Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र सरकारबीच भएको सहमतिसँगै व्यवसायीको आन्दोलन स्थगित भएको छ । श्रम, युवा तथा रोजगारमन्त्री र संघका प्रतिनिधिबीच सिंहदरबारमा सोमबार भएको साढे तीन घण्टा लामो छलफलपछि सरकारले व्यवसायीका १५ बुँदे माग ६० दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस प्रतिबद्धतापछि म्यानपावर व्यवसायीहरू काममा फर्किएका छन् र बन्द रहेका कार्यालयहरू पुनः सञ्चालनमा आएका छन् । वैदेशिक रोजगारीको पर्खाइमा रहेका हजारौं युवा र यस क्षेत्रमा अनिश्चितता छाएको समयमा भएको यो सहमति तत्कालका लागि सकारात्मक देखिए पनि यसका पछाडि रहेका नीतिगत, प्रशासनिक र व्यावहारिक चुनौतीहरू भने गम्भीर छन् ।

वैदेशिक रोजगार क्षेत्र नेपालको अर्थव्यवस्थाको मुख्य मेरुदण्ड हो । मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा विप्रेषण (रेमिट्यान्स) को योगदान ठूलो रहेता पनि यो क्षेत्र सधैं विवाद, अस्तव्यस्तता र बेथितिको चक्रव्यूहमा जेलिँदै आएको छ । एकातिर व्यवसायीहरूले ऐन–नियमावलीका प्रशासनिक झञ्झट, दोहोरो नीति र अनुगमनका नाममा हुने अनावश्यक दबाबविरुद्ध असन्तोष जनाउँदै आएका छन् भने अर्कातिर वैदेशिक रोजगारीमा जाने साधारण श्रमिकहरू ठगी, असुरक्षा र चर्को सेवा शुल्कको मारमा परिरहेका छन् । साउन २२ गतेदेखि श्रम स्वीकृति नै नलिनेजस्तो चरम कदम चालेर दबाब सिर्जना गर्नु व्यवसायीहरूको बाध्यताजस्तो देखिएता पनि यसको प्रत्यक्ष असर सेवाग्राही युवाहरूमा परेको थियो ।

सरकारले ६० दिनभित्र ऐन तथा नियमावली संशोधन गरी नीतिगत सुधार गर्ने र प्रशासनिक असहजता सच्याउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिने प्रतिबद्धता जनाएको छ । तर, विगतका नजिरहरूलाई नियाल्दा सरकारले दिने यस्ता प्रतिबद्धताहरू प्रायः कागजमै सीमित हुने वा कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको तीतो सत्य छ । संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले यो आन्दोलनको अन्त्य नभई केवल ‘स्थगन’ मात्र भएको र ६० दिनभित्र ठोस प्रगति नदेखिए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । यसले व्यवसायी र सरकारबीच अझै पनि पूर्ण विश्वासको वातावरण बनिसकेको छैन भन्ने स्पष्ट पार्छ ।

Hardik health

वैदेशिक रोजगार ऐन र नियमावलीमा समयअनुकूल परिमार्जन गर्नु अनिवार्य भइसकेको छ । आधुनिक प्रविधि, परिमार्जित श्रमबजार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार ऐन संशोधन हुनुपर्छ । तर, नीतिगत सुधार गर्दा केवल व्यवसायीका हितलाई मात्र ध्यान नदिई वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, अधिकार र सुरक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्छ । व्यवसायीले उठाएका प्रशासनिक सहजताका माग सम्बोधन गर्दा पारदर्शिता र जवाफदेहिता गुम्न दिनु हुँदैन ।

अवको ६० दिन सरकार र व्यवसायी दुवैका लागि परीक्षाको घडी हो । सरकारले मन्त्रीस्तरीय प्रतिबद्धतालाई ‘फास्ट ट्र्याक’बाट कार्यान्वयनमा लगेर आफ्नो विश्वसनीयता प्रमाणित गर्नुपर्छ । साथै, व्यवसायीहरूले पनि केवल आफ्ना माग र फाइदामामात्र ध्यान नदिई वैदेशिक रोजगार क्षेत्रलाई अनुशासित, पारदर्शी, सुरक्षित र मर्यादित बनाउन इमानदार पहल गर्नुपर्छ । आन्दोलन रोकिनु र म्यानपावर खुल्नुमात्रै समस्याको स्थायी समाधान होइन; मूल कुरा ६० दिनपछि देखिने व्यावहारिक परिवर्तन हो ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP