Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्वदेश फर्कन १० हजारको निवेदन
स्वदेश फर्कन १० हजारको निवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०७७
Hardik health
दोहा– साउदी अरबबाट स्वदेश फर्किन पाउँ भन्दै जुन पाँचसम्म १० हजार भन्दाबढी नेपालीहरुले साउदीस्थित नेपाली दूताबास रियाद र महाबाणिज्य दूताबास जेद्धामा निवेदन परेको साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिएका छन् । जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भिसा लिएर बसेका, भिजिट भिसामा आएका, नेपालमा आफन्त गुमाएकाहरु रहेको दूताबासले जनाएको छ । दूताबासले दिएको जानकारी अनुसार जुन पाँचसम्म कोरोनाबाट संक्रमित हुने नेपालीहरुको संख्या १३ सय ६४ पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ९ जना नेपाली नागरिकको मृत्यु भइसकेको जनाएको छ । धेरै संक्रमित नेपालीहरु पनि निको भइसकेको जनाउँदै दूताबासले पछिल्लो समयमा सम्बन्धित निकायबाट कुनै पनि जानकारी नआएको र जानकारी लिने कार्य भइरहेको जनाएको छ । गैरआवासीय नेपाली संघ साउदीले विपदको घडीमा साउदी अरबमा क्रियाशील नेपाली संघसंस्थाहरु, सामाजिक अगुवाहरु, बुद्धिजीवी वर्गलगायत सबैसँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजीवी नेपालीबीच गठित सम्पूर्ण संघसंस्थाहरु एकजुट भएर संयुक्त रूपमा हातेमालो गरिरहेको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् । एनआरएनए साउदीले साउदीको विभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगार्थ नेपाली दूताबास रियाद तथा महाबाणिज्य दूताबास जेद्धासँग समन्वय गर्दै नेपाली कामदारहरुको जीवन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग गर्दै आएको छैटौँ हप्ता पार गरिसकेको उनले बताए । एनआरएनए साउदीका अनुसार यो साता पीडामा परेका १२ जना महिलासहित थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध हराएको जनाउँदै हालसम्म एनआरएनए साउदी समक्ष आएका ३१२ जना पीडितहरुलाई दूताबाससँग समन्वय तत्कालका लागि खाद्यान्न वितरण गरेको छ । साथै अहिलेसम्म ३ सय भन्दाबढी पीडितहरुको गुनासो आएको र नेपाली दूताबास रियाद र महाबाणिज्य दूताबाससँग समन्वय गरी दूताबासकै पहलमा समस्या समाधान गरिएको एनआरएनए साउदीले जनाएको छ । नेपाल सरकारले समस्यामा परेका आङ्खना नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको भए तापनि साउदी अरबका लागि उडानको मिति नतोकिएका कारण अझै अन्योलता रहेको छ । यसैबीच, साउदीमा रहेका अवैधानिक नेपालीलाई तत्काल सम्पर्कमा आउन महावाणिज्य दूताबासले आग्रह गरेको छ । साउदीको मक्का पश्चिम क्षेत्रमा अवैधानिक भएर बसेका नेपालीहरुलाई सम्पर्कमा आउन साउदीस्थित महावाणिज्य दूताबास जेद्धाले आग्रह गरेको हो । अवैधानिक भएका तथा कम्पनीले अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरानमा बस्ने नेपालीलाई सम्पर्कमा आउन एक सूचना जारी गर्दै महाबाणिज्य दूताबासले आग्रह गरेको छ । कोरोनाको कारणले स्वदेश फर्कनैपर्ने अवस्था भएका नेपाली कामदारलाई आवश्यक विवरणसहित जेद्दास्थित महावाणिज्य दूताबास सम्पर्क गर्न अनुरोध गरिएको छ । यस्ता समस्यामा परेका नेपाली कामदारहरुले आफ्नो नाम, मोबाइल नम्बर, कम्पनीको नाम, स्थान र सम्पर्क नम्बर विवरणमा उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै राहदानीको फोटोकपी (फोटोपेज मात्रै), अकामा बनेको भएमा अकामाको फोटोकपी र अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपी पनि पेस गर्न अनुरोध गरिएको महाबाणिज्य दूताबासले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ०६:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP