Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ४, २०८३

काठमाडौं– नीतिगत सुधारको मागसहित गत साउन २२ गतेदेखि सुरु भएको आन्दोलन स्थगन गरिएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघमाथि घटक संस्थाहरुले नै प्रश्न उठाएका छन्। उनीहरुले अकस्मात सरकारसँग सम्झौता गरेर आन्दोलन स्थगन गर्नुको कारण मागेका हुन्।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघले बुधबार जवाफ माग्दै संघको नेतृत्वलाई पत्र बुझाएका छन्। दुवै संस्थाले मन्त्रालयमा भएको छलफल र सरकारसँग भएका सहमतिबारे स्पष्ट पार्न माग गरेका छन्।

सम्पूर्ण व्यवसायीले संघको आह्वान स्वीकार्दै आन्दोलनमा होमिएको अवस्थामा ठोस निकास ननिकाली आन्दोलन स्थगित गर्नु अव्यावहारिक देखिएको एसोसिएसनको दाबी छ। पत्र बुझाउँदै एसोसिएसनका महासचिव सुमनराज पाण्डेले समग्र व्यवसायीको मुद्दामा संघले एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाए। आगामी दिनमा संघले सहकार्य नगरे एसोसिएसन आफैं आन्दोलनको नेतृत्व लिने उनको चेतावनी छ।

‘हामीले दिएका सुझावमा सरसल्लाह नगर्ने, पत्रकार सम्मेलन गर्ने, व्यवसायीलाई आन्दोलनमा ल्याउने तर व्यवसायीको म्याण्डेटविपरीत अमुक निर्णय ल्याएर सुनाउने कुरा एसोसिएसनलाई स्वीकार्य छैन,’ उनले भने, ‘संघलाई विनम्र रुपमा चेतावनी दिन चाहन्छौं, भोलिका दिनमा यस्तै प्रवृत्ति हाबी हुने हो भने लोकतान्त्रिक एसोसिएसन व्यवसायीका मुद्दा आफैं उठाएर अगाडि जान सक्छ।’

Nada Auto Show 2026
Hardik health

पत्र बुझाएपछि भएको छलफलमा संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङले संघको आन्दोलन अपरिपक्व भएको आरोप लगाए। अघिल्लो दिन कार्यालय बन्द गरेर आन्दोलन गर्न आह्वान गरेर भोलिपल्टै स्थगित गर्दा व्यवसायीमा थप अन्योल सिर्जना गरेको उनको भनाइ छ।

‘यो आन्दोलन आलोकाँचो भयो। पहिला यो आन्दोलन हो कि अभियान हो भन्नेमा संघ स्पष्ट हुनपर्‍यो। आन्दोलन हो भने संघर्षका कार्यक्रम हुन्छन्,’ गुरुङले भने, ‘अघिल्लो दिन रातको १२ बजे बन्द भयो भन्ने त्यसपछि भोलि छैन। यसले व्यवसायीमा भ्रम सिर्जना गर्छ।’ 

सो क्रममा महिला व्यवसायी संघकी उपाध्यक्ष तारा रेग्मीले छलफलबाटै समस्या समाधान हुन्थ्यो भने किन आन्दोलनमा जान बाध्य पारियो भन्दै प्रश्न गरिन्। आन्दोलनमा होमिएपछि एक चरणको वार्ताबाटै संघर्षका कार्यक्रम रोक्नु उचित नभएको उनको भनाइ थियो। आन्दोलन सुरु गर्दा व्यवसायीको म्याण्डेट लिने तर स्थगित गर्न व्यवसायीको सल्लाह सुझाव आवश्यक नपर्ने हो? भन्दै रेग्मीले संघलाई प्रश्न गरेकी थिइन्।

‘सबै घटक संस्थाले आन्दोलन गर्नु भनेर संघलाई जिम्मेवारी सुम्पिएपछि स्थगित गर्दा एकपटक सोध्न पर्दैन? मन्त्रालयमा गएपछि तुरुन्तै कार्यान्वयनमा आउने के समाधान लिएर आउनुभयो?,’ रेग्मीको प्रश्न थियो।

दुवै घटक संस्थाले सरकारले जनाएको प्रतिबद्धता स्वागतयोग्य भए पनि प्रतिबद्धता र वास्तविक कार्यान्वयनबीच ठूलो अन्तर रहेको जनाएका छन्।

यता संघले भने सरकारको मन्त्रीस्तरबाट आएको प्रतिबद्धतालाई विश्वास गर्नुपर्ने जवाफ दिएको छ। व्यवसायीका सबै मागमाथि छलफल गरेपछि ६० दिनभित्र पूरा गर्ने प्रतिबद्धता सार्वजनिकरुपमा आएपछि त्यसमा विश्वास गर्नु नै उचित विकल्प भएको संघका महासचिव हिराबहादुर डाँगीले बताए। एसोसिएसनसँग प्रश्न गर्न पाउने अधिकार भएकाले त्यसलाई सकारात्मकरुपमा लिने उनको भनाइ छ।

‘नेपाल सरकारको श्रम मन्त्रालयको मन्त्रीज्यूले नै भनेको कुरालाई त मान्नपर्ने होला नि ! व्यवसायीको माग ६० दिनभित्र पूरा गर्छु भनेर मन्त्रालयको शाखा प्रमुखले मिडियामा भन्नुभएको छ,’ महासचिव डाँगीले भने, ‘एसोसिएसन विपक्षमा भएकाले उहाँहरुले प्रश्न सोध्न पाउने खबरदारी गर्न पाउने अधिकार छ। यसलाई सकारात्मकरुपमा लिनुपर्छ।’

यसबीचमा संघले श्रमिक भर्ना प्रक्रियामा देखिएका त्रुटिहरुको सूक्ष्म अध्ययन थाल्दै विभिन्न निकायसँग छलफल अघि बढाएको महासचिव डाँगीले बताए। वैदेशिक रोजगार विभागले पनि व्यवसायीका व्यावहारिक विषयलाई मध्यनजर गर्दै हदैसम्म सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ।

संघले नीतिगत सुधार र म्यानपावर कम्पनीहरुमाथिको कारबाही फिर्ता हुनुपर्नेलगायतका १५ बुँदे माग राख्दै गत साउन २२ गतेदेखि स्वीकृति लिन बन्द गरेर संघर्ष थालेको थियो। सोही क्रममा भदौ १ गतेदेखि पूर्णरुपमा व्यवसाय बन्दको घोषणा गरेको थियो। भदौ १ गते नै मन्त्रालयमा भएको छलफलपछि संघले आन्दोलन स्थगन गरेको थियो।


प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १७:३८
#वैदेशिक_रोजगार_व्यवसायी #लोकतान्त्रिक_एसोसिएसन #महिला संघ
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP