Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २८, २०८२

अन्तरिम सरकारको अर्जुनदृष्टि निर्वाचन गराउनुमै हुनुपर्ने हो । तर अहिले सरकार कहिले दीर्घकालीन असर पार्ने खालका निर्णय गर्न आतुर देखिन्छन् भने कहिले मन्त्रिपरिषद् विस्तार गरेर । खासमा नेपालमा ७ देखि १० मन्त्री भए पुग्ने विभिन्न अध्ययनले देखाउँछ । तर सुशासनको मागसहित विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरी १४ जना पुर्‍याएको छ ।

कार्कीले यसअघि बढीमा ११ जना मन्त्री बनाउने भनेकी थिइन् । प्रधानमन्त्री बनेको पहिलो साता यसो भनेकी कार्कीले शुक्रबार मन्त्रिपरिषद् सदस्य संख्या १४ पुर्‍याएकी हुन् । यसबाट सानो आकारको चुस्त मन्त्रिपरिषद् विस्तार गर्ने आफ्नै वचनमा उनी विचलित भएको पुष्टि हुन्छ ।  अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको आवश्यकता देखिँदैन । यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पनि आवश्यक देखिन्न । वन तथा वातावरणमन्त्री पनि खासै आवश्यक देखिँदैन । यी निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै सञ्चालन हुन सकिने देखिन्छ ।

जेन-जी विद्रोहअघिबाटै यी मन्त्रालयहरुमा बजेट अभावका कारण खासै काम देखिँदैनथियो । कर्मचारी घाम तापेर दिन बिताउँथे भने मन्त्रीहरु पार्टीका कार्यक्रममा अतिथि बनेर समय कटाउँथे । बरु परराष्ट्रमा नेतृत्व चाहिने समय हो । यद्यपि चुनावी सरकारको काम कुटनीति सुधार गरेर बस्ने फुर्सद पनि हुँदैन । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेर निर्वाचनसम्बन्धी काम फटाफट गर्नुपर्ने सरकार अहिले मन्त्री थप्ने काममा लागेको छ । यसले प्रष्ट देखाउँछ, सरकार निर्वाचन गर्न तयार छैन । बरु अपदस्थ बनेर बिदा लिने तरखरमा प्रधानमन्त्री कार्की पुगेको देखिन्छ ।

Hardik health

निर्वाचनको म्यान्डेट पाएको सरकारले जेन-जीसँग वार्ता र सहमति पनि गरेर बस्ने हैन । जेन–जी विद्रोहको लागि जाँचबुझ आयोग गठन भएकोले यही आयोगको सुझावको आधारमा निर्वाचनपछि बनेको सरकारले कार्यान्वयन गर्ने हो । तर सरकार भने लुरुलुरु मन्त्री थप्ने, संविधानविरोधी काम गर्नेतिर लागेको देखिन्छ ।

अहिले सरकार र जे-जीले गरेको सहमतिमा दलहरुको राय पनि बुझ्नुपर्ने हो । तर कार्की नेतृत्वको सरकारले हतार गरेर दलको राय लिनै चाहेन । कमसेकम दलका शीर्ष नेतालाई राखेर सहमति गरेको भए भोलि बन्ने सरकारलाई यो कार्यान्वयन गराउन दबाब पथ्र्यो । जसरी जेन-जी विर्सेर अहिले पुरानै दलको कमब्याक हुँदै छ, भोलिका दिनमा सरकार र जेन-जीबीच भएको सहमति अर्को सरकारले बिर्सन सक्छ । त्यसैले सरकार यस्तो सासाना विषय केलाएरमात्र एक्सनमा उत्रौं । नत्र यत्रो परिवर्तन संस्थागत नहुने खतरा झनै बढ्नेछ ।  


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर बिहीबार, माघ २२, २०८२
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP