
दोहा– कोरोना भाइरसका कारण साउदीमा अलपत्र परेका नेपालीहरुलाई नेपाल एअरलाइन्सको विमानमार्फत आउँदो आइतबार अर्थात २१ जुनमा साउदीको रियादबाट चार्टर्ड उडान भर्ने साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।
दूताबासका अनुसार यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेका छन् । प्राथमिकतामा परेका नेपालीको सूची दूताबासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको दूताबासले जनाएको छ ।
विमानको टिकट काटेपछि मात्र कोरोना जाँच गराउन प्राथमिकतामा परेका नेपालीलाई दूताबासले अनुरोध गरेको छ । रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिने दूताबासले जनाएको छ । नजिकको स्थानबाट कोरोना जाँच गराउन समस्या भएमा कृष्ण भुषाललाई सम्पर्क गर्न दूताबासले भनेको छ ।
रियादबाट काठमाडौंका लागि भाडा ४६५ अमेरिकी डलर अर्थात् १ हजार ७४४ साउदी रियाल अर्थात् ५६ हजार ५ सय रुपैयाँ तोकिएको छ । कम्पनीले टिकट नकाटिदिएमा आङ्खनै खर्चमा काट्नु पर्छ । टिकट काट्न नेपाल एअरलाइन्सको आधिकारिक गिङ्खट ट्राभल एन्ड टुरका सुरेशराज त्रिपाठीलाईसम्पर्क गर्न दूताबास अनुरोध गरेको छ ।