Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रथम उपाध्यक्ष लामाले सम्हाले कावा अध्यक्षको जिम्मेवारी, केसीलाई अध्यक्ष स्वीकार नगर्ने निर्णय प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन आन्तरिक विवादमा फसेको छ । १३औं साधारणसभा निर्वाचित अध्यक्ष रामप्रसाद गैरे निलम्बनमा परेपछि नेतृत्व विवाद चुलिएको हो ।

असार ५ गते सम्पन्न साधारणसभाबाट निर्वाचित गैरे उनको म्यानपावरसँग सम्बन्धित पुरानो मुद्दाका कारण निलम्बनमा परेका थिए । त्यसपछि चुनावमा अध्यक्षका प्रत्यासी रहेका किशोरकुमार केसी आफूलाई अध्यक्षको जिम्मेवारी दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे ।

प्रशासनले उनको मागबमोजिम अध्यक्षको जिम्मेवारी तोक्ने निर्णयसहितको पत्र असार २२ गते एसोसिएसनलाई पठायो । उक्त पत्रमा १३औं साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित गैरेको योग्यता संस्थाको विधानको दफा ७ र ८ बमोजिम नपुगेको देखिएको उल्लेख छ । प्रशासनको २२ असारको निर्णयअनुसार गैरेलाई अध्यक्ष पदबाट हटाएर निर्वाचनमा सो पदका निकटतम् रहेका केसीलाई अध्यक्षको जिम्मेवारीमा काम गर्न दिन एसोसिएसनलाई निर्देश गरिएको छ ।

 

Hardik health

Subarna-Lama-1783574090.jpg
'निर्वाचनमा हारेको व्यक्तिलाई जिल्ला प्रशासनले कुन आधारमा अध्यक्षको जिम्मेवारी तोक्यो ? कानुन र संस्थाको विधानबमोजिम जाने हो भने कि त उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिनुपर्‍यो, कि त अध्यक्षको मात्रै निर्वाचन गर्नुपर्‍यो । विधि, विधान र कानुनविपरीतको निर्देशन मान्न हामी तयार छैनौं ।'
-सुवर्ण लामा
कार्यसमितिले तोकेको कार्यवाहक अध्यक्ष

 

तर, सोही साधारणसभाबाट निर्वाचित कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्यहरु प्रशासनको निर्णय स्वीकार गर्न तयार भएनन् । विधानविपरीत प्रशासनले निर्वाचनमा पराजित व्यक्तिलाई अध्यक्षको जिम्मेवारी तोकेको भन्दै उक्त निर्णय नमान्ने अडान उनीहरुले लिए ।

प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेर अगाडि बढे ।यता केसी प्रशासनको निर्णयअनुसार आफू नै आधिकारिक अध्यक्ष भएको दाबी गर्दै बुधबार एसोसिएसनको कार्यालय पुगे । पदभार ग्रहण गर्न केसी पुगेपछि दुईपक्षबीच कार्यालयमै लफडा भएको थियो । 

 

kishor-kumar-kc-1783574959.jpg
'नेपाल सरकारको आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालयको निर्णय नमान्ने भन्ने हुन्छ ? आधिकारिक अध्यक्ष म नै हुँ, मैले कार्यालयमा गएर पदभार ग्रहण गरिसकेँ । '

-किशोरकुमार केसी
जिप्रकाले तोकेको अध्यक्ष

 

दाबी आ-आफ्नै
कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका सुवर्ण लामाले विधानविपरीत अध्यक्ष तोकिएका किशोरकुमार केसीलाई कुनै पनि हालतमा अध्यक्ष स्वीकार नगर्ने बताए । कार्यसमितिका १८ जना नै यसमा एकमत रहेको उनले बताए । 

‘निर्वाचनमा पराजित भएको व्यक्तिलाई जिल्ला प्रशासनले कुन आधारमा अध्यक्षको जिम्मेवारी तोक्यो ? कानुन र संस्थाको विधानबमोजिम जाने हो भने कि त उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिनुपर्‍यो कि त अध्यक्षको मात्रै निर्वाचन गर्नुपर्‍यो,’ लामाले प्रभावसँग भने, ‘विधि, विधान र कानुनविपरीतको निर्देशन मान्न हामी तयार छैनौं ।’

लामाको अध्यक्षतामा बुधबार बसेको बैठकले पनि केसीलाई अध्यक्ष स्वीकार नगर्ने निर्णय गरेको छ । बैठकले प्रशासनको निर्णय अवैधानिक र त्रुटिपूर्ण रहेको ठहर गरेको कार्यवाहक अध्यक्ष लामाले जानकारी दिए ।

केसीले भने आधिकारिक अध्यक्ष आफू नै भएको जिकिर गरे । ‘नेपाल सरकारको आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालयको निर्णय नमान्ने भन्ने हुन्छ ?,’ उनले प्रतिप्रश्न गर्दै प्रभावसँग भने, ‘आधिकारिक अध्यक्ष म नै हुँ, मैले बुधबार कार्यालयमा गएर पदभार ग्रहण गरिसकेँ ।’

प्रशासनको निर्णय/निर्देशन सबैले मान्नुपर्ने बताउँदै उनले तत्काल आफूलाई अध्यक्ष स्वीकार नगरे पनि विस्तारै सबैले स्वीकार गर्ने दाबी गरे । लामालाई कार्यवाहक अध्यक्ष दिने निर्णय आधिकारिक नहुने पनि उनको भनाइ छ । ‘कार्यवाहक अध्यक्षको जिम्मेवारी अध्यक्षले दिने हो । अध्यक्षले पत्र दिएको छैन, आफूले आफैंलाई कार्यवाहक दिने निर्णय वैधानिक हुँदैन,’ केसीले भने ।

निर्वाचनमा उनी निलम्बित अध्यक्ष गैरेसँग झण्डै दोब्बर मतान्तरले पराजित भएका थिए । गैरेले १८६ मत प्राप्त गर्दा केसीले ९५ मतमात्र पाएका थिए ।
 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP