Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विस्थापित सुकुमबासीलाई बिचल्ली नबनाऊ
विस्थापित सुकुमबासीलाई बिचल्ली नबनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ११, २०८३

काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई विस्थापित गरिएको घटनाको घाउ निको हुन नपाउँदै सरकारले फेरि अर्को असंवेदनशील निर्णय गरेको छ । बागमती, मनोहरालगायतका नदी किनारबाट हटाइएका र हाल कीर्तिपुर, नागार्जुन तथा दशरथ रंगशालाका ‘होल्डिङ सेन्टर’मा आश्रय लिइरहेका ३८८ परिवारलाई पाँच दिनभित्र ती स्थान छाड्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको उर्दी न्यायसंगत र मानवीय देखिँदैन । एकातिर वर्षायामको सुरुआत् हुनु र अर्कातिर विकल्पविना नै नागरिकलाई आश्रयस्थलबाट लखेट्नुले लोकतान्त्रिक सरकारको चरित्रमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

सरकारले होल्डिङ सेन्टर छाड्ने सर्तमा प्रतिपरिवार एकमुष्ठ २५ हजार रुपैयाँ र तीन महिनाको भाडाबापत ४५ हजार गरी कूल ७० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ । पहिलो नजरमा यो रकम सहयोगजस्तो देखिए पनि काठमाडौंको विद्यमान महँगी र घरभाडाको बजारलाई हेर्दा यो हात्तीको मुखमा जिराजस्तै हो । केही हजार रुपैयाँ हातमा थमाएर नागरिकलाई फेरि सडकमै धकेल्ने यो प्रपञ्च राज्यको जिम्मेवारीबाट पन्छिने दाउबाहेक केही होइन । कुनै ठोस परामर्श र दीर्घकालीन पुनस्र्थापनाको योजनाविना हतार-हतार चालिएको यो कदमले सुकुमबासी परिवारहरूलाई फेरि पनि चरम बिचल्लीको अवस्थामा पुर्‍याउने निश्चित छ ।

राज्यको प्राथमिक दायित्व आफ्ना नागरिकको जीउधन र आवासको सुरक्षा गर्नु हो । वालेन्द्र सरकारले १०० दिने शासकीय सुधारको कार्ययोजना सार्वजनिक गर्दा सुकुमबासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरी एक हजार दिनभित्र समस्याको स्थायी समाधान गर्ने वाचा गरेको थियो । तर, व्यवहारमा भने ठोस विकल्प र दीर्घकालीन योजनाविना नै उनीहरूमाथि लगातार प्रशासनिक डण्डा बर्साउने काम भइरहेको छ । विस्थापनको यो चक्रले सबैभन्दा ठूलो मार बालबालिकाको शिक्षा, स्वास्थ्य र वृद्धवृद्धाहरूको जीवनमा पारेको छ ।

Hardik health

त्यसैले, सरकारले तत्काल यो पाँचदिने हठात् निर्णयलाई पुनर्विचार गर्नुपर्छ । सुकुमबासी समस्या केवल केही थान टहरा भत्काउने वा केही हजार रुपैयाँ बाँडेर पन्छिने विषय होइन, यो एउटा गम्भीर सामाजिक-आर्थिक मुद्दा हो । राहतको नाममा केही रकम दिएर जिम्मेवारी पूरा भएको देखाउनुभन्दा उनीहरूको सम्मानजनक पुनस्र्थापना र स्थायी बसोबासको ग्यारेण्टी गर्नु राज्यको दायित्व हो । नागरिकलाई सडकमा अलपत्र पार्ने ‘राज्यआतंक’ बन्द गरी सरोकारवालाहरूसँग वार्ता, उचित परामर्श र दीर्घकालीन पुनर्वासको योजनासहित सरकार अघि बढोस् । नागरिकको बिचल्ली बनाएर गरिने सहरको सौन्दर्यीकरण कहिल्यै दिगो र न्यायपूर्ण हुन सक्दैन ।
 


प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP