Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सुरक्षा गार्डमाथिको कुटपिटबारे छानबिन सुरुः प्रवक्ता घिमिरे
सुरक्षा गार्डमाथिको कुटपिटबारे छानबिन सुरुः प्रवक्ता घिमिरे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १९, २०७७
Shusil Ghimire
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले मलेसियामा एक नेपाली सुरक्षा गार्डमाथि अमानवीय ढंगले कुटपिट गर्ने व्यक्ति र कम्पनीको छानबिन सुरु भएको बताएका छन् । आइतबार प्रभाव दैनिकसँगको कुराकानीमा मलेसियास्थित नेपाली दूताबासले छिट्टै छानबिन सकेर श्रमिकमाथि कुटपिट गर्ने व्यक्ति र कम्पनीमाथि कडाभन्दा कडा कारबाही गरिने उनले बताए । ‘कसैमाथि त्यसरी अमानवीय ढंगले कुटपिट गर्न पाइँदैन । त्यसरी कुटपिट गर्ने व्यक्ति र कम्पनीलाई कडाभन्दा कडा सजाय हुनेछ,’ उनले भने, ‘दूताबासले अहिले त्यसरी नीच तरिकाले कुटपिट गर्ने व्यक्ति र कम्पनीको सूक्ष्म छानबिन गरिरहेको छ ।’ यसै सन्दर्भमा नेपाल वैदेशिक रोजगार संघका महासचिव सुजितकुमार श्रेष्ठले पशुभन्दा पनि तल्लो स्तरमा उत्रिएर अमानवीय ढंगले नेपाली श्रमिकमाथि हातपात गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न दूताबासलाई सिफारिस गरिएको बताएका छन् । आइतबार प्रभाव दैनिकसँगको कुराकानीमा हातपात गर्ने व्यक्ति र कम्पनीलाई कडाभन्दा कडा कारबाही भएन भने उक्त कम्पनीलाई सदाका कालोसूचीमा राखिने उनले बताए । उनले भने, ‘श्रमिकमाथि अमानवीय ढंगले कुटपिट गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ । कसैमाथि त्यसरी हिंसात्मक ढंगले उत्रिन मिल्दैन । यदि व्यक्ति र कम्पनीलाई कारबाही भएन भने सदाका लागि उक्त कम्पनी नेपालमा कालोसूचीमा राखिनेछ ।’ महासचिव श्रेष्ठका अनुसार अमानवीय ढंगले कुट्ने व्यक्ति भारतीय मूलका नागरिक र उनी एलाइन्स सेक्युरिटीका सुपरभाइजर हुन् । पीडित नेपाली श्रमिक नवलपरासीका रहेको उनले बताए । यद्यपि, जसरी भए पनि पीडितले न्याय पाएरै छाड्ने पनि उनले बताए । राजदूत डा. उदयराज पाण्डेले एक मिनेटभन्दा लामो उक्त अमानवीय भिडियो हेरेपछि सोमबार ११ बजेसम्म कारबाही गरिसक्ने आफूलाई बताएको उनले बताएका छन् । उनले राजदूतको भनाइ उद्धृत गर्दै भने, ‘मैले एक मिनेट लामो भिडियो हेरेँ । श्रमिकमाथि कोही यसरी हिंसात्मक ढंगले उत्रिन सुहाउ“दैन । श्रमिक भएन भने कम्पनीको साख कसरी जोगिन्छ । तर, भिडियोमा श्रमिकमाथि उल्टै हातपात गरिएको छ । हामीले कारबाहीको दायरा अघि बढाएका छौँ । सोमबार ११ बजेभित्र कारबाही भएको खबर सुन्न पाउने छ ।’ महासचिव श्रेष्ठले गार्डले कुटाइ किन खाए भन्ने सन्दर्भ प्रमुख नभई मानव अधिकारभन्दा बाहिर रहेर कसैले आफूखुसी गर्न नपाइने बताएका छन् । उनले भने, ‘मलेसिया र नेपाल सरकारबीच मानवअधिकारसम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा श्रमिकमाथि कुनै पनि त्यहाँको कम्पनीले अमानवीय व्यवहार गर्न नपाइने उल्लेख छ । तर, यहाँ त श्रमिकमाथि हेर्नै नसकिने गरी अमानवीय व्यवहार गरिएको छ ।’ यसै सन्दर्भमा वैदेशिक रोजगार एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डेले परिवारका लागि विदेशमा ज्यान धरापमा राख्ने श्रमिकमाथि त्यसरी कुट्नु पशुभन्दा पनि नीच व्यवहार भएको बताएका छन् । त्यसरी कुटपिट गर्ने व्यक्ति र त्यस कम्पनीलाई सदाका लागि नेपालबाट हटाउनुपर्ने उनले बताए । ‘भिडियो हेर्दै जो कोहीको दिमाग रन्थनिन्छ । आफ्नो ज्यान धरापमा राखेर परिवारका खुसीका लागि विदेशमा पसिना बगाउनेमाथि त्यसरी कुटपिट गर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ,’ भन्दै उनले भने आफूले यस घटनाका विषयमा दूताबासले छानबिन गरिरहेको र संघमार्फत कारबाही भई छाड्।ने जानकारी प्राप्त भएको बताए । नेपाली श्रमिकलाई दुःख दिनेहरूलाई कालोसूचीमा राखेर नै यस्तो गतिविधि रोक्नुपर्ने प्रभावसँगको कुराकानीमा प्रगतिशिल वैदेशिक रोजगार मञ्च नेपालका संयोजक रामप्रसाद भान्तनाले बताएका छन् । उनले भने, ‘यदि त्यस्ता कम्पनीलहरू बन्द भएनन् भने फेरि भोलि यस्तै समस्या दोहोरिनेछ । त्यसैले यो घटनामा दूताबासले कारबाहीका लागि विलम्ब गर्न हुँदैन । जसरी हुन्छ कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उता, मलेसियन ट्रेड युनियन कांग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने माग गरेको छ । एक मिनेट लामो भिडियोमा एक व्यक्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुटपिट गरेको देखिएको छ । हाल भाइरल भइरहेको भिडियोमा कुटपिट गर्ने व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०४:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP