Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सञ्चित लगानी कोष निर्माण गरिँदै : विदेशमा रहेका नेपालीले लगानी गर्न सक्ने
सञ्चित लगानी कोष निर्माण गरिँदै : विदेशमा रहेका नेपालीले लगानी गर्न सक्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १, २०७९
20220413_191044
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर सरकारले सञ्चित लगानी कोष निर्माण गर्ने निर्णय गरेको छ । विदेशमा रहेका नेपालीले यो कोषमा रकम जम्मा गर्न सक्ने जानकारी दिइएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त कोषमा जम्मा हुने रकमलाई सरकारले उपयुक्त क्षेत्रमा लगानी गर्ने गरी कोष निर्माण गर्ने निर्णय भएको बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली बैंकमा डलर खाता खोल्ने विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त जानकारी दिएका हुन् । कोष निर्माणको विषय मन्त्रिपरिषद्बाट निर्णय भइसकेको उनले बताए । उक्त कोष छिट्टै स्थापना गरी कार्यान्वयनमा ल्याइने मन्त्री शर्माको भनाइ थियो । कोषमा विदेशमा रहेका नेपालीहरूले मासिक रूपमा निश्चित रकम जम्मा गर्न सक्ने र सो रकम सरकारले उत्पादनमूलक क्षेत्रमा लागानी गर्ने उनले बताए । ‘त्यो कोषमा सरकारले पनि लगानी गर्ने र विदेशमा रहेकाहरूलाई दिने सुविधाका रूपमा यसलाई सरकारले अगाडि बढाएको छ,’ मन्त्री शर्माले भने । उनले एनआरएनहरूलाई डलर खाता खोल्नका लागि अनुरोधसमेत गरेका छन् । ‘यो कार्यक्रम पहिलेदेखि नै अगाडि बढाउने विषयमा छलफल भइरहेको थियो तर अहिले अवस्था फरक भए पनि यसले लगानीको लागि वातावरण निर्माण गर्छ,’ उनले भने । एक लाख जनाले १० हजार डलरका दरले खाता खोलिदिने हो भने बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या समाधान हुने उनको भनाइ थियो । अर्थसचिव मधुकुमार मरासिनीले डलर खाता खोल्न सरकारले सहज वातावरण निर्माण गरेको बताए । विदेशमा रहेका नेपालीहरूले आङ्खनो ठाउँमा नेपाली सामान बिक्री गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.नीलम ढुंगानाले अनलाइनबाटै खाता खोल्न सकिने व्यवस्था गरिएको जानकारी दिइन् । विदेशबाट खाता खोल्दा कुनै शुल्क नलाग्ने र विदेशमा रहेका बैंकसँग पनि शुल्क कम गर्ने विषयमा पहल गरिने उनले बताइन् । खाता खोलेपछि पैसा लिन पाइँदैन कि भन्न चिन्ता नलिन पनि उनले आग्रह गरिन् । विभिन्न बैंकका प्रतिनिधिहरूले पनि खाता खोल्नका लागि समस्या नहुने बताएका थिए । एनआरएनएका अध्यक्ष कुल आचार्यले मातृभूमिको ऋण तिर्ने मौका आएको भन्दै सबै विदेशमा रहेका नेपालीहरूले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए । कुरा गने भन्दा पनि काम गरेर देखाउने अवसर आएकाले यो अवसरलाई खेर जान दिन नहुने उनले बताए । खाता खोल्नेमात्रै भन्दा पनि नेपालसँग जोडिने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP