Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ५ सय १३ संस्था नवीकरण जारी छः महानिर्देशक दाहाल
५ सय १३ संस्था नवीकरण जारी छः महानिर्देशक दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १४, २०७७
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वार्षिक सय जना कामदार विदेश पठाउन नसकेका ५ सय १३ वैदेशिक व्यवसायीको कम्पनी नवीकरण भइरहेको बताएका छन् । मंगलबार प्रभाव दैनिकसँगको कुराकानीमा २९ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष सय जना कामदार विदेश पठाउन नसकेका व्यवसायीको कम्पनी नवीकरण गर्न भनी आदेश दिएसँगै १ साउनदेखि सार्वजनिक बिदाबाहेकका दिनमा कम्पनीको नवीकरण भइरहेको उनले बताए । हालसम्म कति कम्पनी नवीकरणको काम सम्मन्न भयो भन्ने प्रश्नमा ठ्याक्कै यत्ति नै संख्यामा नवीकरणको काम गरियो भनेर संख्या बताउन नसकिने उनले बताएका छन् । ‘१ साउनदेखि यता कहिले ६ वटा कहिले १० वटा कहिले त ५० वटा फायल पनि मेरो टेबुलमा आउने गरेको छ,’ उनले अगाडि भने, ‘कम्पनी नवीकरणको काम धमाधम र चाँडो गर्नुपर्ने परेकाले कम्पनी नवीकरणको संख्या विवरण तयार पारेका छैनौँ ।’ सम्भवः बुधबारदेखि कम्पनी नवीकरणको संख्या विवरण तयार पारिने उनले बताएका छन् । उनका अनुसार केही दिनभित्रै पूर्ण रुपमा सबै व्यवसायीको कम्पनी नवीकरण भएको विवरण सार्वजनिक गरिनेछ । ‘असार मसान्तभित्रै कम्पनी नवीकरणको काम गर्नुपर्ने हो तर, कहिलेकाहीँ विभिन्न कारणवश समस्याहरु आउन सक्छन् । र, हामीले त्यो समस्या बुझ्न जरुरी छ,’ उनले भने । ऐनअनुसार असार मसान्तभित्रै कम्पनी नवीकरणको काम सम्पन्न गर्नुपर्ने भए पनि कोभिड–१९ का कारण हुन नसकेको उनले बताएका छन् । उनले भने, ‘वैदेशिक रोजगार ऐनअनुसार असार मसान्तभित्रै गर्नुपर्ने हुन्छ । तर, मन्त्रिपरिषद्को बैठकको निर्णयले कोभिड–१९ का कारण कम्पनी नवीकरण गर्नबाट वञ्चित वैदेशिक रोजगार व्यवसायीको कम्पनी नवीकरण असारपछि गर्नु भनी आदेश आएपछि नवीकरणको काम धमाधम गरिरहेका छौँ ।’ यद्यपि, ३ सय ४७ व्यवसायीको कम्पनीको नवीकरण भने ऐनबमोजिम असार मसान्तभित्रै गरिएको महानिर्देशक दाहालले बताएका छन् । उनले भने, ‘ऐनबमोजिम वार्षिक सय जना कामदार विदेश पठाउने कम्पनीको नवीकरण असार मसान्तभित्रै सकाएर अहिले पुनः नवीकरणकै काम गरिरहेका छौँ ।’ कम्पनी नवीकरणको सन्दर्भमा एउटै काम दुई दुई पटक दोहोर्‍याएर गर्नुपर्दा त समय लम्बियो नि भन्ने प्रश्नमा कार्यालय र आफ्नो जिम्मेवारी भनेकै सेवा भएको उनले बताएका छन् । उनले भने, ‘राष्ट्र सेवक कर्मचारीले राष्ट्रको हितमा काम गर्ने हो । यस्तो अवस्थामा हामीले एउटै काम दुई चोटी गर्दा समय लाग्यो भनेर दिक्क वा असहज महसुस गर्ने होइन ।’ सय संख्याविरुद्ध संघमा व्यवसायीको भेला यता, समग्र वैदेशिक रोजगार व्यवासायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने बत्तीसपुतलीस्थित संघको कार्यालयमा व्यवसायीहरुलाई डाकेर आगामी व्यवसायीका समस्याविरुद्ध एक भएर लाग्न आह्वान गरेको छ । संघले नेकपानिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका व्यवसायीलाई बोलाएर वार्षिक सय जना कामदार विदेश पठाउने र ऐन नै संशोधनलगायत विविध विषयमा एक भएर लाग्न आह्वान गरेको छ । मंगलबार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संयोजक रामप्रसाद भान्तनाले संघमा सोमबार व्यवसायीको स्वागत कार्यक्रमसँगै आगामी व्यवसायीको समस्या समाधानको सवालमा अडिग भई लागिपर्ने विषयमा छलफल भएको बताएका छन् । उनले भने, ‘सोमबार संघले कार्यालयमा व्यवसायीको स्वागत भेला बोलाएको हो । भेलामा वार्षिक सय जना कामदार विदेश पठाउने ऐन र नियमावली पूर्ण रुपमा हटाउने सन्दर्भमा विशेष छलफल भयो ।’ नेपाल राष्ट्र बैंकले यही असार मसान्तभित्र वैदेशिक रोजगार व्यवसायीले लिएको ऋण आगामी ०७८ सम्मका लागि समय अवधि बढाइदिएको पनि उनले बताएका छन् । उनका अनुसार व्यवसायीले लिएको ऋणको साँवा र ब्याज आगामी ०७८ सम्मका लागि भनेर समय बढाइए पनि व्यवसायीहरुको यस विषयमा छलफल हुन बाँकी रहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  ०४:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP