
काठमाडौं– नेपाल वायुसेवा निगमले साउदी अरबमा नियमित उडान गर्ने भएको छ । निगमको विमानले आउँदो ९ वैशाखदेखि साउदीमा नियमित उडान गर्ने भएको हो ।
नेपालको राष्ट्रिय ध्वजावाहक विमानले पहिलोपटक साउदी अरबको रियादमा नियमित उडान गर्न लागेको हो । यो उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि निगमलाई उडानको अनुमति दिइसकेको बताइएको छ ।
वायुसेवा निगमले साउदीको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको जनाइएको छ ।
निगमले व्यावसायिक योजनाअनुसार सुरुमा काठमाडौं–रियाद–काठमाडौं नियमित उडान सुरु गर्ने भएको छ । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति पाएको थिएन ।