Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मनोनित बोर्ड सदस्यलाई फिर्ता बोलाउन दबाब
मनोनित बोर्ड सदस्यलाई फिर्ता बोलाउन दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०७७
Board
Hardik health
वैदेशिक रोजगार बोर्डमा सदस्य मनोनित प्रकरण काठमाडौं– वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यमा विवादस्पद व्यक्तिलाई नियुक्ती गरिएको भन्दै उनलाइ फिर्ता बोलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवलाई आफ्नै पार्टीनिकट वैदेशिक रोजगार व्यवसायीले दबाब दिएका छन् । गत आइतबार मन्त्री यादवले बोर्डमा विज्ञका रूपमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई नियुक्त गरेपछि पार्टीनिकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले बिहीबार विज्ञप्तिमार्फत नियुक्ति फिर्ता लिन दबाब दिएको हो । महासंघका अध्यक्ष खड्कामाथि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा बायोमिट्रिक परीक्षणको नाममा सिन्डिकेट खडा गरेर श्रमिकमाथि आर्थिक भार पारेको आरोप लागेको छ । साथै, प्रहरीले केही समयअघि त्यही मुद्धामा ‘फरार सूची’ मा उनको नाम राखेको थियो । पछि अदालतबाट उनले सफाइ पाए । अदालतबाट सफाइ पाएस“गै बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेर मन्त्रीले किन पुरस्कृत गरेको भन्दै सत्तानिकट व्यवसायीहरू विरोधमा उत्रिएका छन् । बिहीबार मञ्चले विज्ञप्ति जारी गर्दै श्रमिकको चरम आर्थिक शोषण गर्ने मतियारलाई वैदेशिक रोजगार ऐन, ०६४ को १ (ठ) विपरीत मन्त्री यादवले गरेको नियुक्ती तत्काल नसचिएमा प्रतिरोधमा उत्रने भनिएको छ । मञ्चका संयोजक रामप्रसाद भन्तना तथा सह–संयोजक राजेन्द्र्र भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्रीले चरम आर्थिक शोषण गर्ने कार्यका मुख्य मतियारलाई बोर्डमा विज्ञ सदस्यका रूपमा मनोनित गरकोप्रति घोरभत्र्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी चरम आर्थिक शोषण गर्ने कार्यका मुख्य मतियारको मनोनयनप्रति मञ्च घोर भत्र्सना गर्दछ ।’ मन्त्री यादवले उक्त निर्णय तत्काल नसच्याएको खण्डमा मञ्चले सो निर्णयको प्रतिरोधका लागि कडा कदम चाल्ने मञ्चका संयोजक भन्तनाले बताएका छन् । ‘बोर्डको सदस्यमा विज्ञ मान्छे चयनमा मन्त्रीज्यू चुक्नुभएको छ । आखिर के कारणले विवादस्पद र फरार सूचीमा रहेका व्यक्तिलाई अकस्मात् विज्ञ भनेर बोर्डमा राखियो । त्यसैले यसका पछाडि अनेकन् प्रश्न उब्जिएका छन्,’ उनले भने, ‘बोर्डमा वैदेशिक रोजगार क्षेत्रको विज्ञताको खाँचो हो तर, यहाँ स्वास्थ्य क्षेत्रको व्यक्तिलाई विज्ञ भनेर मनोनित गर्नु रहस्यमय छ ।’ तसर्थ, मन्त्री यादवले नियुक्तीको निर्णय तत्काल सच्याउनुपर्ने उनले पुनः बताए । आइतबार श्रममन्त्री यादवले वैदेशिक रोजगार बोर्डमा रिक्त रहेको सदस्यमा महासंघका अध्यक्ष खड्कालाई विज्ञका रूपमा र वैदेशिक रोजगार व्यवसायी हेमबहादुर गुरुङलाई तालिम प्रदायकका तर्फबाट नियुक्त गरेका थिए । तर, विवादस्पद व्यक्तिलाई बोर्डमा नियुक्ती गरिएको भन्ने चौतर्फी विरोध भएपछि व्यवसायी गुरुङले भने बोर्डको जिम्मेवारीमा बस्न असमर्थ रहेको भन्दै मन्त्री यादवलाई पत्राचार गरेका थिए । नेकपानिकट वैदेशिक रोजगार एकता समाजका अध्यक्ष हरिबहादुर पाण्डेले मन्त्री यादवले गरेको निर्णयप्रति घोर आपत्ति जनाएका छन् । ‘के उहाँभन्दा विज्ञ मान्छे यो क्षेत्रमा कोही छैनन् ? जस्ले हिजो श्रमिकको हितविपरीत काम गरे उसैलाई विज्ञ भनेर पुरस्कृत गर्नुको कारण के हो ?’ उनले भने । साथै, मन्त्री यादवले तत्काल आफ्नो निर्णय सच्याउन उनले माग गरे । त्यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत बोर्डको विज्ञ सदस्य खड्कालगायतको मनोनयनको खुलेरै विरोध गरेका छन् । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कारबाही गरेका व्यक्तिलाई वर्तमान मन्त्री यादवले बोर्डको विज्ञ सदस्य बनाउनुलाई उनले ‘आश्चर्यजनक’ भनेका छन् । उनले प्रश्न गरेका छन्, ‘बोर्ड सदस्य हुने योग्यता सिन्डिकेटधारी संस्था खोल्ने वा धनाढ्य हुनुपर्ने हो ।’ बोर्डको विज्ञ सदस्यका रूपमा विवादस्पद व्यक्तिलाई नियुक्त गर्नुको रहस्य के हो ? भन्ने प्रश्नमा वैदेशिक रोजगार विज्ञ डा.गणेश गुरुङ बोर्ड पैसा कमाउने थलो भएको आरोप लगाउ“छन् । ‘बोर्डमा पैसा देखेर नै तँछाड मछाड गर्दै त्यस्ता व्यक्तिहरू पुगेका छन् । र, त्यस्ता व्यक्तिलाई नियुक्त गर्ने व्यक्ति पनि त्यही खालको भएकाले यस्तो देखिएको हो,’ उनले भने, ‘बोर्डको वैदेशिक रोजगारतर्फ खाली खाडी मुलुक मात्र नभएर अन्य नयाँ नयाँ गन्तव्यको खोजी गर्ने र कामदारसँग सधैँ निकटमा रहने व्यक्तिलाई विज्ञमा नियुक्ती गर्ने हो ।’ डा. गुरुङका अनुसार अहिले यो नियुक्ती प्रकरण ‘मामाको धनमा फुपूको श्राद्ध’ भनेजस्तो देखिएको छ । बोर्डमा विवादस्पद व्यक्तिलाई विज्ञ सदस्यमा नियुक्ती गर्नुको अर्थ बोर्डमा विदेशमा जा“दा कामदारले बुझाएको ५ अर्ब २५ करोड हिनामिना गर्नकै लागि नियुक्ती गरिएको उनले आरोप लगाए ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP