Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
श्रम मन्त्री र बैरो संघबिच निर्णायक बार्ता जेठ १९ मा हुँदै व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १५, २०८३

काठमाडौं -  वैदेशिक रोजगार सुधारका लागि श्रममन्त्री–बैरो संघबीच  जेठ १९ मा निर्णायक वार्ता हुने भएकाे छ ।  वैदेशिक रोजगार क्षेत्रका गम्भीर समस्या समाधान, नीतिगत सुधार तथा व्यवसायीहरूको हकहितका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (बैरो संघ) बीच निर्णायक छलफलको अन्तिम तयारी हुने भएकाे हाे  ।

श्रममन्त्री यादव र संघबीच जेठ १९ गते निर्णायक वार्ता हुने निश्चित भइसकेको छ । सो वार्ताका लागि अध्यक्ष भुवनसिंह गुरुङसहित कार्यसमितिलाई मन्त्रालयमा उपस्थित हुन औपचारिक पत्र पठाइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यहीबीच संघभित्र केही समूहले नियोजित रूपमा कृत्रिम विवाद सिर्जना गर्न सक्रिय भएको भन्दै अध्यक्ष गुरुङले सम्पूर्ण व्यवसायीलाई एकताबद्ध हुन र भ्रमको पछाडि नलाग्न आग्रह गरेका छन् ।

केही दिनअघि अध्यक्ष गुरुङ नेतृत्वको टोलीले श्रममन्त्री यादवसँग गरेको महत्वपूर्ण भेटमा वैदेशिक रोजगार क्षेत्र सुधारका लागि स्पष्ट खाका प्रस्तुत गरिएको थियो । भेटका क्रममा व्यवसायीहरूले भोगिरहेका प्रशासनिक समस्या, “फ्री भिसा, फ्री टिकट” नीतिको व्यवहारिक जटिलता, श्रमिक लागत, मागपत्र प्रमाणीकरण, भिसा प्रक्रिया, विभागीय दबाब तथा अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित विषयमा गम्भीर छलफल भएको थियो ।

सोही छलफललाई निरन्तरता दिन मन्त्रालयले संघलाई पुनः औपचारिक रूपमा बोलाएको अवस्थामा केही समूहले संघभित्र अस्थिरता र भ्रम सिर्जना गर्ने प्रयास थालेको गुरुङ पक्षको आरोप छ । उनीहरूका अनुसार केही व्यक्तिहरू वार्ता बिथोल्ने र व्यवसायीलाई अन्योलमा पार्ने गतिविधिमा सक्रिय छन् ।

Hardik health

अध्यक्ष गुरुङले सरकारसँग वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सार्थक संवाद भइरहेका बेला संस्थाभित्र कृत्रिम विवाद खडा गर्नु व्यवसायी हितविपरीत भएको बताए । “आजको आवश्यकता संस्था भाँड्ने होइन, व्यवसायीहरूको अस्तित्व जोगाउने हो । सरकारसँग गम्भीर छलफल भइरहेका बेला बैठक बिथोल्ने, भ्रम फैलाउने र संघलाई कमजोर बनाउने प्रयास अत्यन्त दुःखद छ,” उनले भने ।

उनले वैदेशिक रोजगार क्षेत्र अहिले इतिहासकै जटिल मोडमा रहेको उल्लेख गर्दै व्यवसायीहरू प्रशासनिक दबाब, नीतिगत अन्योल, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र आर्थिक अस्थिरतासँग जुधिरहेको बताए । यस्तो अवस्थामा संस्था कमजोर पार्ने गतिविधिले सम्पूर्ण व्यवसायी समुदायलाई असर गर्ने उनको चेतावनी छ । संघले श्रममन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रमा व्यवहारिक नीतिगत सुधार, श्रमिकमैत्री तथा व्यवसायमैत्री वातावरण निर्माण र जिम्मेवार व्यवसाय सञ्चालनका लागि स्पष्ट सुझाव प्रस्तुत गरिएको छ । विशेषगरी “फ्री भिसा, फ्री टिकट” नीतिको पुनरावलोकन, वास्तविक लागतअनुसार शुल्क संरचना निर्धारण, मागपत्र प्रमाणीकरण सहज बनाउने, विदेशस्थित श्रम सहचारीलाई प्रभावकारी बनाउने तथा विभागीय प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउन माग गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री यादवले समेत संघले उठाएका विषयलाई गम्भीर रूपमा लिँदै आवश्यक सुधारका लागि मन्त्रालय सकारात्मक रहेको संकेत दिएका छन् । यही कारण अहिलेको संवादलाई वैदेशिक रोजगार क्षेत्र सुधारको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । तर यही संवेदनशील समयमा केही समूहले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने, जिल्ला प्रशासन कार्यालयको पत्रलाई तोडमोड गरेर प्रचार गर्ने तथा संघको वैधानिक नेतृत्वमाथि अनावश्यक विवाद ल्याउने प्रयास गरेको अध्यक्ष गुरुङको आरोप छ ।

गुरुङले असहमति जनाउँदै राजीनामा दिएका सदस्यहरूको राजीनामा अस्वीकृत गर्दै वर्तमान परिस्थितिमा विभाजन होइन, एकता आवश्यक रहेको सन्देश दिएका छन् । उनको उक्त निर्णयलाई धेरै व्यवसायीहरूले सकारात्मक रूपमा लिएको बताइएको छ । संघका पूर्वअध्यक्ष प्रेमबहादुर कटवाल, रोहन गुरुङलगायत वरिष्ठ व्यवसायीहरूले अहिलेको समय संघर्षको होइन, मिलेर अगाडि बढ्ने समय भएको बताएका छन् ।

अध्यक्ष गुरुङले जिल्ला प्रशासन कार्यालयले दिएको पाँच बुँदे निर्देशनलाई संघले सम्मानपूर्वक पालना गरिरहेको स्पष्ट पार्दै उक्त पत्रमा कतै पनि वर्तमान कार्यसमितिलाई अवैधानिक भनिएको वा अर्को समूहलाई आधिकारिकता दिइएको उल्लेख नभएको बताए । “हामी विधि, विधान र कानुनी प्रक्रियाअनुसार अघि बढिरहेका छौं । अहिले व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने समय होइन, हजारौं व्यवसायीको भविष्य जोगाउने समय हो,” उनले भने ।

उनले संघ कुनै व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण व्यवसायीहरूको साझा संस्था भएको उल्लेख गर्दै अफवाह र उत्तेजनाको पछि नलाग्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । यसबीच व्यक्तिगत शोकका बीच पनि व्यवसायीहरूको हितका लागि निरन्तर सक्रिय रहेको विषयले धेरै व्यवसायीलाई भावुक बनाएको छ । आफ्ना बुबाको निधनपछि काजकिरियामा बसेकै अवस्थामा पनि मन्त्रालय र सरोकारवाला निकायसँग निरन्तर संवादमा सक्रिय रहँदा केही समूहले विवाद सिर्जना गर्न खोज्नु गैरजिम्मेवार कार्य भएको व्यवसायीहरूको भनाइ छ ।

“म व्यक्तिगत रूपमा कठिन परिस्थितिमा हुँदाहुँदै पनि व्यवसायीहरूको भविष्य बचाउन जिम्मेवारी निभाइरहेको छु । यस्तो अवस्थामा समेत संस्था भाँड्ने प्रयास हुनुको मूल्यांकन व्यवसायीहरूले स्वयं गर्नेछन्,” गुरुङले बताए । व्यवसायीहरूका अनुसार अहिलेको आवश्यकता आन्तरिक शक्ति संघर्ष होइन, सरकारसँग एकताबद्ध रूपमा उभिएर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउनु हो । यही कारण गुरुङ नेतृत्वले अघि सारेको एकता, संवाद र सुधारको अभियानलाई सकारात्मक रूपमा हेरिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो शुक्रबार, जेठ १५, २०८३
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट शुक्रबार, जेठ १५, २०८३
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न शुक्रबार, जेठ १५, २०८३
चुनावमा जान संघलाई प्रशासनको अनुमति
चुनावमा जान संघलाई प्रशासनको अनुमति बिहीबार, जेठ १४, २०८३
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं'
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं' बिहीबार, जेठ १४, २०८३
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP