Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार २७, २०८३
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु/अशक्त भएका श्रमिकका तीन हजार ३६३ छोराछोरीलाई छात्रवृत्ति प्रदान 
  • छात्रवृत्ति पाउने कूल विद्यार्थीमध्ये एक हजार ७८१ जना छात्र र एक हजार ५८२ जना छात्रा
  • लुम्बिनी प्रदेशबाट सबैभन्दा ७७८ जनाले पाए छात्रवृत्ति

काठमाडौं- चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु/अशक्त भएका श्रमिकका तीन हजार ३६३ छोराछोरीले छात्रवृत्ति पाएका छन् । वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत उक्त छात्रवृत्ति प्रदान गरिएको युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । 

छात्रवृत्ति पाउने कूल विद्यार्थीमध्ये एक हजार ७८१ जना छात्र र एक हजार ५८२ जना छात्रा रहेका जानकारी दिइएको छ । ‘प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी विद्यार्थीहरू लुम्बिनी प्रदेशबाट रहेका छन्, जहाँ ७७८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । कोशी प्रदेशबाट ७३७ जना, मधेस प्रदेशबाट ७१३ जना र गण्डकी प्रदेशबाट ५३१ जना विद्यार्थीहरू समेटिएका छन्,’ मन्त्री यादवले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

छात्रवृत्ति पाउने बागमती प्रदेशका ३८१ जना छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशको संख्या तुलनात्मकरूपमा कम देखिएको छ । विवरणअनुसार कर्णाली प्रदेशबाट १३८ जना र सुदूरपश्चिम प्रदेशबाट ८५ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् ।  ‘वैदेशिक रोजगार बोर्डमा प्राप्त हुन आएका छात्रवृत्तिका निवेदनहरू उपर बोर्डले आवश्यक कागजातहरूको मापदण्डका आधारमा छनोट गरेबमोजिम छात्रवृत्ति वितरण गरिएको छ,’ मन्त्री यादवले भनेका छन् ।

Hardik health

मृत्यु/अशक्त भएका श्रमिकका छोराछोरीलाई शिक्षामा राहत पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बोर्डले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बोर्डका अनुसार निवेदन आउने क्रम जारी रहेकोले छात्रवृत्ति प्राप्त गर्ने संख्या बढ्ने छ ।


प्रकाशित मिति: शनिबार, असार २७, २०८३  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP