Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #भेप_हानिकारक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक
१८ देखि ३४ वर्ष उमेर समूहका श्रमिक सबैभन्दा धेरै प्रभावित मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ९, २०८२

काठमाडौं– आफ्नो मानसिक स्वास्थ्यको अनुभव र व्यवस्थापन गर्ने तरिकामा आप्रवासी कामदारहरूमा पुस्तागत भिन्नता रहेको ‘एएक्सएग्लोबल हेल्थ केयर’को हालसालै सार्वजनिक गरिएको मानसिक स्वास्थ्य प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनको पाँचौं संस्करणका अनुसार युवा पुस्ता कृत्रिम बौद्धिकता (एआई) र डिजिटल मानसिक स्वास्थ्य उपकरणहरूको प्रयोगलाई अघि बढाइरहेको देखिन्छ । धेरै जनाले अत्यधिक सामाजिक सञ्जालको प्रयोगले नकारात्मक प्रभाव पारेको रिपोर्टसमेत गरेको भनिएको छ ।

उक्त अध्ययनमा १६ वटा देशका १८ देखि ७५ वर्ष उमेरका एक हजार ४०० भन्दा बढी आप्रवासी सहभागी भएका थिए । उक्त सर्वेक्षणले उमेर, सांस्कृतिक परिवेश र डिजिटल पहुँचले विश्वभरि स्वास्थ्यमा कसरी नयाँ दृष्टिकोण तय गर्दै छ भनेर देखाएको छ ।

अध्ययनले १८ देखि २४ वर्ष उमेर समूहका ७४ प्रतिशत र २५ देखि ३४ वर्ष उमेरका ६७ प्रतिशत आप्रवासी कामदार मध्यमदेखि अत्यधिक गम्भीरस्तरको चिन्ता, तनाव वा डिप्रेसनको सिकार भएको निश्कर्ष निकालेको छ । गएको १२ महिनामा १८ देखि ३४ वर्ष उमेरका ६८ प्रतिशतले मध्यमदेखि गम्भीर स्तरको तनावअनुभव गरेको रिपोर्ट गरेको भनिएको छ । ५५ वर्षमाथिका ३३ प्रतिशत व्यक्तिले मात्र यस्तो अनुभव गरेको बताएको जनाइएको छ ।

Hardik health

कम उमेरका विदेशी कामदारले गम्भीर डिप्रेसन, तनाव वा चिन्ता रिपोर्ट गर्ने सम्भावना आफ्ना ५५ वर्ष माथिका समकक्षीहरूभन्दा दुई गुणा बढी भएको देखिएको छ । कम उमेरका ५१ प्रतिशत विदेशी कामदारले सामाजिक सञ्जाल र डिजिटल उपकरणलाई आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने प्रमुख कारक भएको बताएका थिए । ४७ प्रतिशत यस्ता युवा सञ्चारमाध्यममा लगातार आइरहने नकारात्मक समाचारसँग संघर्ष गरिरहेको पाइएको छ ।

त्यसैगरी ८३ प्रतिशत विदेशी श्रमिक आफ्नो काम गर्ने वातावरणका कारण नकारात्मक मानसिक स्वास्थ्य लक्षणहरू अनुभव गरिरहेको जनाइएको छ । यो तथ्यांक सन् २०२४ को भन्दा चार प्रतिशत बढी र गन्तव्य मुलुकका सहकर्मीभन्दा चार प्रतिशत नै बढी भएको उल्लेख गरिएको छ ।

श्रमिकहरु मानसिक समस्याविरुद्ध लड्न के कस्ता उपायहरु अपनाउने गरेका छन् भन्ने विषयमा पनि विभिन्न तथ्यांक सार्वजनिक गरिएको छ । ६६ प्रतिशत युवा आप्रवासीहरु मानसिक स्वास्थ्यका लागि ‘भर्चुअल’ चिकित्सकको प्रयोग गर्ने वा पहिले नै प्रयोग गरिरहेकोे जनाइएको छ ।

४० प्रतिशत युवा आप्रवासीहरूले मानसिक स्वास्थ्य जानकारीका लागि सामाजिक सञ्जाल प्रयोग गर्दा बढी उमेरका १४ प्रतिशत आप्रवासीले यस्तो प्रयोग गर्ने जनाइएको छ । ४१ प्रतिशत युवा प्रवासीहरूले सामान्य चिकित्सकजस्ता स्वास्थ्यकर्मीहरूको सम्पर्कमा जाँदा बढी उमेरकाहरु ५७ प्रतिशत गएको पाइएको छ । यद्यपि, सन् २०२३ को तुलनामा युवा श्रमिकहरु मनोविद् या विशेषज्ञकोमा जाने सम्भावना ३३ प्रतिशतभन्दा बढी रहेको देखिएको छ ।

जलवायु प्रकोप, भूराजनीतिक संघर्ष, आर्थिक अस्थिरता, रोजगार असुरक्षाको अनुभव र प्रविधिको अत्यधिक दबाबका कारण १८ देखि ३४ वर्ष उमेरकाहरुको मानसिक स्वास्थ्यमा असर परिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यी तथ्यांकहरुमा प्रतिक्रिया दिँदै एएक्सएका प्रमुख कार्यकारी अधिकृत जेभियर लेस्ट्रेडले युवा श्रमिकहरु आफ्नो समस्या स्पष्टसँग स्वीकार गर्ने गरेको र खुल्लमखुला सहयोग खोज्ने प्रवृत्ति उनीहरुमा रहेको बताएका छन् । जबकि, पुराना पुस्ताका आप्रवासी समस्याबारे कम बोल्ने र परम्परागत विधिमा भर पर्ने उनको भनाइ छ । यद्यपि, पुरानो पुस्ताको सहनशीलता र नयाँ पुस्ताको आफैं स्वास्थ्य व्यवस्थापनमा जुट्ने विशेषता दुवै पुस्ताले एकआपसबाट सिक्नुपर्ने बताउँछन् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP