Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावर व्यवसायीद्वारा मन्त्रालय र विभागलाई ज्ञापन पत्र
म्यानपावर व्यवसायीद्वारा मन्त्रालय र विभागलाई ज्ञापन पत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १५, २०७७
oless
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई कोभिड–१९ का कारण वैदेशिक क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका निम्ति वैदेशिक रोजगार व्यवसायीले ज्ञापन पत्र बुझाएका छन् । मंगलबार प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मन्त्री र महानिर्देशक छुट्टाछुट्टै भेटेर आगामी व्यवसायीका समस्या समाधानका निम्ति ज्ञापन पत्र बुझाएका छन् । बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा नेकपानिकट प्रगतिशिलतर्फका संयोजक रामप्रसाद भान्तनाले मंगलबार मन्त्री र महानिर्देशक भेट गरेर छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको बताएका छन् । उनका अनुसार कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीको समस्या समाधानका निम्ति मन्त्री र महानिर्देशकसँग छुट्टाछुट्टै भेट गरिएको हो । उनले भने, ‘कोभिड–१९ कारण आगामी दिनमा हिँड्न व्यवसायीलाई अति अप्ठ्यारो छ । देशको अर्थतन्त्र वृद्धिमा मेरुदण्डका रूपमा उभिएको वैदेशिक क्षेत्रलाई नेतृत्व गरिरहेका व्यवसायीका आगामी समस्याहरू हल गर्नका निम्ति हामीले ज्ञापन पत्र बुझाएका छौँ ।’ मन्त्री रामेश्वर यादवसमक्ष ६ बु“दे र महानिर्देशक कुमारप्रसाद दाहालसमक्ष ५ बुँदे समस्या समाधान पहलका लागि ज्ञापन पत्र बुझाएको उनले बताएका छन् । मन्त्रीलाई भिसा नवीकरण, सेवा शुल्क, वैदेशिक रोजगार करार पत्र, दूताबासद्वारा मागपत्र प्रमाणीकरण, धरौटी रकम निश्चित समयका लागि फिर्ता र सातै प्रदेशमा वैदेशिक तालिम केन्द्र स्थापनाका निम्ति ज्ञापन पत्र बुझाएको उनले बताए । ‘११ चैतदेखि भएको लकडाउनबाट पूर्ण रूपमा भएको व्यवसाय र यसमा आश्रित कर्मचारी, घरभाडालगायत अन्य खर्च धान्न नसक्ने अवस्था भएकाले इजाजतप्राप्त संस्थाहरूको नाममा भएको बैंक ग्यारेन्टी कायम नै राखेर नगद धरौटीबापत जम्मा भएको रकम निश्चित समयसीमा तोकेर फिर्ता गरिदिन अनुरोध गर्दछौँ,’ मन्त्रीलाई प्रगतिशिलले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै, विभागका महानिर्देशकलाई बुझाइएको ५ बुँदे ज्ञापन पत्रभित्र कोभिड–१९ का कारण रोजगार गुमाई नेपाल फर्कने श्रमिकहरूको सम्बन्धमा उजुरी वा गुनासोहरूको सुनुवाइ गर्न समिति गठन गर्न अनुरोध गरिएको छ । यस्तै, कोभिड–१९ कारण विदेशमा रोजगार गुमाई फर्किएका श्रमिकको हकमा इजाजतप्राप्त संस्था तथा रोजगारदाता कम्पनी र श्रमिकको कुनै पनि गल्ती नदेखिएमा प्रबद्र्धनमा बोर्डमा जम्मा भएको भलाई कोषमार्फत् श्रमिकलाई राहत उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । लोकतान्त्रिक एसोसियसनका अध्यक्ष नरेन्द्र ढकालले पनि आफूहरूले मन्त्री र महानिर्देशकसँग छुट्टाछुट्टै भेट गरी कोभिड–१९ का कारण वैदेशिक क्षेत्रमा निम्तिएको समस्या समाधान पहल गर्न अनुरोध गरिएको बताएका छन् । उनले भने, ‘कोभिड–१९ का कारण वैदेशिक क्षेत्रमा आगामी दिनमा थुप्रै समस्याहरू देखिएकाले र त्यसले व्यवसायी झन् धरापमा पर्ने भएपछि तत्काल ज्ञापन पत्र बुझाइएको छ । मन्त्री र महानिर्देशकले माग सम्बोधन गरिने वचन दिनुभएको छ ।’ के व्यवसायीको माग सम्बोधन होला ? मंगलबार व्यवसायीले बुझाएको ५ बुँदे ज्ञापन पत्र कार्यान्वयन होला भन्ने प्रश्नमा विभागका महानिर्देशक दाहालले यसबारे मन्त्रालयसँग छलफल हुने बताएका छन् । उनले भने, ‘विगतदेखि नै व्यवसायीले विभिन्न आफ्ना मागहरू बुझाउँदै आउनुभएको छ । मंगलबार व्यवसायीले बुझाउनुभएको ज्ञापन पत्र मैले राखेको छु । यसबारे विस्तारै छलफल हुनेछ ।’ अहिले वार्षिक सय जना विदेश पठाउन असमर्थ म्यानपावर व्यवसायीको कम्पनी नवीकरण भइरहेकाले तत्काल उक्त ज्ञापन पत्रबारे छलफल गर्न नसकिने उनले बताएका छन् । उनले भने, ‘अहिले हामी कम्पनी नवीकरणको काम गरिरहेका छौँ, त्यसैले तत्काल यो विषयमा छलफल गर्न सकिँदैन ।’
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०५:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP