Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

मुलुकको उच्च शिक्षा र वैदेशिक अध्ययनका नाममा लामो समयदेखि चल्दै आएको बेथिति र अराजकतालाई लगाम लगाउन सरकारले ढिलै भए पनि एक सुधारात्मक कदम चालेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दुई नयाँ नियमावली- ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ र ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ ले नेपालको शैक्षिक क्षेत्रमा नयाँ तरंग पैदा गरिदिएको छ । विदेशी विश्वविद्यालयको सम्बन्धनका नाममा ‘डिग्री बेच्ने’ थलो बनेका कलेजहरू र वैदेशिक अध्ययनको प्रलोभन देखाएर विद्यार्थी सोस्ने कन्सल्टेन्सीहरूलाई कानुनी दायरामा ल्याउने यो प्रयास स्वागतयोग्य छ ।

विगत केही वर्षयता नेपालमा विदेशी विश्वविद्यालयको बोर्ड झुन्ड्याएर मनपरी शुल्क असुल्ने तर न्यून गुणस्तरका शैक्षिक कार्यक्रम चलाउने कलेजहरूको बिगबिगी थियो । सरकारले त्यस्ता कलेजहरूका लागि विश्ववरीयता (र्‍यांकिङ) को शीर्ष १००० भित्र पर्ने विश्वविद्यालयबाट मात्र सम्बन्धन लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यसले गुणस्तरहीन शिक्षाको व्यापार नियन्त्रण गर्ने अपेक्षा सरकारको देखिन्छ । तर वरीयताको विषयमा आफैंमा विवादित छ । नेपालका विश्वविद्यालयहरु नै सरकारले तोकेको र्‍यांकिङभित्र पर्दैन । फरक–फरक संस्थाले गर्ने र्‍यांकिङ नै फरक हुन्छ । त्यसैले यसलाई मुख्य आधार बनाउनु चुनौतीपूर्ण हुने देखिन्छ । 

हाल सञ्चालनमा रहेका अधिकांश कलेज यो मापदण्ड बाहिर पर्ने देखिन्छ । भौतिक पूर्वाधारका नाममा काठमाडौंभित्र तीन रोपनी र तराईमा १५ कठ्ठा आफ्नै जग्गा हुनुपर्ने, कोटा सीमित (प्रति सेक्सन ३५ जना) हुनुपर्ने, र विदेशी लगानी भएकाले २० प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने सर्तहरू सकारात्मक छन् ।

Hardik health

अर्कोतर्फ, शैक्षिक परामर्शका नाममा गल्ली-गल्लीमा च्याउझैँ उम्रेका कन्सल्टेन्सीहरूको नियमन झनै टड्कारो आवश्यकता थियो । २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने, विदेशी लगानी पूर्णरूपमा निषेध गरी स्वदेशीमात्र कायम गर्नुपर्ने र सम्पूर्ण आर्थिक कारोबार डिजिटल माध्यमबाटै पारदर्शी गर्नुपर्ने व्यवस्थाले ठगीधन्दा चलाउनेहरूलाई निरुत्साहित गर्ने निश्चित छ । सबैभन्दा महत्‍वपूर्ण पक्ष, विदेशमा विद्यार्थी अलपत्र परेमा वा कलेज अवैध ठहरिएमा कन्सल्टेन्सीले नै क्षतिपूर्ति बेहोर्नुपर्ने र शैक्षिक मेलाहरूमा लगाइएको रोकले विद्यार्थीको सुरक्षा र अभिभावकको लगानी संरक्षणमा ठूलो राहत दिने देखिन्छ । कन्सल्टेन्सीहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गर्ने व्यवस्थाले बजारमा स्वच्छ प्रतिस्पर्धा र विश्वसनीयता बढाउने छ ।

तर, नेपालको नीतिगत इतिहास हेर्दा कागजमा नियमहरू जतिसुकै उत्कृष्ट र कडा कोरिए पनि तिनको कार्यान्वयनपक्ष सधैँ फितलो र शंकास्पद रहने गरेको छ । शक्तिशाली राजनीतिक र आर्थिक पहुँच भएका कलेज सञ्चालक तथा कन्सल्टेन्सी व्यवसायीहरूको दबाब र प्रभावमा परेर विगतमा धेरै प्रतिवेदनहरू दराजमा थन्किएका उदाहरण हाम्रासामु छन् । त्यसैले, यो नियमावली पनि केवल प्रचारबाजी वा राजनीतिक दाउपेचको अस्त्रमात्र बन्नु हुँदैन ।

अबको मुख्य चुनौती भनेको तोकिएको अवधिभित्र मापदण्ड पूरा नगर्ने संस्थाहरूको सम्बन्धन र अनुमतिपत्र खारेज गर्ने, धरौटी जफत गर्ने र कानुनी कारबाहीको दायरामा ल्याउने शासकीय दृढता देखाउनु हो । यदि सरकारले विनाकुनै मोलाहिजा र निष्पक्षरूपमा यो मापदण्ड लागू गर्न सक्यो भने यसले नेपालको उच्च शिक्षाको साख मात्र फर्काउने छैन, वैदेशिक अध्ययनका नाममा बर्सेनि बाहिरिने अर्बौं रुपैयाँ र युवा जनशक्ति पलायन (ब्रेन ड्रेन) लाई रोक्नसमेत मद्दत पुर्‍याउने छ ।
 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP