काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ र त्यति चाँदीको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य चार हजार ४३० रुपैयाँ कायम थियो।--