Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासन क्षेत्र सुधारका लागि नयाँ सरकारलाई इक्विडेमको सुझाव
आप्रवासन क्षेत्र सुधारका लागि नयाँ सरकारलाई इक्विडेमको सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १, २०८३
  • वैदेशिक रोजगार ऐन, २०६४ लाई परिमार्जन गरी आप्रवासी श्रमिकको अधिकार स्पष्ट र सूचीबद्ध गर्नुपर्ने
  • खाडीका देशहरुसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीपत्र विस्तारलाई सुदृढ गर्न आग्रह 
  • महिलाहरुमाथि लगाइएका प्रतिबन्धलाई अधिकारमा आधारित सुरक्षा उपायले प्रतिस्थापन गर्नुपर्ने
  • रोजगारीमा दुव्र्यवहार, शोषण, चोटपटक वा कठिनाइपूर्ण आप्रवासन अनुभव गरेका कामदारलाई संरक्षण र सहयोग दिनुपर्ने

काठमाडौं- आप्रवासन क्षेत्र सुधारका लागि नयाँ सरकारलाई मानवअधिकार तथा श्रमअधिकारको क्षेत्रमा कार्यरत संस्था इक्विडेमले विभिन्न सुझाव दिएको छ । संस्थाले श्रमअधिकारको संरक्षणका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने १० बुँदे सुझाव प्रस्तुत गर्दै सुधारको आह्वान गरेको छ ।

उक्त संस्थाले सर्वप्रथम वैदेशिक रोजगार ऐन, २०६४ लाई परिमार्जन गरी आप्रवासी श्रमिकको अधिकार स्पष्ट र सूचीबद्ध गर्नुपर्ने भनेको छ । जसअन्तर्गत श्रमिकले परिचयपत्र राख्न पाउने अधिकार, दुव्र्यवहाररहित तथा सुरक्षित वातावरण, उचित तलब, विश्राम र छुट्टी, रोजगारदाता परिवर्तन गर्ने, घर फर्कनेजस्ता विषयको सुनिश्चतता हुनुपर्ने औंल्याइएको छ । मानव तस्करीसम्बन्धी कानुन पर्याप्त नभएकाले यसलाई सशक्त बनाएर श्रम आप्रवासनभित्रको तस्करीमा स्पष्ट सम्बोधन गर्नुपर्ने सुझाव दिइएको छ । 

इक्विडेमले निजी रोजगार एजेन्सीसम्बन्धी आइएलओ सम्मेलन नम्बर १८१, घरेलु कामदारसम्बन्धी सम्मेलन १८९ र काममा हुने हिंसा र उत्पीडनसम्बन्धी सम्मेलन १९० लाई प्रमाणीकरण गर्न सुझाएको छ । यसले नेपालको कानुनी ढाँचा र अन्तर्राष्ट्रिय श्रम अभ्यास मेल खाने उल्लेख गर्दै कामदारको भर्ती र रोजगारीको चक्रभरि सुरक्षा बलियो बनाउने बताइएको छ । 

अर्को सुझावमा द्विपक्षीय श्रम सम्झौतालाई बलियो बनाएर कार्यान्वयन गर्ने रहेको छ । विशेषगरी खाडीका देशहरुसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीपत्र विस्तारलाई सुदृढ गर्न आग्रह गरिएको छ । सम्झौतामा नैतिक भर्ती, रोजगारदाताको जवाफदेहिता, प्रायोजकको अनुमतिविना रोजगारदाता परिवर्तन गर्ने अधिकार, पासपोर्ट कब्जामा राख्न नपाउने, न्यायको पहुँच र सामाजिक सुरक्षासम्बन्धी पालनायोग्य प्रावधान समावेश गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

Hardik health

उक्त संस्थाका अनुसार ‘फ्रि–भिसा, फि–टिकट’ को प्रावधानको प्रभावकारी कार्यान्वयन र भर्ना प्रक्रियालाई डिजिटल प्रणालीमार्फत गर्दा भर्नामा पारदर्शिता र जवाफदेहिता बढाउने उल्लेख गरेको छ । नियम उल्लंघन गर्ने संस्थालाई प्रतिबन्ध लगाउनुपर्ने भनिएको छ । वैधानिक या अवैधानिक जुनसुकै अवस्थामा भए पनि कामदारलाई कन्सुलर सेवा र श्रमअधिकार उल्लंघनको प्रभावकारी उजुरी प्रणालीमा पहुँच पु¥याउन अनुरोध गरिएको छ । 

महिलामाथि हुने भेदभावपूर्ण आप्रवासन प्रतिबन्ध हटाउनुपर्ने इक्विडेमको सुझाव छ । महिलाहरुमाथि लगाइएका प्रतिबन्धलाई अधिकारमा आधारित सुरक्षा उपायले प्रतिस्थापन गर्नुपर्ने भनिएको छ । संस्थाका अनुसार रोजगारीबाट फर्किएका महिलाहरुलाई पुनःएकीकरणको सुनिश्चितता गर्नुपर्छ । यसमा जीवनयापनका माध्यम, स्वास्थ्य सेवा तथा दीर्घकालीन सामाजिक सुरक्षा पहुँच समावेश हुनुपर्छ ।

श्रमिक भर्ना गर्ने संस्थाले अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने मानवअधिकार नीति अपनाएर सार्वजनिक गर्न, पहुँचयोग्य र प्रभावकारी उजुरी प्रणाली स्थापना गर्न र आफ्ना व्यवहारमा लैंगिक संवेदनशील सुरक्षा उपाय अनिवार्य गर्न सरकारलाई सुझाव दिइएको छ ।

इक्विडेमले नेपालभित्र श्रम निरीक्षण र उजुरी व्यवस्थापनका लागि वित्तीय तथा मानव स्रोतहरु बढाउन पनि भनेको छ । त्यस्तै, वैदेशिक रोजगारीको तथ्यांक प्रणालीलाई मजबुत बनाउनुपर्ने भनिएको छ । पहुँचयोग्य तथ्यांकले भर्ना अभ्यास, श्रमिकको गुनासो, व्यावसायिक स्वास्थ्य र सुरक्षाको स्थिति तथा फर्किने आप्रवासन प्रवृत्तिलाई ट्र्याक गर्न सजिलो हुने भनिएको छ । वर्तमान तथ्यांकले श्रमिकमाथि हुने शोषणका खबरहरु लुकाउने गरेको जनाइएको छ । 

इक्विडेमले आप्रवासी कामदारको मृत्युको खबरको अनुसन्धान र उत्तरदायित्व सुनिश्चित गर्न पनि सुझाव दिएको छ । श्रमिकको मृत्युको अनुसन्धान गर्न स्वतन्त्र तथा प्रणालीगत संयन्त्र स्थापना गर्न आग्रह गरेको छ । श्रमिकहरु चरम तापक्रमका कारण ज्यान गुमाएको अवस्थामा पनि प्राकृतिक कारणले मृत्यु भएको भनी गलत वर्गीकरण गर्ने गरिएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने भनेको छ ।

साथै, रोजगारीमा दुव्र्यवहार, शोषण, चोटपटक वा कठिनाइपूर्ण आप्रवासन अनुभव गरेका कामदारलाई संरक्षण र सहयोग दिनुपर्ने, मानसिक–सामाजिक सहायता प्रदान गर्ने, तलब नपाएका तथा अन्य अधिकारको उल्लंघन हुँदा दाबी गर्न कानुनी सहायता, पहुँचयोग्य कर्जाजस्ता विषय समावेश गरी पहुँचयोग्य पुनस्र्थापना प्रणाली स्थापना गर्नुपर्ने सुझाव सरकारलाई दिइएकोे छ ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने मंगलबार, साउन १२, २०८३
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित
दक्षिण कोरियामा अत्यधिक तापक्रमले ‘आउटडोर’ कामदार प्रभावित सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP