काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९ सय १५ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ रहेको थियो ।
यता, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ५ सय ७८ रुपैयाँ कायम भएको छ ।