Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बढ्दो गर्मी र स्वास्थ्य जोखिम
बढ्दो गर्मी र स्वास्थ्य जोखिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ८, २०८३

मुलुकमा विगत केही समयदेखि गर्मी ह्वात्तै बढेको छ, जसका कारण समग्र जनजीवन नराम्ररी प्रभावित भएको छ । विशेषगरी तराईका जिल्लाहरूमा तापक्रम उच्च बिन्दुमा पुग्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित बनेको छ । अत्यधिक गर्मीकै कारण तराईका कतिपय स्थानीय तहले विद्यालयहरू बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । मौसममा आएको यो चरम परिवर्तन केवल असहजतामात्र होइन, यसले जनस्वास्थ्य र सुरक्षामा गम्भीर संकटसमेत निम्त्याएको छ । गर्मी बढेसँगै ‘लू’, डेंगी संक्रमण र सर्पदंशजस्ता जोखिमहरू तीव्ररूपमा बढेका छन् । यस्तो संकटपूर्ण घडीमा नागरिक तहमा सतर्कता र सरकारी निकायबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल कदम चाल्नु अपरिहार्य भइसकेको छ ।

तराई क्षेत्रमा अहिले तातो हावा अर्थात् ‘लू’ चल्ने क्रम बढेको छ । यसले गर्दा ‘डिहाइड्रेसन’, चक्कर लाग्ने, बेहोस हुने र समयमै उपचार नपाए ज्यानसमेत जान सक्ने खतरा रहन्छ । यसका साथै, गर्मी र मनसुनको आगमनसँगै लामखुट्टेको प्रजनन् प्रक्रिया तीव्र हुने भएकाले डेंगी संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ । अर्कोतर्फ, तापक्रम वृद्धिसँगै दुलोबाट सर्पहरू बाहिर निस्कने हुनाले ग्रामीण क्षेत्रमा सर्पदंशका घटनाहरूमा निकै वृद्धि भएको छ ।  यी त्रिपक्षीय चुनौतीहरूले हाम्रो स्वास्थ्य संरचनालाई नै गम्भीर दबाबमा पारेका छन् ।

गर्मी र यसबाट सिर्जना हुने स्वास्थ्य जोखिमबाट बच्न सबैभन्दा पहिले नागरिक स्वयं सचेत हुन जरुरी छ । यसका लागि प्रशस्त पानी र तरल पदार्थको सेवन गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम हुन नदिन दिनभरिमा पटक–पटक पानी, कागती पानी, नरिवलको पानी वा जीवनजल पिउनुपर्छ । दिउँसोको अत्यधिक घाम (विशेष गरी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म) मा अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन । बाहिर निस्कनै परे छाता, टोपी, र चस्माको प्रयोग गर्ने तथा सुतीका हल्का र खुकुला कपडा लगाउनु उपयुक्त हुन्छ ।

Hardik health

लामखुट्टको टोकाइबाट सर्ने डेंगीबाट बच्न घरवरिपरि पानी जम्न नदिने, सुत्ने बेला अनिवार्य झुलको प्रयोग गर्ने र शरीर पूरै ढाक्ने लुगा लगाउने गर्नुपर्छ । सर्पदंशबाट बच्न गर्मी र वर्षाको समयमा घरवरिपरि सफा राख्ने, राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र भुइँमा सुत्नुको साटो खाटको प्रयोग गर्नाले सर्पदंशको जोखिम धेरै हदसम्म कम हुन्छ ।

बढ्दो जोखिमलाई न्यूनीकरण गर्न नागरिकको चेतनाले मात्र पुग्दैन, राज्यका सम्बद्ध निकायहरूको सक्रियता उत्तिकै आवश्यक हुन्छ । स्थानीय अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा ‘लू’ का बिरामीका लागि शय्याहरू सुरक्षित राख्ने, जीवनजल र स्लाइन पानीको पर्याप्त मौज्दात राख्ने तथा सर्पदंशको उपचारका लागि २४ सै घण्टा सेवा उपलब्धता सुनिश्चित गरिनुपर्छ । डेंगी नियन्त्रणका लागि स्थानीय सरकारहरूले लामखुट्टे नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ । सार्वजनिक स्थलहरूमा सर्वसाधारणका लागि निःशुल्क पिउने पानी र छहारीको व्यवस्था मिलाउनु आवश्यक छ । 

गर्मीको यो प्रकोप र यसले ल्याएका स्वास्थ्य चुनौतीहरू प्राकृतिक भएता पनि यसबाट हुने क्षतिलाई मानवीय प्रयास र पूर्वतयारीमार्फत निकै कम गर्न सकिन्छ । नागरिकले व्यक्तिगत तहबाट उच्च सतर्कता अपनाउने र राज्यका स्थानीय तथा प्रादेशिक सरकारहरूले स्वास्थ्य क्षेत्रमा द्रुत प्रतिकार्य योजना लागू गर्ने हो भनेमात्र यो संकटलाई सहजै टार्न सकिन्छ ।
 


प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP