Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेपाली फुटबलको संकट
नेपाली फुटबलको संकट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १४, २०८३

चरम बेथिति र राजनीतिकरणको दलदलमा फसेको नेपाली फुटबल यतिबेला गम्भीर मोडमा उभिएको छ । विश्वभर विश्वकप फुटबल प्रतियोगिता २०२६ को उत्साह र रौनक छाइरहँदा नेपाली फुटबल क्षेत्रमा भने चरम निराशा र अन्धकार छाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेसँगै नेपाली फुटबलमा अन्धकार छाएको हो । युवाहरूको अपार क्रेज, लाखौं समर्थकहरूको आस्था र खेलाडीहरूको भविष्य बोकेको खेल क्षेत्र यसरी केही पदाधिकारीको गैरजिम्मेवारीपन र आन्तरिक कलहको बन्धक बन्नु राष्ट्रिय लज्जाको विषय हो ।

फिफाको विधानअनुसार राष्ट्रिय फुटबल संघहरू स्वतन्त्र र स्वायत्त हुनुपर्छ, जहाँ कुनै पनि प्रकारको सरकारी वा बाह्य निकायको हस्तक्षेप स्वीकार्य हुँदैन । तर, एन्फाभित्रको वर्तमान कार्यसमितिले विधानविपरीत जिल्ला र प्रदेशको निर्वाचन नै नगरी केन्द्रीय निर्वाचन गर्ने जुन बलमिच्याइँ गर्‍यो, त्यसले विवादलाई अदालत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्म पुर्‍यायो । आफ्नै आन्तरिक कमजोरीका कारण सरकारी र कानुनी निकायलाई हस्तक्षेप गर्ने बाटो खोलिदिनु एन्फा नेतृत्वको अक्षम्य भूल हो । फिफा विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाटै फर्काइनु र राखेपसँगको निरन्तरको द्वन्द्वले एन्फा नेतृत्व फुटबलको विकासमा भन्दा व्यक्तिगत प्रतिष्ठा र शक्ति जोगाउनमात्र केन्द्रित रहेको स्पष्ट पार्छ ।

यो निलम्बन केवल प्राविधिक कारबाहीमात्र होइन, यसले नेपाली फुटबलको मेरुदण्ड नै भाँचेको छ । निलम्बन कायम रहुञ्जेल हाम्रा खेलाडी र क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन् । फिफा तथा एएफसीबाट प्राप्त हुने करोडौंको विकास बजेट, तालिम र प्रशिक्षण रोकिने छन् । यसको प्रत्यक्ष मार ती खेलाडीहरूमा पर्ने छ, जसले आफ्नो सम्पूर्ण जीवन फुटबल मैदानमा सुम्पिएका छन् । केही व्यक्तिको महत्‍वाकांक्षा र अदूरदर्शिताका कारण सिंगो देशले यो मूल्य चुकाउनुपर्ने अवस्था अत्यन्त दुःखद र खेदजनक छ ।

Hardik health

अब सरकार र सरोकारवाला निकाय मूकदर्शक बनेर बस्ने समय होइन । सर्वप्रथम, नेपाली फुटबलमा यो हदसम्मको बेथिति, गुटबन्दी र आर्थिक-प्रशासनिक अराजकता सिर्जना गर्ने दोषीहरूमाथि कडा कानुनी र विभागीय कारबाही गरिनुपर्छ । खेललाई आफ्नो दुनो सोझ्याउने माध्यम बनाउनेहरूलाई खेल क्षेत्रबाटै बहिस्कृत गरिनुपर्छ । दोस्रो र सबैभन्दा महत्‍वपूर्ण कदम भनेको तत्काल निलम्बन फुकुवाको वातावरण बनाउनु हो । नेपाल सरकार र राखेपले फिफाको स्वायत्ततासम्बन्धी चासोलाई सम्मान गर्दै कूटनीतिक र कानुनीरूपमा फिफासँग तत्काल उच्चस्तरीय समन्वय र संवाद अगाडि बढाउनुपर्छ । तेस्रो पक्षको हस्तक्षेप अन्त्य गर्ने र फिफाकै मापदण्डअनुसार स्वच्छ तथा पारदर्शी निर्वाचन गराउने ठोस प्रतिबद्धतासहित नेपालले आफ्नो बलियो दृष्टिकोण प्रस्तुत गर्नुपर्छ ।

नेपाली फुटबललाई यो दलदलबाट निकाल्न ढिला भइसकेको छ । सरकारले समन्वयकारी भूमिका खेल्दै एन्फाको संरचनागत शुद्धीकरण र पुनर्संरचनाका लागि कडा कदम चाल्नैपर्छ । खेलाडीहरूको भविष्य र खेलप्रेमीको भावनामाथि खेलबाड गर्ने छुट अब कसैलाई हुनुहुँदैन । तत्काल संवाद, तत्काल सुधार र दीर्घकालीन विकास नै नेपाली फुटबललाई नयाँ जीवन दिने एकमात्र विकल्प हो ।
 


प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP