Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनभित्रै विदेशबाट नेपाली श्रमिकको उद्धार गरिँदै
साउनभित्रै विदेशबाट नेपाली श्रमिकको उद्धार गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०७७
Board
Hardik health
काठमाडौं– वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट १० साउनभित्र नोबेल कोरोना भाइरस (कोभिड–१९) कारण विदेशमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार गरिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन् । मंगलबार प्रभाव दैनिकसँगको कुराकानीमा मंगलबार कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार गर्न भनेर राजपत्रमा सूचना जारी भएको बताउँदै सम्भवतः १० साउनभित्रै उद्धार कार्य थालनी गरिने उनले बताए । कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार कार्य सन्दर्भमा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय पारित गरेको उनले बताएका छन् । उनले भने, ‘सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न निर्णय पारित गरेको हो । मंगलबार उद्धार गर्न भनेर राजपत्रमा सूचना जारी भएपछि हामी अहिले यसको तयारीमा छौँ ।’ विदेशबाट नेपालीको उद्धार गर्नका लागि बुधबार मन्त्रालय, परराष्ट्र मन्त्रालय र विदेशी नियोगसँग सहकार्य गरिने उनले बताएका छन् । ०७६ वैशाखसम्म कोभिड–१९ का कारण समस्यामा फसेका ४ लाख ७ हजार नेपालीकोे उद्धार गर्ने रिपोर्ट तयार भएको उनले बताए । उनले भने, ‘हालसम्म यत्ति नै संख्यामा नेपालीको फर्काइने भन्ने विषयमा पूर्ण रिपोर्ट तयार भइसकेको छैन । तर, बैशाखमा तयार पारिएको तथ्यांकमा कोभिड–१९ का कारण ४ लाख ७ हजार नेपालीको उद्धार गर्नुपर्ने देखिएको थियो ।’ कति लाग्छ उद्धार खर्च ? खाडी मुलुकलगायत देशमा कोभिड–१९ को महामारीमा बैशाखसम्म ४ लाख ७ हजार नेपाली फसेको बोर्डको रिपोर्टले देखाएको छ भने हाल त्यो संख्या बढेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । एक नेपालीको उद्धार गर्न कति खर्च लाग्छ भन्ने प्रश्नमा उनी देशगत रुपमा फरक फरक खर्च लाग्ने र यसको अन्तिम निर्णय बुधबार बस्ने छलफलले तय गर्ने उनले बताए । उनले भने, ‘देशगत रुपमा उद्धार खर्च फरक फरक लाग्ने हुनाले अहिले नै यति नै भनेर भन्न सकि“दैन । यसका लागि बुधबार बस्ने बैठकले पूर्ण निर्णय लिनेछ ।’ साथै, बुधबार बस्ने बैठकले उद्धार सन्दर्भमा सबै प्रक्रिया अघि बढाउने र उद्धार निर्देशिका जारी गर्ने पनि उनले बताए । उनका अनुसार बुधबारको बैठकपछि उद्धारको कार्य प्रारम्भ गरिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायअन्तर्गत रहेको कल्याणकारी कोष स्थापना भएदेखि नै उद्धार थालनी गर्दै आइएको पनि उनले बताए । उद्धारको प्रकृति करारमा विदेशमा गएर कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई टिकटको व्यवस्था गरेर स्वदेश ल्याइने सरकारले निर्णय गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । उनका अनुसार कोभिड–१९ का कारण बीचमै रोजगार गुमाउनु परेकाहरुलाई उद्धार गरिनेछ । जस्तै, तीन वर्षका लागि करारमा मलेसिया गएकोले एक वर्ष नपुग्दै रोजगार गुमाउनुपरेको वा फर्कनुपरेको खण्डमा उनीहरुलाई फर्काइनेछ । र, नेपाल आएपछि घरसम्म पु¥याउने सबै जिम्मा कोषले लिएको पनि उनले बताए । कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि अब विदेशी नियोगस“ग विशेष परामर्श थालनी गरेर श्रमिकको उद्धार गरिने उनले बताएका छन् । विदेशबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा सोमबार नै मन्त्री रामेश्वर राय यादवले सरकारी खर्चमा नेपाली श्रमिकको उद्धार प्रक्रिया सुरु भएको जानकारी दिइसकेका छन् । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीको उद्धार १० साउनबाटै सुरु गरिने हो भनेर मन्त्रालयका सूचना अधिकारी सुशिला अर्यालले यस विषयमा आफूलाई पूर्ण जानकारी नभएको बताउँदै उद्धार भने चाँडो गरिने बताए । उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले कोषको रकमबाट विदेशबाट नेपाली श्रमिकको उद्धार गरिने निर्णय पारित गरेको छ । तर, उद्धार मितिको आधिकापरक निर्णय हुन बा“की रहेको छ ।’
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  ०५:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP