Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २१, २०८२
  • श्रमिक ठगी गर्न बनाइएका अभिमुखीकरण, तालिमलगायतका कार्यविधि एक महिनाभित्र खारेज गरिने
  • आफ्नो कार्यकालमै श्रमिकका नाममा भएका सबै ‘सिण्डिकेट’ हटाउने उद्घोष

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा कामदार पठाउन लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधान अव्यवहारिक देखिएको भन्दै यसलाई खारेज गरिने बताएका छन् । 

सिंहदरबारस्थित श्रम मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालय मातहतका निकायहरुको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति समीक्षामा मन्त्री भण्डारीले उक्त प्रावधानसहितको कार्यविधि तत्काल खारेजीको निर्णय लिनुपर्ने भन्दै प्रक्रिया अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिए ।

‘फ्रि भिसा, फ्रि टिकट- चुनाव प्रचारमै ‘बिना ढेउबाके’ भन्ने हुन्थ्यो । यस्तो किसिमको अलमल र पपुलिज्मको मुद्दालाई लिएर कहिलेसम्म हामी गुम्राहमा बस्ने ?,’ श्रममन्त्री भण्डारीले भने, ‘यसलाई खारेज गरौं । जहाँ फ्रि हुन्छ, त्यसलाई राखौं । सेवा प्रवद्र्धनको कुरा छ भने राखौं । व्यवसायीहरुलाई अनावश्यक दुःख दिने, हैरान दिने काम नगरौं । यो निर्णय लिनलाई नडराऔं । अहिले निर्णय लिएन भने कसले लिन्छ जोखिम ?’

तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २१ गते प्रमुख ७ श्रम गन्तव्य मुलुक (साउदी अरेबिया, कतार, बहराइन, कुवेत, ओमान, युएई र मलेसिया) मा जाने नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय भोलिपल्ट अर्थात् असार २२ गतेबाटै लागू गरिएको थियो । तर, वर्षौं बित्दा पनि निर्णय कागजमै सीमित रह्यो । म्यानपावर व्यवसायीले श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँमात्र लिन पाउने व्यवस्था भए पनि अवैधरूपमा चर्को सेवा शुल्क लिने गरेका छन् । जसकारण वैदेशिक रोजगारीमा जाने श्रमिक अदृश्यरुपमा पीडित बन्दै आएका थिए ।

Nada Auto Show 2026
Hardik health

त्यसो त वैदेशिक रोजगार व्यवसायीहरुले ‘फ्रि भिसा, फ्रि टिकट’ खारेजीका लागि लबिइङ गर्दै आएका थिए । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीलेसमेत यो प्रावधान खारेजीका लागि प्रक्रिया अगाडि बढाएका थिए ।

‘सिण्डिकेट’ हटाउने उद्घोष 
वर्तमान श्रममन्त्री भण्डारीले श्रमिक ठगी गर्न बनाइएका अभिमुखीकरण, तालिमलगायतका कार्यविधिसमेत एक महिनाभित्रमा खारेज गरिने बताए । उनले आफ्नो कार्यकालमै श्रमिकका नाममा भएका सबै ‘सिण्डिकेट’ हटाउन आवश्यक रहेको बताउँदै यस्ता कार्यविधि खारेज गर्ने निर्णय लिएको जानकारी दिए ।

उनले यसअघि वैदेशिक रोजगारसम्बन्धी स्वास्थ्य परीक्षणमा तोकिएको अधिक शुल्क खारेज गरेका थिए । ‘हामी कहाँ नीति, नियम देखाएर श्रमिकमाथि दुःख दिने गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘मेरो कार्यकालभित्र सबै सिण्डिकेट तोडिन्छ ।’ त्यसपछि मन्त्रालयले नै श्रम स्वीकृतमार्फत विदेश पठाउने, निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र अभिमुखीकरण तालिम पनि सञ्चालन गर्ने व्यवस्था ल्याइने उनको भनाइ छ ।

अर्धवार्षिक समीक्षामा मन्त्रालयको कार्यसम्पादनबारे छलफल भएको थियो । मन्त्रालयमातहतका विभाग र शाखाका प्रतिनिधिले आ-आफ्नो निकायमा पुस महिनासम्म भएको कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले मन्त्रालयका अधिकांश कार्य योजनाहरु विभाग र शाखाअन्तर्गत दोहोरिएको औंल्याउँदै त्यसको संक्षेपीकरण गर्न सुझाव दिए । ‘एउटै कार्ययोजनामा दोहोरो बजेट नराखौं, त्यसलाई मर्ज गरेर अरू आवश्यक कार्यमा सदुपयोग गरौं,’ उनले भने ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले मन्त्रालयले हालसम्म चालु आवमा १६ प्रतिशतभन्दा पनि बढी बजेट खर्च नगरेकाले विभागहरुले कार्यक्रम सञ्चालनमा तीव्रता बढाउन निर्देशन दिए । साथै, उनले श्रमिकको हितसँग जोडिएको नेपाल सरकार र स्वीस सरकारको सहकार्यमा सञ्चालित ‘सामी’ परियोजनाको प्रभावकारितामाथि प्रश्न उठेकाले यसलाई पुनः समीक्षा गरेर कार्य सम्पादनमा जोड दिनुपर्ने बताए ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP