Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १९, २०८२
Ncell
Hardik health

वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा पुगेकाहरू महिलाहरू एकपछि अर्को गर्दै हिंसामा परेका छन् । पछिल्लो प्रतिवेदनहरू हेर्ने हो भने यसरी विदेश जानेहरूको संख्या ठुलो छ । एक त उमेर बढी भएपछि रोजगारीमा जाने, अर्को श्रम स्विकृति बिना वैदेशिक रोजगारीमा पुगेकाहरू बढी हिंसामा पर्ने गरेका छन् ।

विशेषगरी खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने बढी जोखिममा रहेको देखिन्छ । उनीहरू नेपाली बिचौलियाबाट नै हिंसामा पर्ने गर्छन् । घरमै विभिन्न विभेदका कारण बिचौलियाको फन्दामा परेर उनीहरू विदेशिन्छन् ।   अवैधानिक बाटोबाट कति महिलाहरू विदेश जान्छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । उनीहरूसँग सीप नहुने भएकोले घरेलु कामदार बन्न बाध्य हुन्छन् । बिचौलियाको धम्की र मालिकको मनोमानीका कारण उनीहरू हिंसामा पर्ने गर्छन् । सरकारी तथा गैरसरकारी निकायकाअनुसार खाडीमा हाल चार लाखको हाराहारीमा घरेलु कामदार कार्यरत छन् । यसरी काम गर्नेहरू अधिकांश अवैध माध्यमबाट गएकाहरू रहेको बताइँदै आएको छ । 

सरकारले यसरी अवैध रुपमा नजान भन्दै सचेतना कार्यक्रमहरू त चलाउँछ । तर मुख्य समस्या चाहि बाध्यता पनि हो । सरकारले यसलाई व्यक्तिको कमजोरीको रुपमा देखाउँछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरेले सरकारलाई नै छकाएर जानु स्वयम् व्यक्तिको पनि कमजोरी भएको बताएका छन् ।  यो सरकारको गैरजिम्मेवारीपूर्ण जवाफ हो । एक त सरकारले यस्तो विषयमा नियमन गर्नसक्नुपर्छ । अर्को विषय अधिकारको हो । यहाँ महिला अधिकारको विषयमा अत्याधिक बजेट खर्च हुने गर्छ । तर सम्बन्धित र पीडामा परेका महिलाहरूसम्म यो पुगिरहेको छैन । सररका त्यसरी गएकाहरू समस्यामा परे  पन्छिन मिल्दैन । उनीहरूको उद्धार, क्षतिपूर्ति, स्वदेश फिर्तीलगायतमा सरकारले सहयोग गर्नुपर्ने हुन्छ । 
वैदेशिक रोजगारीमा जानेहरूको समस्या पहिल्याउन विभिन्न देशमा दूतावासहरू खुलेका छन् । दूतावासका अधिकारीहरूले यस्तो विषयमा ध्यान दिनुपर्ने हो । तर अधिकांश दूतावासका कर्मचारीहरू बिचौलियाले भनेअनुसार नै चल्ने गरेको देखिन्छ । यसले गर्दा समस्यामा परेकाहरू दूतावाससम्म पुग्न पनि मान्दैनन् । कर्म नै यस्तो भन्दै उनीहरू हिंसा सहने गर्छन् । यो भनेको सरासर सरकारको कमजोरी हो । यसैले अबका दिनमा यस्ता खालका हिंसा घटाउन सरकारले पहिलो त रोजगारीमा जाने बाटो खुकुलो बनाउनुपर्छ । यसका लागि बरु नियमन र रोजगारदातासँग कडा सम्झौता गर्नुपर्छ । यो विषयमा सरकारले बेलैमा सोचोस् र कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याओस् । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP