Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २०, २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसामू आफ्ना माग पूरा नभएको भन्दै व्यवसाय नै बन्द गर्ने चेतावनी दिएको छ । वैदेशिक रोजगार विभागले ५९८ वटा म्यानपावर कम्पनीहरूमाथि गरेको कारबाही फिर्ता हुनुपर्ने, सेवा शुल्क परिमार्जन गरिनुपर्ने र विभागको धरपकड बन्द गरी व्यवसायमैत्री वातावरण सिर्जना गरिनुपर्ने व्यवसायीहरूको मुख्य माग रहेको छ । साउन ८ गते श्रममन्त्री रामजी यादवलाई १५ दिने अल्टिमेटम दिएका व्यवसायीहरूले माग पूरा नभए बिहीबार पत्रकार सम्मेलन गरी श्रमिक पठाउने प्रक्रिया ठप्प पार्ने घोषणा गरेका छन् । श्रम मन्त्रालय र संसदीय समितिमा यस विषयमा छलफल भइरहे पनि ठोस निकास ननिस्कनु चिन्ताको विषय हो ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण (रेमिट्यान्स) र लाखौं युवाको रोजगारीसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा यस किसिमको गतिरोध पैदा हुनु कुनै पनि दृष्टिकोणबाट फलदायी हुन सक्दैन । वैदेशिक रोजगार व्यवसायीहरूले ऐन, नियम र नीतिको अव्यावहारिक कार्यान्वयन तथा विभागको एकपक्षीय ज्यादतीका कारण काम गर्न नसकिने अवस्था आएको गुनासो गरिरहेका छन् । अर्कातर्फ, वैदेशिक रोजगारमा जाने श्रमिकहरू ठगिने, तोकिएभन्दा बढी रकम असुलिने र वैदेशिक रोजगारका नाममा अनेकौं बेथितिहरू मौलाएको जनगुनासो पनि उत्तिकै बलियो छ । यस्तो संवेदनशील स्थितिमा विभागले गरेको कारबाहीको वैधानिकता र व्यवसायीका जायज अप्ठ्यारा दुवै पक्षलाई सन्तुलितरूपमा हेर्नु आवश्यक छ ।

मन्त्रालयले विभागबाट ५९८ वटा म्यानपावर कम्पनीमाथि भएको कारबाही पुनरावलोकन गर्ने आश्वासन दिएको भए पनि व्यवसायीहरू निर्णायक कदमको पर्खाइमा छन् । व्यवसायीहरूले काम ठप्प पार्दा यसको प्रत्यक्ष मार वैदेशिक रोजगारीको अन्तिम तयारीमा रहेका, श्रम स्वीकृति पर्खिरहेका र भिसा आइसकेका निर्दोष युवाहरूमाथि पर्ने निश्चित छ । त्यसैले, व्यवसायीहरूले पनि आफ्ना माग स्थापित गराउन सेवा नै ठप्प पार्नेजस्तो चरम कदम चाल्नुअघि संवादको ढोका खुल्लै राख्नुपर्छ ।

Hardik health

सरकार र म्यानपावर व्यवसायी दुवैले आफ्ना अडानभन्दा माथि उठेर दीर्घकालीन समाधान खोज्न जरुरी छ । वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अनियमितता, ठगी र अपारदर्शी सेवा शुल्कको समस्यालाई सधैँका लागि अन्त्य गर्न स्पष्ट र व्यावहारिक नीति निर्माण गरिनुपर्छ । व्यवसायीलाई सहजरूपमा व्यापार गर्ने वातावरण दिँदै गर्दा श्रमिकको हकहित, सुरक्षा र न्याय सुनिश्चित गर्ने दायित्वबाट सरकार पन्छिन मिल्दैन । श्रम मन्त्रालयले व्यवसायीहरूका जायज मागहरूलाई सम्बोधन गर्दै कारबाहीको पुनरावलोकन प्रक्रियालाई पारदर्शी र द्रुत बनाउनुपर्छ ।

अन्ततः, मुठभेड र व्यवसाय बन्दको स्थितिले न त सरकारलाई फाइदा पु¥याउँछ, न त व्यवसायी वा श्रमिकलाई नै । संसदीय समिति, श्रम मन्त्रालय र व्यवसायी संघबीच चलिरहेको संवादलाई परिणाममुखी बनाउँदै रोजगारीको दायरा र श्रमिकको भविष्य सुरक्षित गर्ने दिशातर्फ तत्काल ठोस कदम चालिनु आवश्यक छ ।
 


प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP