Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रगतिशिल र गणतान्त्रिक मञ्चबीच एकीकरण
प्रगतिशिल र गणतान्त्रिक मञ्चबीच एकीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ११, २०७७
Pragatishil
Hardik health
काठमाडौं– तत्कालीन नेकपा एमालेनिटक प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र माओवादी केन्द्रनिकट नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चबीच एकीकरण भएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालय धुम्बाराहीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको उपस्थितिमा आयोजित एकीकरण भेलाले नयाँ संगठनको नाम प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल नै राखेको छ । दुई संगठनको एकीकरण भएपछि तत्कालीन माओवादी केन्द्रनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसादको संयोजकत्वमा ५६ सदस्यीय कार्यसमिति चयन भएका छन् । उनीहरुलाई शुक्रबार नै मन्त्री यादबले शपथ गराए । शुक्रबार फरक फरक दलका दुई वैदेशिक रोजगार व्यवसायी एक भएसँगै नयाँ बनेको कार्यसमितिको सहसंयोजको जिम्मेवारी तत्कालीन नेकपा एमालेनिकट प्रगतिशिल मञ्चका राजेन्द्र भण्डारीले पाएका छन् । मन्त्री यादवबाट शपथग्रहणपश्चात् संयोजक भान्तना र सहसंयोजक भण्डारीले संगठनलाई अर्थपूर्ण रुपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ गठन भएको संघको नामाकरण तत्कालीन एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नामबाट गरिएको एकीकरण तथा शपथ कार्यक्रममा घोषणा गरिएको थियो । साथै, प्रगतिशीलका तत्कालीन उपाध्यक्ष राजेन्द्र भण्डारीलाई भान्तनापछि दोस्रो बरियतामा सहसंयोजकको भूमिका दिइएको पनि घोषणा गरिएको थियो । शुक्रबारको एकीकरण तथा शपथ कार्यक्रम भव्य बनाउने उद्देश्य सोचेभन्दा व्यापक तरिकाले भएको मञ्चको दाबी छ । शुक्रबारको एकीकरण तथा शपथ कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली तथा पुष्पकमल दाहाल दुवैलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । तर, दुबै जना कार्यव्यस्तताका कारण अनुपस्थित रहेको मञ्चले जनाएको छ । शुक्रबार एकीकृत कार्यसमितिमा प्रगतिशिलका ३४ र गणतान्त्रिकका २१ व्यवसायीहरु समेटिएका छन् । यद्यपि, मञ्चको सचिवालय गठन र अन्य जिम्मेवारी बाँडफाड भने गरिएको छैन । तत्कालीन नेकपा एमालेनिकट प्रगतिशील मञ्च नेपाल ०६५ सालमा र माओवादीनिकट गणतान्त्रिक मञ्च ०६३ सालमा स्थापना भएका थिए । बामपन्थी राजनीतिक आस्था राख्ने दुवै संगठन दुई पार्टी एक भएस“गै एक हुन बाध्य भएका थिए । नया“ कार्यसमिति गठन हुनुअघि दुई संघमा विभिन्न व्यक्तिले जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रगतिशिल मञ्च नेपालका संस्थापक अध्यक्ष सरोज पोखरेल हुन् । उनीपछि मञ्चमा बलबहादुर तामाङ, टंक राउत, नरेश गेलाल, हरिबहादुर पाण्डे क्षत्री र हाल चित्रगुप्त सा“वा लिम्बूले नेतृत्व गरिरहेका छन् । त्यस्तै, व्यवसायी दिलप्रसाद पोखरेलको अध्यक्षमा गठित गणतान्त्रिक मञ्चको नेतृत्व प्रेमबहादुर कटुवाल, भान्तना र भुवनविक्रम घिमिरेले गरिसकेका छन् । शुक्रबार बामपन्थी दलनिकट दुई रोजगार व्यवसायी एक भएसँगै अन्य राजनीतिक दलसँग आबद्ध रहेका व्यवसायीहरु पनि एकजुट हुनेतर्फ अग्रसर भएको बताइएको छ । अहिले वैदेशिक रोजगार क्षेत्रमा समाज सेवा, जातीय, भूगोल, संस्कृति संरक्षणलगायत काम गर्ने उद्देश्यसहित विभिन्न जातीय, क्षेत्रीय तथा भेगीय संघ संस्था आबद्ध छन् । तराई मधेस वैदेशिक रोजगार मञ्च र जनता समाजवादी पार्टीनिकट व्यवसायीहरु पनि एकीकरणका लागि संगठित भइरहेको बताइन्छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  ०५:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP