Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक वर्षमा १३ सयभन्दा बढी ‘केयरगिभर’ इजरायलमा
एक वर्षमा १३ सयभन्दा बढी ‘केयरगिभर’ इजरायलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २३, २०८२
  • आवेदन स्वीकृत भएकामध्येबाट दुई हजार ११२ जना चिट्ठामार्फत छनोट भएकामा ६० प्रतिशतभन्दा बढी इजरायल पुगे
  • इजरायल गएकामध्ये ७७० जना महिला र ५४३ पुरुष

काठमाडौं- गत एक वर्षको अवधिमा एक हजार ३१३ जनाले इजरायलमा रोजगारीको अवसर पाएका छन् । त्यहाँको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)का रुपमा जानका लागि छनोट भएकामध्ये उक्त अवधिमा ६० प्रतिशतभन्दा बढी कामदार गएका वैदेशिक रोजगार विभागअन्तर्गतको इजरायल शाखाले जानकारी दिएको छ ।

रोजगारीका लागि आवेदन स्वीकृत भएकामध्येबाट दुई हजार ११२ जना चिट्ठाबाट इजरायल जानका लागि छनोट भएका थिए । उनीहरूको करार सम्झौता २०२५ जनवरी २८ बाट आउन थालेको थियो । त्यसयता हालसम्म इजरायल गएकामध्ये ७७० जना महिला र ५४३ पुरुष रहेको जनाइएको छ । अब ७९९ जना जान बाँकी रहेका छन् । उनीहरूको पनि दैनिकजसो करार सम्झौता आइरहेको विभागले जनाएको छ । 

बाँकी कामदारलाई कहिलेसम्म लगिसक्ने भन्ने यकीन नभएको सो शाखाका शाखा अधिकृत देवेन्द्र केसीले बताए । ‘कन्ट्र्याक्ट (सम्झौता) आइसकेपछि हामीले पिवालाई पठाइदिन्छौं । पिवाले विभिन्न रोजगारदातालाई सो कन्ट्र्याक्ट पठाइदिन्छ,’ उनले भने, ‘रोजगारदाताले जति चाँडो रेस्पोन्स गरेर प्रक्रिया थाल्छ त्यहीअनुसार कामदार जान्छन् । यो उनीहरूकै आवश्यकताअनुसार हुन्छ ।’ 

Hardik health

इजरायलको पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी (पिवा)ले नागरिक तथा विदेशीहरूको कानुनी स्थिति नियमन गर्ने आप्रवासी कामदारको रोजगारीसम्बन्धी कानुन लागू गर्नेलगायतका काम गर्छ । विभागले २०८१ असार ११ गते केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । जसका लागि चार हजार २४ जनाले अनलाइन फाराम भरेका थिए । तीमध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएका थिए । आवेदन स्वीकृत भएकाबाट छानिएका दुई हजार १२१ जनाबाट एक हजारको मेडिकल गर्दा ९२३ जना सफल भए । त्यसैमध्येबाट चार जना पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अनुपस्थित भएकाले पहिलो चरणमा ९१९ जना छनोटका लागि तयार भएका थिए । उक्त लटका सबै जना गइसकेका छन् । 

आवेदन स्वीकृत भएका तर चिट्ठाबाट छनोट नभएकालाई पनि विगतमा रोजगारीको अवसर दिने गरिन्थ्यो । यसपटक भने उनीहरूलाई के गर्ने भनेर कुनै जानकारी प्राप्त नभएको केसीले बताए । ‘विभिन्न समयमा कुरा उठिरहेको पनि हो । श्रम मन्त्रालयले कूटनीतिक हिसाबले कुरा राखिदिनू भनेर परराष्ट्रलाई पत्राचार गरेको थियो,’ उनले भने, ‘परराष्ट्रले आफ्नो हिसाबले केही गर्दै होला सायद । विभागमा केही जानकारी आएको छैन ।’

इजरायलले नेपालसहित भारत, फिलिपिन्स, थाइल्याण्ड, नाइजेरियालगायतका मुलुकबाट कामदार लग्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा जिटुजी प्रणालीमार्फत ६३९ जना इजरायल गएका थिए । त्यसैगरी, संस्थागत माध्यमबाट १४९ र पुनः श्रम स्वीकृति लिएर ५५४ जना गरी एक हजार ३४२ जना गएका थिए । जसमध्ये ८१६ जना महिला र ५२६ जना पुरुष छन् । हाल त्यहाँ पाँच हजारभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ ।

इजरायलले बच्चा, वृद्धवृद्धा तथा गम्भीर अपांगता भएकाहरूको स्याहारका लागि नेपालबाट जिटुजी प्रक्रियाबाट केयरगिभर लग्दै आएको छ । त्यहाँ जाने कामदारले प्रत्येक दिन सात घण्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्छ । अतिरिक्त काम गरे छुट्टै पारिश्रमिक पाइन्छ । इजरायलमा प्रतिमहिना एक जना श्रमिकले पाँच हजार ८८० इजरायली सेकेल अर्थात् दुई लाख रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह शुक्रबार, जेठ १५, २०८३
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो
प्रशासनको निर्देशनपछि भुवन गुरुङ नेतृत्वको वैधानिकता बलियो शुक्रबार, जेठ १५, २०८३
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट
इजरायलले माग्यो २३०० केयर गिभर, गोलाप्रथाबाट छनोट शुक्रबार, जेठ १५, २०८३
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न
वैदेशिक रोजगार संघको निर्वाचन, एक पक्ष तयारी थाल्दै अर्को रोक्न शुक्रबार, जेठ १५, २०८३
चुनावमा जान संघलाई प्रशासनको अनुमति
चुनावमा जान संघलाई प्रशासनको अनुमति बिहीबार, जेठ १४, २०८३
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं'
'राज्यलाई वैदेशिक रोजगार आवश्यक नभए धरौटी फिर्ता देऊ, व्यवसाय बन्द गर्छौं' बिहीबार, जेठ १४, २०८३
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP