Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
विचार
  • Home
  • विचार
  • लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान 
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १८, २०८२
मनोहर कार्की

 

प्रजातन्त्रको स्थापना र नागरिक अधिकार प्रत्याभूतिका लागि जयतु संस्कृतम् तथा नेपाल प्रजा परिषद्ले प्रारम्भिक समयमा खेलेको भूमिका स्मरणीय छ । प्रजातान्त्रिक अधिकारका अग्रज अभियन्ताको अथक प्रयास प्रतिकूल अवस्थामा पनि आफ्नो विचार, मान्यता र अभियानलाई निरन्तरता दिने साहसिक पथप्रदर्शक प्रेरणापुञ्ज हुन् । १०४ वर्षको जहाँनीया निरंकुश राणाशासनकाविरुद्धमा निडर र साहसिक पथप्रदर्शकका रुपमा वीर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको जीवन आहुति तथा प्रजातन्त्रको स्थापनाका लागि योगदानका मूल्यलाई हामीले कसरी चुकाउन सकेका छौं भन्ने कुरा आजको सन्दर्भमा महत्‍व राख्दछ ।

मूलतः नेपाली राजनीतिका ऐतिहासिक पाटाहरुको विश्लेषण तथा मान्यता र पद्धतिको हामीले पैरवी गर्दै आएका छौं । राष्ट्रको स्वाभिमान र जनताका उन्मुक्तिका अभियानमा इतिहासका विभिन्न कालखण्डमा जनताका सच्चा सपुतको योगदानको स्मरणीय क्षणका रुपमा सहिद दिवसलाई लिइन्छ । १०४ वर्षीय निरंकुश राणाशाहीको क्रुर हुकुमी शासनका विरुद्धमा जनताका प्रजातन्त्रका स्वप्निल पक्षलाई उजागर गरी वास्तवमै नेपाली जनताको उन्मुक्तिका लागि ज्यानको आहुति उत्सर्ग गर्ने वीर सहिदको संस्मरणमा उच्च नमन र सम्मानको दिन सहिद दिवस हो ।

जनताका उन्मुक्ति र जनप्रतिनिधिमूलक संस्थाहरुको अपरिहार्यताको विचार विनिमय सम्प्रेषण गर्दा हामीले कहिल्यै भुल्न नसकिने राष्ट्रिय व्यक्तित्वहरुमा अमर सहिदहरुको नाम अग्रपंक्तिमा आउँदछ । नेपालले विगतदेखि अभ्यास गरी आएको लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकास तथा जनतालाई अधिकार सम्पन्न नागरिक बनाई संघीय राज्य संरचनाका मान्यतालाई कार्यान्वयन तहमा ल्याउने दिशामा परिणाममुखी कार्य भएमा त्यो नै राज्य र जनताकातर्फबाट वीर सपूतहरुप्रति सच्चा श्रद्धाञ्जलि हुनसक्छ । यस मानेमा प्रत्येक वर्ष मनाइने सहिद दिवस सप्ताह र औपचारिक कार्यक्रमले मात्र हाम्रा सहिदहरुको सपना साकार हुन नसक्ला । सहिदहरुले कोरेका पथमा दृढ इच्छाशक्ति र इमान्दारिताका साथ अघि बढ्नुमा विवेकशील र सचेत नागरिकको दायित्व पनि हो ।

Hardik health

नेपाली जनतालाई रैतीबाट सम्मानजनक नागरिक बनाउने अभियानमा निरंकुश राणाशाहीको क्रुर शासनको उभारको समयमा बुलन्द आवाज उठाउने वीर सहिदको गाथाले इतिहासका स्वर्णिम पाना भरिएको छ । यसको आफ्नै विशेषता छ, महत्‍व इतिहासले कोरेको र वर्तमानले बुझेको छ । नेपालको राजनीतिक इतिहासमा वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलन र यसको उपलब्धि तात्कालिक घटनाक्रममा राजा र आन्दोलनकारी राजनीतिक शक्तिहरुको ऐतिहासिक सहकार्य र प्रजातन्त्रप्रतिको जनउभारको परिपोषकका रुपमा लिन सकिन्छ ।

प्रजातन्त्रको स्थापना र नागरिक अधिकार प्रत्याभूतिका लागि जयतु संस्कृतम् तथा नेपाल प्रजा परिषद्ले प्रारम्भिक समयमा खेलेको भूमिका स्मरणीय छ । प्रजातान्त्रिक अधिकारका अग्रज अभियन्ताको अथक प्रयास प्रतिकूल अवस्थामा पनि आफ्नो विचार, मान्यता र अभियानलाई निरन्तरता दिने साहसिक पथप्रदर्शक प्रेरणापुञ्ज हुन् । १०४ वर्षको जहाँनीया निरंकुश राणाशासनकाविरुद्धमा निडर र साहसिक पथप्रदर्शकका रुपमा वीर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको जीवन आहुति तथा प्रजातन्त्रको स्थापनाका लागि योगदानका मूल्यलाई हामीले कसरी चुकाउन सकेका छौं भन्ने कुरा आजको सन्दर्भमा महत्‍व राख्दछ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन, शासक वर्गको निरंकुशता र स्वेच्छाचारिताविरुद्ध इतिहासका विभिन्न कालखण्डमा विद्रोह, विग्रह र सशस्त्र आन्दोलन भएका घटनाक्रम बग्रेल्ती छन् । सन् १८८२ मा तात्कालिक राणा प्रधानमन्त्री रणोद्धीप सिंहको शासनकाविरुद्ध चौतारीया पुष्कर शाहका छोरा कर्णेल अमरविक्रम शाहले विद्रोह गरेका थिए । यसैगरी सहिद लखन थापामगरलाई नेपालको पहिलो सहिदका रुपमा मानिआएको पाइन्छ, जसले तात्कालिक राणाशाहीविरुद्ध जनविद्रोहको विगुल फुक्ने साहस गरे । त्यसैगरी लेखक तथा सामाजिक अभियन्ता कृष्णलाल अधिकारीले मकैखेती नामक साहित्यिक कृतिका माध्यमबाट नेपाली जनतामा राणा शासनविरुद्ध जनचेतना फैलाए । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धा टंकप्रसाद आचार्यलाई नेपालीले जिउँदा सहिदका रुपमा पुँज्दछन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासका विभिन्न कालखण्डमा साहसिक प्रजातान्त्रिक योद्धाहरुले पञ्चायती निरंकुशता र बर्बरताविरुद्ध आन्दोलनको उभार र ज्वारभाटा ल्याउने सत्प्रयास गर्दा सहिद भीमदत्त पन्त, दुर्गानन्द झा, रत्नकुमार वान्तवा तथा क्याप्टेन यज्ञबहादुर थापाले वीरगति प्राप्त गरेको स्वर्णिम इतिहास छ ।

केही महिनाअघिको जेन-जी आन्दोलनका बहुआयामिक पाटोकाबारेमा मिहीन र विहंगम विश्लेषण हुँदै रहला । त्यस आन्दोलनले नेपालमा फेरि एकपटक राजनीतिक, सामाजिक तथा सुशासनका पक्षमा आमूल परिवर्तन र रुपान्तरणको सन्देश दिनसक्यो । युवा वर्गको प्राथमिक माग सरकारको शासन पद्धतिमा व्यापक सुधार र रुपान्तरणको मागलाई सम्बोधन गर्न सन्देश दियो । त्यसैगरी जेन–जी आन्दोलनका क्रममा मृत्युवरण गरेका युवाप्रति उच्चसम्मान गर्दै राज्यले सहिद घोषणा गरिनु परिवर्तनका लागि उत्सर्ग गर्ने युवा र नागरिककाप्रति सम्पूर्ण नेपालीको सम्मान र मूल्याकंनका रुपमा लिन सकिन्छ । 

त्यसै आन्दोलनको उभारका फलस्वरुप आगामी फागुन २१ गते जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । जेन–जी आन्दोलनले स्पष्टरुपमा उठान गरेका भ्रष्टाचारप्रति निर्मम उपस्थिति र शून्य सहनशीलता तथा सुशासनका मागलाई सम्बोधन गर्ने दिशामा लोक कल्याणकारी राज्य संरचनाले दिव्यदृष्टिका रुपमा लिएर कार्य गर्नु र युवा वर्गको मागलाई सम्बोधन गर्नुमा नै त्यस आन्दोलनका सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुनसक्छ ।

औपचारिकरुपमा सहिद दिवसको कार्यक्रमको थालनी वि.सं. २०१२ सालमा तात्कालिक काठमाडौं नगरपालिकाको अगुवाईमा सुरुआत भयो । सहिदको योगदानको उच्च सम्मान गर्दै सहिद सप्ताहका रुपमा मनाउने परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सहिद दिवसको कार्यक्रम माघ १० गतेदेखि १६ गतेसम्म मुलुकमा प्रजातन्त्र र आमनागरिकहरुको स्वतन्त्रताका लागि अमूल्य जीवन आहुति दिने वीर सहिदहरुको उच्च मूल्यांकन गदैं मनाइइएको छ । सहिदका गाथाले इतिहासमा छुट्टै पहिचान र आस्थाको सोपान झल्किन्छ ।

पञ्चायती व्यवस्थाको ३० वर्षसम्मको निकै कहालीलाग्दो कालखण्डमा जनअधिकार र बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि साहसी वीर नेपालीले बलिदानी दिए । तिनकै पदचाप अनुशरण गर्दै २०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धिका रुपमा निरंकुश पञ्चायती व्यवस्थाको अवसान भई प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको पुनस्र्थापना हुनसक्यो । २०६२/६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सक्यो । लोकसम्मती र जनताद्वारा लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधिले निर्माण गरी कार्यान्वयनमा आएको नेपालको संविधान सफल कार्यान्वयन दिशातर्फ परिलक्षित छ ।

नेपाली जनताका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार खोसिएको त्यो एक शताब्दीभन्दा बढी समयको निरंकुश राणा शासनको अन्त्यका लागि वीर सहिदहरुको योगदान आजका दिनमा पनि त्यत्ति नै सान्दर्भिक छ । देशमा लोकतान्त्रिक गणतन्त्रको वीजारोपण भएसंगै राजनीतिक उपलब्धि पूरा भएको आभाष दिन संस्थागत विकास साझा दायित्व हो । सहिदले कल्पना गरेको समाज निर्माणको अभियान अझै सकिएको छैन र वर्गीय शोषण र असमानता अझै विद्यमान छ । समाजमा आमूल रुपान्तरण तथा असमानताको अन्त्यका लागि लोकतान्त्रिक सरकारले पहिलो प्राथमिकताका रुपमा कार्य गर्नुपर्दछ । तबमात्र सहिदको सपना साकारोन्मुख होला ।

मुलुकलाई समृद्धि र दिगो विकासतर्फ उन्मुख गराउने सवालमा सरकार, राजनीतिक दल तथा सरोकारवालाहरुको गाम्भीर्यता अपरिहार्य छ । फलतः हाम्रा राजनीतिक अभ्यास र संस्कारले लोकतन्त्रको मियोको रुपमा रुपान्तरित हुने अवसर पाउने छ । लोकतन्त्रको सार र राजनीतिक इमान्दारिताको कसी भन्नु नै जनमतको भावनालाई अनुप्राणित गर्नसक्ने क्षमता राज्य शक्तिको रुपान्तरणमा हुनुपर्दछ । लोकतान्त्रिक व्यवस्था, मानवअधिकार तथा प्रेस स्वतन्त्रताको पूर्णतः प्रत्याभूति, बहुलवाद तथा बहुपहिचानको मान्यता र मर्मलाई मुखरित गर्ने आगामी कदमहरुले महत्‍व राख्दछ । 

राष्ट्रियता, लोकतन्त्र र विकासका आयामसँग लोकतन्त्रका मान्यता र उपागम अनुप्राणित हुन सक्नुपर्दछ । जनताका अभिमतलाई जनमतका रुपमा रुपान्तरण गर्ने अनि जनताका प्रतिनिधिमूलक संस्थाहरुको निरन्तरता र स्थायित्व कायम गर्ने दिशामा निर्वाचन र निर्वाचित संस्थाको महत्‍वलाई सामान्यरुपमा लिन सकिँदैन । सन्दर्भमा विश्लेषण गर्दा प्रसिद्ध राजनीतिक विश्लेषक डा. बिआर अम्बेडकरले भनेका छन्, ‘यदि लोकतन्त्रलाई नितान्त सामाजिक मूल्यमा रुपान्तरण गरिएन भने यो अन्ततोगत्वा निरंकुशतन्त्र हुन्छ र सरकार सञ्चालनको पद्धति अति नै निकृष्ट हुन आउँछ, जसको कारण आमनागरिकले पहिलेको खरो अधिनायकवादी शासन पद्धतिलाई समेत बिर्सने छन् तथा लोकतन्त्र फगत निर्वाचक लोकतन्त्रमामात्र सीमित हुने छ ।’

सहिदको सपनालाई साकार पार्ने सवालमा राजनीतिक तथा नागरिक क्षेत्रकोे समान चासो र गाम्भीर्यता रहे भोलिको सुनौलो नेपाल बन्ने छ । लोकतन्त्रको स्थापना र संस्थागत विकासका लागि सहिदहरुको बलिदानको मूल्य जनताको यावत् मानवअधिकार जस्तै समानता, न्याय तथा सामाजिक, आर्थिक रुपान्तरणका बग्रेल्ती अवसरहरु निर्वाधरुपमा प्राप्त हुनु हो । दिगो शान्ति, स्थायित्व र आमनागरिकका इच्छाशक्ति र भोगाइलाई आत्मसात् गर्नु लोकतन्त्रको मर्म हो । लोकतन्त्रको संस्थागत विकासमा इतिहासका कालखण्डमा सहादत प्राप्त गर्ने ज्ञात÷अज्ञात सहिदप्रति सच्चा श्रद्धाञ्जलिसहित पुनः संस्मरण गर्नु छ । 
 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग बुधबार, चैत ४, २०८२
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व सोमबार, चैत २, २०८२
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय आइतबार, चैत १, २०८२
बोध प्राप्तिको माध्यम ध्यान साधना 
बोध प्राप्तिको माध्यम ध्यान साधना  शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव बिहीबार, फागुन २८, २०८२
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा बुधबार, फागुन २७, २०८२
टिङरिङ टिङरिङ ट्वाङ... !
टिङरिङ टिङरिङ ट्वाङ... ! मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP