Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १८, २०८३

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेको लामो समय भइसक्दा पनि नेपालमा मूल्य नघटाइएका कारण सरकार चौतर्फी आलोचनाको घेरामा थियो । अन्ततः आमनागरिकको चर्को दबाबपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको खुद्रा बिक्री मूल्य घटाउने निर्णय ग¥यो । निगम सञ्चालक समितिको मंगलबारको बैठकले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको थियो । तर, सरकारले मूल्य घटाएर उपभोक्तालाई राहत दिन खोजेको भोलिपल्टै बजारमा जुन दृश्य देखियो, त्यसले हाम्रो सार्वजनिक आपूर्ति प्रणाली र व्यावसायिक नैतिकताको कुरुप ऐना छर्लंग पारेको छ ।

मूल्य घटेपछि राहत महसुस गर्नुपर्ने उपभोक्ता बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सास्ती खेप्न बाध्य भए । अधिकांश निजी पेट्रोल पम्पहरूले ‘डिजेल÷पेट्रोल छैन’ भन्ने सूचना टाँसेर कृत्रिम अभाव सिर्जना गरे । खुलेका सीमित सरकारी तथा केही निजी पम्पहरूमा सवारीसाधनको लामो लाइन लाग्यो । यो आम उपभोक्तामाथिको सीधै बेइमानी र कानुनको धज्जी उडाउने पराकाष्ठा हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ रातिको १२ बजेदेखि नै मूल्य बढाएर अवैध नाफा लुकाउन उद्धत हुने व्यवसायीहरूले मूल्य घट्दा भने उपभोक्तालाई राहत दिन आनाकानी गर्नु निन्दनीय छ ।

मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण इन्धन आपूर्ति अवरुद्ध हुँदा विश्वबजारमा मूल्य आकासिएको थियो, जसको प्रत्यक्ष असर नेपालमा पनि प¥यो । सोही कारण एलपी ग्यास आधा सिलिण्डरमात्र बिक्री गर्ने व्यवस्थासमेत सरकारले गर्नुप¥यो । तर, अमेरिका र इरानबीच वार्तामार्फत युद्ध अन्त्य गर्ने समझदारी भएपछि विश्वबजारमा इन्धनको आपूर्ति सहज हुँदै मूल्य घट्यो । अन्तर्राष्ट्रिय बजारको यो सकारात्मक प्रभाव नेपाली उपभोक्ताले पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । तर, इन्धनजस्तो संवेदनशील र अत्यावश्यक वस्तुमा व्यवसायीहरूले ‘कार्टेलिङ’ र कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई सजाय दिए ।

Hardik health

यस घटनामा मूल्य घटाउने नेपाल आयल निगम पनि गैरजिम्मेवार देखियो । चौतर्फी गुनासो आएपछि बल्ल अनुगमनमा निस्कियो । निगमको टोलीले गरेको अनुगमनबाट १४ वटा पम्पले जानीजानी कृत्रिम अभाव सिर्जना गरेको पाइयो । ढिलै भए पनि निगमले अनुगमन गरेर कारबाहीको दायरा ल्याउनु सकारात्मक कदम हो । त्यसो त मूल्य घट्दा पम्प बन्द गर्ने प्रवृत्ति नयाँ होइन, यो हरेक पटक दोहोरिने क्रोनिक रोग हो । सरकार र नियामक निकायले पहिले नै यस्तो अवस्था आउन सक्छ भनेर पूर्वतयारी र कडा निगरानी राख्न किन सक्दैनन् ? 

यो घटनाले के पुष्टि गर्छ भने हाम्रा व्यवसायीहरूमाझ न्यूनतम व्यावसायिक नैतिकता र मानवीय संवेदनाको अभाव छ । संकटको बेला राज्य र नागरिकलाई साथ दिनुको साटो केवल आफ्नो नाफामात्र हेर्ने यस्ता प्रवृत्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन । १४ वटा पम्पलाई मात्र कारबाही गरेर निगमले आफ्नो दायित्व पूरा भएको सम्झनु गल्ती हुने छ । सरकारी निर्णयलाई चुनौती दिँदै नागरिकलाई सास्ती दिने यस्ता कालोबजारी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गरिनुपर्छ । पेट्रोलियम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा सिण्डिकेट र कृत्रिम अभाव सिर्जना गर्ने तत्वहरूको अनुमतिपत्र खारेज गर्नेसम्मको कठोर कदम चाल्न सरकार पछि पर्नु हुँदैन । तबमात्र बजारमा विधिको शासन स्थापित हुने छ र उपभोक्ताले वास्तविक राहतको महसुस गर्न पाउने छन् ।
 


प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP