काठमाडौं– म्यानहन्ट इन्टरनेसनलका विजेता जीवन विश्वकर्माको दुई नयाँ गीत आउने भएका छन्।
उनले अंग्रेजी गीत ‘स्टिल फर यू’ र नेपाली गीत ‘मुटुभित्र तिम्रो माया’ छिट्टै सार्वजनिक गर्ने तयारी गरेका हुन्।
मोडलको रुपमा १० भन्दा बढी गीतमा काम गरेका उनले ‘मिस्टर ट्यालेन्ट’ र ‘मिस्टर फ्रेण्डसिप अवार्ड’ जितेका थिए। उनी पाँचौं क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा ‘सधैं तिमी’ गीतबाट नोमिनेट भएका छन्।
उनको ‘ह्याभ यु एभर सिन द रेन’ कभरलाई दर्शकले मन पराएका छन्। उनले आफूले अहिलेसम्म गरेका कामले समाजलाई सन्देशसँगै सूचना पनि दिएको बताएका छन्।
आफ्नो जीवन नै कलाकारितामा समर्पण गरेको बताउने उनी जीवनभर नै कलाकारितालाई निरन्तरता दिने बताउँछन्।