Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २०, २०८२
  • विदेशी कामदारले आगामी सन् २०३० भित्र सीप प्रमाणीकरण गर्नुपर्ने 
  • निर्माण सीप क्षमता प्रमाणपत्र (एसकेकेपी) अन्तर्गत मान्यता प्राप्त हुनुपर्ने
  • यस वर्ष ५० हजार विदेशी कामदारको प्रमाणीकरण गर्न लक्ष्य

काठमाडौं- मलेसियामा निर्माण क्षेत्रमा कार्यरत सबै विदेशी कामदारले आगामी सन् २०३० भित्र सीप प्रमाणीकरण गर्नुपर्ने भएको छ । उनीहरुले उक्त अवधिभित्र निर्माण सीप क्षमता प्रमाणपत्र (एसकेकेपी) अन्तर्गत मान्यता प्राप्त हुनुपर्ने व्यवस्था गरिएको हो ।

उक्त प्रमाणपत्र निर्माण उद्योग विकास बोर्ड (सिआइडिबी)द्वारा निष्काशन गरिने मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् । प्रमाणपत्रले कामदारको सीप त्यहाँका उद्योगका मापदण्डसँग मेल खाने भन्ने पुष्टि गर्ने जनाइएको छ । एसकेकेपी प्रमाणपत्रको शुल्क प्रतिव्यक्ति ६०० मलेसियन रिंगिट पर्ने जनाइएको छ । सो शुल्क पूर्णरुपमा कामदारले व्यहोर्ने प्रावधान राखिएको छ ।

कन्स्ट्रक्सन लेबर एक्स्चेञ्ज सेन्टरका (सिएलएबी)अनुसार २०२५ को डिसेम्बरसम्म देशव्यापीरूपमा निर्माण उद्योगमा करिब छ लाख विदेशी कामदार रहेका थिए । सिएलएबीले विदेशी कामदारको सीप प्रमाणीकरण दर चिन्ताजनक रहेको बताएको छ । उक्त संस्थाका अनुसार सन् २०२४ मा निर्माण उद्योगमा कार्यरत विदेशी कामदारमध्ये केवल पाँच प्रतिशतले मात्र उचित प्रमाणीकरण प्राप्त गरेका थिए ।

सिआइडिबी ऐन १९९४ अन्तर्गत उक्त क्षेत्रमा काम गर्ने विदेशी कामदारका लागि प्रमाणीकरण भएर वैध हरियो कार्ड प्राप्त गर्नु आवश्यक छ । सिएलएबीका अनुसार २०२५ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म लगभग १० हजार विदेशी कामदारलाई प्रमाणीकरण गरिएको छ ।

Nada Auto Show 2026
Hardik health

मलेसियाको क्लाङ उपत्यकामा देशभरिको विदेशी निर्माण कामदारको कुल संख्याको लगभग आधा कामदार रहेको बताइन्छ । आगामी चार वर्षभित्र यस क्षेत्रका विदेशी कामदारको पूर्णप्रमाणीकरणको लक्ष्य हासिल गर्ने प्रयास गरिने जनाइएको । यस वर्ष ५० हजार विदेशी कामदारको प्रमाणीकरण गर्न लक्ष्य राखेको सिएलएबीको भनाइ छ ।

एसकेकेपी १३औं मलेसिया योजनासँग मेल खाने भएकाले कामदारमात्र नभई ठेकेदार र सरकारलाई पनि फाइदा पुग्ने अधिकारीहरुले जनाएको समाचारमा उल्लेख छ । उक्त योजनाअनुसार सन् २०२६ देखि २०३० सम्मको अवधिमा गतिशील, प्रतिस्पर्धी र दिगो रोजगारी इको सिस्टम सिर्जना गर्ने सरकारको तयारी छ ।

मलेसियाले २०३० सम्म विदेशी कामदारको हिस्सालाई कूल श्रमशक्तिको १० प्रतिशतमा घटाउने लक्ष्य लिएको छ । सो प्रमाणीकरण गरेर मुलुकमा विदेशी कामदारको संख्या र उनीहरूको विशिष्ट सीपको सही तथ्यांक प्राप्त गर्ने सरकारको योजना छ । यसले भविष्यका परियोजनाका लागि अतिरिक्त कामदार ल्याउने आवश्यकता घटाउन मद्दत गर्नेसमेत जनाइएको छ ।

कुनै परियोजनाका लागि इँटा बोक्ने या वा कंक्रिट तयार गर्नेजस्ता कामदार आवश्यक परे पनि परियोजनाको सुरुदेखि अन्त्यसम्म ती श्रमिक आवश्यक नपर्ने अवस्था आए उनीहरुलाई अन्य परियोजनामा नियुक्त गर्न सकिने योजनामा भनिएको छ । यसबाट दीर्घकालीनरुपमा विदेशी कामदारमाथिको निर्भरता घटाउन सक्ने जनाइएको छ ।

विभिन्न परियोजनाका ठेकेदारले पनि मान्यता प्राप्त गर्ने प्रणालीले कामदारको स्तर सुधार्न र उनीहरुलाई प्रतिस्पर्धात्मक बनाउन सहयोग पुर्‍याउने जनाएका छन् । यद्यपि, सुरुआती चरणमा यसमा मिश्रित प्रतिक्रिया आएको थियो । एकैचोटि मान्यता दिने प्रक्रिया सम्पन्न हुने भएकाले आफ्नो काममा असहजता हुनेमा उनीहरुको चासो रहे पनि यसले कुनै पनि परियोजनामा असर नपर्ने भनिएको छ ।

मलेसियामा करिब चार लाख नेपाली वैधानिकरुपमा काम गरिरहेको बताइन्छ । हावापानी, आकर्षक पारिश्रमिकजस्ता कारणले गर्दा नेपाली श्रमिकहरु मलेसिया जान रुचाउँछन् । पछिल्लो समय मलेसियाको मागपत्रमा कमी आउँदा श्रम स्वीकृति नवीकरण गरेर जानेहरु बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार १८७ जना रोजगारीका लागि मलेसिया गएका थिए । जसमध्ये नौ हजार ९७७ जना संस्थागत, २४२ जना व्यक्तिगत, ३८ हजार ९६८ जना पुनः श्रम स्वीकृति लिएर गएका हुन् ।

 


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP