Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १९, २०८३

बिहीबार दिउँसो केही घण्टा वर्षा हुँदा काठमाडौं उपत्यकाका केही सडक ताल बन्न पुग्यो । जसका कारण काठमाडौंको सडक एकैछिनमा ट्राफिक जामले अस्तव्यस्त बन्न पुग्यो । केही समययता खुला हुन थालेको सडकजाम बिहीबार साँझ एकाएक जामले अस्तव्यस्त बनेको थियो । हरेक वर्ष मनसुन सुरु भएपछि यहाँका सडकहरू नदी र ताल झैं देखिन्छन् । घाम लाग्दा धुलो र पानी पर्दा काठमाडौंका सडक त्यसै फोहोर देखिन्छ नै । तर मुसलधारे पानी पर्दा ती पानी बगेर जाने ठाउँ कतै छैन । खोलाखोल्छी साघुरो बनाइएको छन् । सहर कंक्रिट बनेका छन् । सिमेन्टकै घर, सिमेन्टकै बाटो, सिमेन्टकै आँगन भएसँगै पानी जमिनभित्र पस्ने ठाउँ नै छैन । 

यस्तो गर्दा एक त जमिनमा पानी रिचार्ज हुन पाउँदैन । जसले माटोसमेत मक्किँदै जान्छ । अनि पानीको स्रोत पनि सुक्दै जान्छ ।  उपत्यकाका खुला चौर, पोखरी र खेतहरू कंक्रिट बन्द जमिनले पानी सोस्ने क्षमता गुमाइसकेको छ । अर्कोतर्फ, टुकुचा, धोबीखोला र बागमती जस्ता प्राकृतिक जलमार्गहरूलाई अतिक्रमण गरेर साँघुरो बनाइएको छ । खोलाहरू नै थुनिएपछि सडकको पानी कहाँ जाने ? नदीमा निकास नपाएको ढलको पानी उल्टै ब्याकफ्लो भएर सडक र बस्तीमा आउने हो । 

यसरी अव्यवस्थित तवरले विकास भएको सहरीकरणका कारण कहिलेकही सडकमै उद्दार गर्न डुंगा ल्याउनुपर्ने अवस्था आइपर्छ । यो दैवीभन्दा पनि मानव-निर्मित समस्या हो । काठमाडौंमा पानी पर्नु आफैँमा समस्या होइन, तर त्यो पानीलाई सुरक्षित रूपमा निकास दिने प्रणाली नहुनु मुख्य समस्या हो ।  हरेक वर्ष सडक जलमग्न हुँदा राज्यका निकायहरू एकअर्कालाई दोषारोपण गरेर पन्छिने गर्छन् । हामीमा पनि रज्यलाई दोष दिएर पन्छिने प्रवृत्ति मौलाएकै छ । महानगरपालिका सडक विभागलाई देखाउँछ, सडक विभाग खानेपानी वा ढल आयोजनालाई औंल्याउँछ । समन्वयको अभावले नागरिकले भने सास्ती भोग्नुपरेको छ । 

Hardik health

अब सरकारले उपत्यकाका सम्पूर्ण ढल प्रणालीको डिजिटल म्यापिङ गरी यसको क्षमता विस्तार गरिनुपर्छ । नदी र खोलाका किनारहरूलाई अतिक्रमणमुक्त बनाउन कडा कानुनी कदम चाल्नैपर्छ । अनि वर्षाको पानी जमिनमा रिचार्ज हुने गरी विशेष व्यवस्था लागू गर्नुपर्छ । विकसित देशमा घर बनेको क्षेत्रफलभन्दा तीन गुणा जमिन खुला छाड्नुपर्छ, जसलाई सिमेन्टेड वा प्लास्टर गर्नसमेत पाउँदैनन् ।  यसैले सरकार र स्थानीय निकायले आफ्नो लाचारीपन त्यागेर ढल र पूर्वाधार व्यवस्थापनलाई युद्धस्तरमा सुधार नगर्ने हो भने, काठमाडौं यसरी सास्ती खेप्ने ठाउँमात्र हैन धराप नै बन्न सक्छ । 
 


प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP