Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कृषि
  • Home
  • कृषि
  • बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

गुल्मी– यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको हो  । 

यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टरमा धानखेती गरिएको थियो । जसमा २२ हजार ९०९ मेक्ट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएकामा ११ प्रतिशत अर्थात् दुई हजार ५२० मेक्ट्रिक टन धान पानीले भिजेर नष्ट भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए । 

जिल्लाको कुनै पनि ठाउँमा हालसम्म धानबालीको बीमा नगरिएको पनि उनले बताए । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र चौरासी फाँटमा ९९९ हेक्टरमा धान रोपिएको थियो । जसमध्ये ४० प्रतिशत धान काटिसकेको अवस्थामा खेतमा नै भिजेको छ ।  तिहार लगत्तै धान काटेका किसान अहिले पानी परेसँगै चिन्तित भएका हुन् । लामो समयसम्म पानीले धान खेतमा नै भिज्दा टुसा पलाउन थालेका छन् । जसले गर्दा धानको मूल्य र उत्पादन घटेको छ । 

इस्मा गाउँपालिका–६ का कमलप्रसाद भण्डारीले साढे चार रोपनीमा रोपेको धान यही कात्तिक ९ गते काटेका थिए । तर कात्तिक ११ गतेदेखि पानी पर्न सुरु ग¥यो । काटिसकेको धानपानीले खेतमा नै डुबाउन थालेपछि उनले कात्तिक ११ र १२ गते १७ जना खेताला लगाएर धान उठाएर घर लगे ।  ‘घाम लागेकै बेला उठाउन पाएको भए थ्रेसर लगाएर झाटिन्थ्यो, धान र पराल छुट्टाछुट्टै हुन्थ्यो,’उनले भने,‘अहिले घाम लागेपछि झाँट्न सुरु गरेको, टुसा पलाएको छ ।’ गत वर्ष २५ मुरी धान फलेकामा यो वर्ष अधिकांश धान खेतमा नै पोखिएको गुनासो गरे । 

Hardik health

स्थानीय कृष्णप्रसाद घिमिरेले पनि गत असार र साउनमा ७५ रोपनीमा धान रोपेका थिए । बीउको लागि चैते ५, हाइब्रिड महेन्द्र ३०–३०, केजी टेक लगायतका धान रोपेका थिए ।  उनको खेतमा कुल तीन सय ५० मुरी धान फल्थ्यो । जसमा दुई सय २५ मुरी तिहार अगाडि नै स्याहारेका थिए । अझै १५ रोपनी खेतको छ मुरी हुने धान काट्न बाँकी छ । तर काटिसकेको १८ रोपनी खेतको करिब ९५ मुरी धान भने पानीले डुबाएको छ । 

खेताला लगाएर कात्तिक ९ गतेका धान काटेको धान पानीमा भिजेको हो । पानी नपरेको भए ११ गते नै थ्रेसरबाट उठाउने तयारी थियो । तर पानीले उनको धान मात्र डुबाएन, मेहनेत र पसिना समेत डुबाएको छ । ‘पानीमा धान उठाएर आउने रकमभन्दा उठाउन लाग्ने लागत बढी भएकोले उठाइन’, घिमिरेले भने,‘दुई लाख ६६ हजारको धान पानीमा डुबेको छ ।’ चौरासी फाँटको धान प्रतिमुरी दुई हजार आठ सयमा बिक्री हुँदै आएको छ । 

किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । ‘अब त धानमा टुसा आउने बेला भयो, त्यस्तो धान बिक्री नहुने समस्या हुन्छ,’ उनले भने,‘पानीमा भिजेको पराल गाईवस्तुले पनि रुचाउँदैनन् ।’गत वर्षहरूमा पनि हल्का बादल मात्रै लाग्ने तर पानी नपरेका कारण आफूले धान काटेको उनको भनाइ छ । उनको खेतमा करिब ९० मुरी धान हुन्थ्यो । अब पानीमा भिजेसँगै उत्पादन धेरै कम हुने भट्टराईको भनाइ छ ।

काटिसकेको धान कसरी सुरक्षित गर्न सकिन्छ ?
काटिसकेको धान वर्षामा थुप्रोमा राख्दा भिजेको ‘फङ्गस’ लाग्न सक्छ । त्यसकारण धान ढुंगा, प्लास्टिक वा परालमाथि राख्न कृषि ज्ञान केन्द्र कार्यालयले सुझाव दिएको छ । 

त्यसैगरी अहिले धानलाई माथिबाट प्लास्टिकले छोप्ने र वर्षा रोकिएपछि तुरुन्तै सुकाउने, सावधानीपूर्वक धुवाँको ताप प्रयोग गर्ने, धानलाई हावा प्रसार हुने ठाउँमा राख्नेलगायतका उपाय अपनाएमा क्षति कम हुने कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी सोमबार, कात्तिक १७, २०८२
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट आइतबार, कात्तिक १६, २०८२
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री आइतबार, कात्तिक १६, २०८२
कञ्चनपुरमा आजदेखि धान खरिद
कञ्चनपुरमा आजदेखि धान खरिद आइतबार, कात्तिक १६, २०८२
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP