Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भागबण्डाकै बाटोमा रास्वपा
भागबण्डाकै बाटोमा रास्वपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली राजनीतिमा उदाउँदा उसको सबैभन्दा ठूलो राजनीतिक पुँजी थियो– पुराना दलप्रति जनताको वितृष्णा र आक्रोश । कांग्रेस, एमाले, नेकपाजस्ता स्थापित दलहरूमा देखिएको गुटबन्दी, भागबण्डा, व्यक्तिपूजा र सत्ताकेन्द्रित राजनीतिबाट आजित मतदाताले रास्वपामा फरक राजनीतिक संस्कृतिको सम्भावना देखेका थिए । तर, चितवनमा जारी प्रथम महाधिवेशनका क्रममा देखिएको घटनाक्रमले रास्वपा पनि विस्तारै पुरानै राजनीतिक रोगको सिकार बन्दै गएको देखिएको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा शीर्ष नेताहरूले गुटबन्दी नगर्न सार्वजनिक आग्रह गरे । तर, व्यवहारमा भने पार्टीभित्र विभिन्न शक्ति केन्द्रहरू सक्रिय रहेको तथ्य लुक्न सकेन । सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाह, उपसभापति डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र समीक्षा बास्कोटा वरिपरि छुट्टाछुट्टै समूह निर्माण भइरहेको चर्चा आफैंमा गम्भीर विषय हो । नयाँ राजनीतिको अभ्यास गर्ने दाबी गरेको दलमा महाधिवेशनकै बेला पाँचवटा शक्तिकेन्द्र देखिनु सामान्य घटना होइन ।

झन् चिन्ताको विषय त पदाधिकारी चयनलाई लिएर भइरहेको भागबण्डाको राजनीति हो । कुन समूहले कति पद पाउने, कसलाई उपसभापति बनाउने, कसलाई महामन्त्री दिने भन्ने विषयले पार्टीको आन्तरिक बहस नै प्रभावित गरेको देखिन्छ । वालेन्द्र शाह पक्षलाई निश्चित संख्या पदाधिकारी दिने, स्वर्णिम वाग्ले पक्षलाई छुट्टै व्यवस्थापन गर्ने, अन्य समूहलाई पनि सन्तुष्ट पार्ने प्रयासले रास्वपाको निर्णय प्रक्रिया विचार र नीतिभन्दा शक्ति सन्तुलनतर्फ केन्द्रित भएको आभास दिन्छ ।

Hardik health

लोकतान्त्रिक दलभित्र फरक मत, विचार र धारणा हुनु अस्वाभाविक होइन । बरु त्यो लोकतन्त्रको सुन्दर पक्ष हो । तर, विचार र सिद्धान्तका आधारमा होइन, व्यक्ति र पदका आधारमा समूह निर्माण हुनु भने राजनीतिक विकृति हो । नेपालका पुराना दलहरू यही समस्याबाट दशकौंदेखि ग्रस्त छन् । महाधिवेशन र अधिवेशनहरू नीतिगत बहसभन्दा गुटगत शक्ति प्रदर्शनका थलो बन्ने गरेका छन् । रास्वपाले यिनै प्रवृत्तिको आलोचना गरेर आफूलाई वैकल्पिक शक्ति बनाएको थियो । आज त्यही दलभित्र उस्तै अभ्यास देखिन थालेको छ ।

राजनीतिमा नयाँ अनुहार आउनुमात्र परिवर्तन होइन । नयाँ सोच, नयाँ संस्कार र नयाँ कार्यशैली आउनु नै वास्तविक परिवर्तन हो । यदि पुराना दलका नेताको ठाउँमा नयाँ अनुहारमात्र आए तर राजनीतिक व्यवहार उही रह्यो भने त्यसले जनताको अपेक्षा पूरा गर्न सक्दैन । रास्वपाको परीक्षण अहिले यही बिन्दुमा भइरहेको छ ।

महाधिवेशन कुनै पनि दलका लागि आत्मसमीक्षा र भविष्यको मार्गचित्र तय गर्ने अवसर हो । तर, यदि त्यही महाधिवेशन पदको भागबण्डा मिलाउने र शक्तिकेन्द्र व्यवस्थापन गर्ने प्रक्रियामा सीमित हुन्छ भने त्यसले पार्टीको दीर्घकालीन भविष्यलाई नै कमजोर बनाउँछ । जनताले रास्वपालाई पुराना दलहरूको प्रतिरूप बन्न होइन, तिनको विकल्प बन्न मत दिएका थिए ।

त्यसैले रास्वपाले अहिले देखिएको गुटगत राजनीतिलाई सामान्य प्रतिस्पर्धा भनेर बेवास्ता गर्नु हुँदैन । यदि समयमै यसलाई संस्थागत संस्कृतिमा रूपान्तरण हुनबाट रोक्न सकिएन भने रास्वपा पनि अन्ततः पुरानै दलहरूले हिँडेको बाटोमा पुग्ने छ । त्यस अवस्थामा नयाँ राजनीतिको सपना देखेका मतदाताको निराशा झन् गहिरो हुने छ । नयाँ दलको सफलता चुनावी परिणामलेमात्रै होइन, उसले स्थापित गर्ने राजनीतिक संस्कृतिले निर्धारण गर्छ । रास्वपाले त्यो यथार्थ बुझ्न ढिलो गर्नु हुँदैन ।
 


प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP