि नेपालको अर्थतन्त्र चलयमान हुन सकेको उनले दाबी गरे । ‘नेपाली कांग्रेसले वैदेशिक रोजगारीको ढोका नखोलेको भए देश १० वर्षको युद्ध, भूकम्प, नाकाबन्दीलगायत समस्याको समयमा कसरी बाँच्थ्यो होला,’ महामन्त्री शर्माले भने । आलोचनाविहीन क्षेत्र कुनै पनि नहुने भन्दै उनले यो क्षेत्रको पनि आलोचना भएकोले व्यवसायी स्वयं सुधारमा लाग्नुपर्ने बताए । ‘सरकारले यो क्षेत्रलाई व्यवस्थित बनाउनका लागि प्रयास गर्नुपर्छ । त्यसका लागि कम्तीमा १० वर्षको योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ,’ शर्माले भने । कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउनका लागि राज्यको भूमिका महŒवपूर्ण हुने बताए । कोभिडलगायतका कारणले व्यवसायी समस्यामा परेको अवस्थामा राज्यले राहतका कार्यक्रम ल्याउनुपर्ने उनले बताए । व्यवसायीलाई विभिन्न नियम ल्याएर दुःख दिने काम नगर्न पनि उनले सरकारसँग आग्रह गरे । ‘राज्यले सेवा शुल्कमात्रै समय सान्दर्भिक बनाउन सकेको खण्डमा यो क्षेत्र धेरै मर्यादित बन्न सक्छ,’ उनले भने । व्यवसायीले अहिले उठाएको धरौटी रकम फिर्ताको विषय जायज भएको भन्दै यसले समस्यामा परेका व्यवसायी जोगाउन सहयोग पुग्ने आङदेम्बेको भनाइ थियो । कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न नसक्नुको कारण सरकारी कर्मचारी भएको बताए । कर्मचारीको बदमासीका कारण ऐन नियममा व्यवसायीलाई समस्या पार्ने किसिमका प्रावधानहरु राखिएको उनले बताए । एसोसियसनका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटले राज्यलाई असफल हुनबाट जोगाएको वैदेशिक रोजगारीको क्षेत्रलाई धराशायी हुनबाट जोगाउनुपर्ने बताए । व्यवसायीले खुलारुपमा व्यवसाय गर्न पाउनुपर्नेमा सरकार व्यवसायीको प्रतिस्पर्धी बनेको उनको आरोप छ । ‘सरकारले कोरिया तथा इजरायल जानका लागि लाखौँ रकम लिने गरेको छ । तर, व्यवसायीलाई भने १० हजार सेवा शुल्कमात्रै लिनुपर्ने प्रावधान राख्नु अव्यावहारिक छ, त्यसैले यो खारेज हुनुपर्छ ।’ वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल प्रसाद ढकालले यो क्षेत्रमा देखिएका समस्या समाधान गरेर मर्यादित बनाउनका लागि सरकारसँग छलफल भइरहेको बताए । उनले आफू संघको चुनाव गर्नकै लागि आएकाले त्यही वातावरण निर्माणमा केन्द्रित रहेको बताए । स्थानीय तहको निर्वाचनपछि व्यवसायमा देखिएका समस्या समाधानदेखि संघको चुनाव हुने उनले बताए । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले राज्यले अव्यावहारिक नीतिका कारण यो क्षेत्रमा समस्या देखिएको बताए । सरकारमा रहने व्यक्तिले सस्तो लोकप्रियताका लागि निर्णय गदिदिँदा धेरै व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको उनले बताए । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष तारनाथ अर्यालले यो व्यवसायमा सरकारले नै समस्या उत्पन्न गरेको भन्दै सरकारले नै समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । यो क्षेत्रका समस्या समाधानका लागि छाता संगठनका रुपमा रहको संघमा सबै मिलेर जानुपर्ने उनले बताए । मुलुकको कूल गार्हस्थ उत्पादनमा करिब २९ प्रतिशत योगदान रहेको क्षेत्रलाई समस्यामा पार्ने किसिमका मात्रै कानुनहरु निर्माण गरिएकाले समस्या भएको उनको भनाइ थियो । एसोसियसनको ११औँ साधारणसभाको उद्घाटन समारोहमा एसोसियसनका पूर्वअध्यक्ष, संस्थापक सदस्य, हालको कार्यसमितिका सदस्यहरुलाई सम्मान गरिएको छ । पूर्वअध्यक्षहरु तिलक रानाभाट, यमबहादुर केसी, किरणकिशोर घिमिरे, विमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने, पूर्वकार्यवाहक अध्यक्ष सुजितकुमार श्रेष्ठ तथा वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP