नेपालजस्तो प्राकृतिक स्रोतमा धनी तर औद्योगिक प्रविधिमा निर्भर मुलुकका लागि चक्रीय अर्थतन्त्रको महत्व विशेष छ । काठमाडौं उपत्यकामामात्र दैनिक १२ सयदेखि १५ सय टन फोहोर उत्पादन हुन्छ । तर पुनर्चक्रण हुने दर १५ प्रतिशतभन्दा कम छ । यदि न्यूनतम ५० प्रतिशत फोहोर पुनःप्रयोग गर्न सकियो भने ल्याण्डफिल साइटमा दबाब कम हुनेमात्र होइन, करोडौंको आम्दानी र हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ । वार्षिक करिब ५५ लाख टन कृषिजन्य अवशेष उत्पादन हुन्छ । यी अवशेषलाई कम्पोस्ट मल, पशु आहार वा बायोग्यासमा प्रयोग गर्न सकिन्छ । यसरी आयातमा निर्भर रासायनिक मलको खपत घटाउन सकिन्छ ।
अर्थतन्त्र राष्ट्र, समाज, समुदाय चलाउने एउटा साधन हो । यो २१औं शताब्दीको महत्वपूर्ण औजार हो । अर्थतन्त्रविनाको राष्ट्र, समाज, समुदाय, परिवारको परिकल्पना गर्न सकिँदैन । यो मानवीय जीवनपद्धतिलाई मूर्तरूप दिने एक महŒवपूर्ण साधन हो । विश्वलाई नजिकबाट हेर्दा अर्थतन्त्र तीव्र औद्योगिकीकरण, उपभोगको अन्धाधुन्ध प्रयोग र प्राकृतिक स्रोतको अनियन्त्रित असन्तुलित बन्दै गएको छ । चक्रीय अर्थतन्त्र दिगो विकासको व्यावहारिक विकल्पका रूपमा विश्वभरि अघि सारेको छ ।
चक्रीय अर्थतन्त्र भनेको स्रोतलाई अधिकतम् उपयोग गर्दै, फोहोरलाई न्यूनीकरण गर्दै पुनःप्रयोग, मर्मत, पुनर्चक्रण र नवीकरणलाई प्रोत्साहन गर्ने आर्थिक प्रणाली हो । यसले ‘टेक-मेक-डिस्पोज’ अर्थात् ‘लिनु-बनाउनु-फाल्नु’ भन्ने पुरानो सोचलाई विस्थापन गरी ‘रिड्युस-रियुज-रिसाइकल’ मा जोड दिन्छ । यसरी, उत्पादन र उपभोगको चक्र निरन्तर चलिरहने भएकाले यसलाई चक्रीय भनिएको हो । प्राकृतिक स्रोत साधनबाट प्राप्त भएका स्रोत र साधनहरूलाई छोटो समय प्रयोग गरेर फाल्दा त्यसले वातावरण र मानवीय जीवनमा ठूलो समस्या ल्याउँछ । त्यसैगरी अर्थतन्त्रमा पनि यसले धेरै असर पार्दछ । चक्रीय अर्थतन्त्रमा कुनै पनि प्राकृतिक वस्तुलाई प्रयोगमा ल्याइसकेपछि त्यसलाई छोटो समयका लागि मात्र होइन मिल्छ भने लामो समयसम्म प्रयोगमा ल्याउनुपर्छ भन्ने मान्यता राख्दछ । रेखीय अर्थव्यवस्थामा वस्तुलाई छोटो समयका लागि प्रयोग गरिन्छ । यसले प्राकृतिक स्रोत साधनको दोहन, राष्ट्रलाई अर्थतन्त्रमा असर र मानवीय आवश्यकता परिपूर्तिमा पनि संकट उत्पन्न गराउँछ ।

चक्रीय अर्थव्यवस्थामा वातावरणलाई मध्यनजर गर्दै मानवीय आवश्यकता परिपूर्ति र संकटलाई हटाउन सकिन्छ । विश्व परिवेशलाई हेर्ने हो भने दिनप्रतिदिन मानवीय आवश्यकताको अभाव बढ्दै गएको छ । सामान्यतया दैनिक उपभोग्य वस्तुहरूको पनि अभाव सिर्जना भइरहेको छ । यी अभावहरुलाई निराकरण गर्नका लागि चक्रीय अर्थव्यवस्थालाई अवलम्बन गर्न सकिन्छ । हामीले उत्पादन गरेका सामानहरुलाई एकपटक मात्र होइन बारम्बार प्रयोग गर्नुपर्छ । नेपालजस्तो स्रोतमा धनी तर प्रविधि र पुँजीमा निर्भर मुलुकका लागि चक्रीय अर्थतन्त्र विशेष महत्वपूर्ण छ ।
कृषिजन्य अवशेषलाई कम्पोस्ट मलमा रूपान्तरण गर्ने, धातु तथा प्लास्टिकलाई पुनःप्रयोगमा ल्याउने, उद्योगले उत्पादन गर्दा उत्पन्न फोहोरलाई अर्को उद्योगका लागि कच्चापदार्थ बनाउनेजस्ता अभ्यास नेपालमा सहजै अपनाउन सकिन्छ । नेपालमा वातावरणीय चुनौतीहरू दिन प्रतिदिन बढ्दो छ । सहरहरू फोहोर व्यवस्थापनमा असक्षम देखिएका छन्, नदीनाला प्लास्टिक र अन्य फोहोरले अवरुद्ध छन्, वायु प्रदूषणले स्वास्थ्य समस्या बढाइरहेको छ, र ऊर्जा खपत परम्परागत स्रोतमा नै निर्भर छ । यस्ता समस्या समाधानका लागि चक्रीय अर्थतन्त्र उत्तम विकल्प हो । यदि हामीले प्लास्टिक, कागज, धातु, इलेक्ट्रोनिक सामान आदिलाई पुनर्चक्रण गर्ने उद्योगलाई प्राथमिकता दिन सक्यौं भने फोहोरलाई भार होइन, स्रोतमा रूपान्तरण गर्न सकिन्छ । यसले वातावरणीय समस्या कम गर्नेमात्र होइन, रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र आर्थिक वृद्धिमा टेवा पुर्याउने छ ।
चक्रीय अर्थतन्त्रले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ । पहिलो, यसले फोहोरलाई न्यून पार्छ, जसले जल, वायु र माटोको प्रदूषणलाई नियन्त्रण गर्न मद्दत गर्दछ । दोस्रो, सीमित प्राकृतिक स्रोतको दिगो प्रयोग सुनिश्चित हुन्छ । खानी पदार्थ, वनस्पति, पानीजस्ता स्रोत लामो समयसम्म संरक्षणमा रहन्छन् । तेस्रो, पुनःप्रयोग र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोग बढ्दा हरितगृह ग्यासको उत्सर्जन घट्छ, जसले जलवायु परिवर्तन नियन्त्रणमा सहयोग पुर्याउँछ । दिगो विकासका दृष्टिले पनि यसको भूमिका अपरिहार्य छ । चक्रीय अर्थतन्त्रले नयाँ उद्योग र रोजगारी सिर्जना गर्छ, जसले आर्थिक समृद्धिमा योगदान पुर्याउँछ । यसले समाजमा जिम्मेवार उपभोगको संस्कृति बढाउँछ, जसले भविष्य पुस्तालाई स्वस्थ वातावरण हस्तान्तरण गर्न सुनिश्चित गर्छ । साथै, हरित प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन दिन्छ, जसले नेपाललाई प्रविधिकरूपमा सवल बनाउन सक्छ ।
अन्तर्राष्ट्रियस्तरमा संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरूले पनि यस अवधारणालाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सम्बोधन गरेका छन् । विशेषगरी लक्ष्य १२ जिम्मेवार उपभोग र उत्पादन लक्ष्य १३ जलवायु कार्यवाही लक्ष्य १५ भूमि जीवन संरक्षणलगायतका लक्ष्य चक्रीय अर्थतन्त्रको अभ्यासविना हासिल गर्न सकिँदैनन् । यसले स्पष्ट देखाउँछ कि नेपालले पनि दिगो विकासका लक्ष्यहरू पूरा गर्न चाहन्छ भने चक्रीय अर्थतन्त्रलाई प्राथमिकतामा राख्नैपर्छ ।
अब प्रश्न उठ्छ नेपालले के गर्न सक्छ ? पहिलो, सरकारको नीति तथा योजना तहमै चक्रीय अर्थतन्त्रलाई स्पष्ट रूपमा समावेश गर्नुपर्छ । उद्योग, व्यवसाय र स्थानीय सरकारलाई पुनःप्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन दिने कानुनी आधार तयार हुनुपर्छ । दोस्रो, नागरिकस्तरमा उपभोगको शैलीमा परिवर्तन आवश्यक छ । ‘फ्याँक्ने संस्कृतिबाट’ ‘पुनःप्रयोग संस्कृतितर्फ’ समाजलाई उन्मुख गराउन शिक्षा, सचेतना र व्यावहारिक अभ्यास बढाउनुपर्छ । तेस्रो, निजी क्षेत्रलाई हरित उद्योगमा लगानी गर्न प्रोत्साहन दिन कर छुट, प्राविधिक सहयोग र बजार सुनिश्चितताजस्ता नीति आवश्यक छन् । चौथो, स्थानीय सरकारहरूले फोहोर व्यवस्थापनलाई स्रोतमै छुट्याउने अभ्यासलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।
नेपालले जलविद्युत्, जैविक विविधता, वन सम्पदा, कृषि उत्पादनलगायतका प्राकृतिक स्रोतहरूलाई दिगो ढंगले उपयोग गर्न सकेमात्र आर्थिक समृद्धि सम्भव हुन्छ । तर यदि अहिलेको जस्तो स्रोतको दुरुपयोग, प्रदूषण र उपभोगको असन्तुलित प्रवृत्ति जारी रह्यो भने भविष्यमा गम्भीर संकट आउन सक्छ । त्यसैले, चक्रीय अर्थतन्त्र नेपालका लागि विकल्प होइन, अनिवार्य अभ्यास हो । वातावरण संरक्षण र दिगो विकासको साझा लक्ष्य हासिल गर्न चक्रीय अर्थतन्त्र नै आधारस्तम्भ बन्न सक्छ । यसले प्रदूषण घटाउने, स्रोतलाई दिगो बनाउने, रोजगारी सिर्जना गर्ने र अन्तर्राष्ट्रिय दिगो विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने छ । अब आवश्यकता केवल यसको औपचारिक स्वीकारोक्ति मात्र होइन, व्यवहारमा उतार्ने दृढ राजनीतिक संकल्प र नागरिक सहभागिता हो । नेपालले आजैदेखि चक्रीय अर्थतन्त्रतर्फ ठोस कदम चाल्न सके भनेमात्रै सुरक्षित, हरित र दिगो भविष्य सुनिश्चित गर्न सकिन्छ ।
चक्रीय अर्थतन्त्रको महत्व
- रेखीय अर्थतन्त्रका सीमाहरू उत्पादन, उपयोग, फोहोरबारे छोटो चर्चा ।
- चक्रीय अर्थतन्त्रको अवधारणा स्रोतको अधिकतम उपयोग, पुनःप्रयोग, मर्मत, र पुनर्चक्रण ।
- दिगो विकास र वातावरणीय संरक्षणका लागि यसको आवश्यकता ।
नेपालमा रेखीय अर्थतन्त्रको पकड र चुनौतीहरू
- नेपालमा उत्पादन, उपभोग र फोहोर व्यवस्थापनको वर्तमान परिदृश्य ।
- बढ्दो सहरीकरण र यसले फोहोर उत्पादनमा पारेको असर ।
- स्रोतको अत्यधिक दोहन र वातावरणीय क्षयका उदाहरणहरू वन फँडानी, नदी प्रदूषण ।
- प्लास्टिक फोहोर र जैविक फोहोर व्यवस्थापनमा रहेका समस्याहरू ।
- फोहोरलाई स्रोतका रूपमा हेर्ने दृष्टिकोणको अभाव ।
- प्रविधि र पूर्वाधारको कमी– नेपालमा आधुनिक पुनर्चक्रण उद्योग र प्रविधि न्यून छ ।
- नीति कार्यान्वयनमा कमजोरी– नीति र ऐन त बनेका छन्, तर व्यवहारमा कार्यान्वयन न्यून छ ।
- लगानी र निजी क्षेत्रको अनिच्छा– प्रारम्भिक लगानी उच्च हुने भएकाले निजी क्षेत्र सजिलै अघि बढ्दैन ।
- उपभोक्ता सचेतनाको कमी– सामान पुनःप्रयोग गर्ने वा फोहोर छुट्याएर व्यवस्थापन गर्ने संस्कृति कमजोर छ ।
- चक्रीय अर्थतन्त्रका आधारभूत सिद्धान्त र उपयोगिता
- कम प्रयोगः अनावश्यक उपभोग घटाउने, उत्पादनमा स्रोतको कम प्रयोग ।
- पुनःप्रयोगः वस्तुलाई धेरै पटक प्रयोग गर्ने, मर्मत गरेर चलाउने ।
- पुनर्चक्रणः फोहोरलाई नयाँ उत्पादनमा परिणत गर्ने ।
- पुनःउत्पादनः प्राकृतिक प्रणालीलाई पुनस्र्थापित गर्ने र जैविक प्रक्रियालाई सहयोग गर्ने ।
- डिजाइन फर सर्कुलारिटीः उत्पादनको डिजाइन गर्दा नै त्यसको आयु, मर्मत सम्भार र पुनर्चक्रणलाई ध्यान दिने ।
उपयोगिता
- स्रोतको संरक्षण र निर्भरतामा कमी ।
- नयाँ रोजगारीका अवसरहरूको सिर्जना मर्मत, पुनर्चक्रण उद्योग ।
- आर्थिक वृद्धि र प्रतिस्पर्धात्मकतामा सुधार ।
- वातावरणीय प्रदूषणमा कमी र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण ।
- समुदायमा आत्मनिर्भरता र लचिलोपन ।
चक्रिय अर्थतन्त्रले आयातमा निर्भरता घटाउने, रोजगारी सिर्जना गर्ने र वातावरण संरक्षणमा मद्दत पु¥याउने छ । आजको विश्व अर्थतन्त्र द्रुत गतिमा उपभोगमुखी मोडेलतर्फ उन्मुख हुँदै गएको छ । उत्पादन, उपभोग र फोहोरलाई अन्त्य बिन्दु मान्ने रैखिक अर्थतन्त्रले वातावरणीय संकट, प्राकृतिक स्रोतको क्षय र जलवायु परिवर्तनलाई थप गहिरो बनाइरहेको छ । यस समस्याको दीर्घकालीन समाधानका रूपमा चक्रीय अर्थतन्त्रको अवधारणा विश्वभर चर्चामा आएको छ ।
युरोपेली संघले सन् २०१५ देखि नै ‘सर्कुलर इकोनोमी एक्सन प्लान’ अर्थात् चक्रीय अर्थतन्त्र कार्ययोजना लागू गरेको छ, जसअन्तर्गत प्लास्टिक, इलेक्ट्रोनिक, धातुलगायत क्षेत्रलाई पुनर्चक्रण गर्ने बाध्यकारी नीति लिइएको छ । चीनले आफ्नो ११औं पञ्चवर्षीय योजनादेखि नै चक्रीय अर्थतन्त्रलाई औद्योगिक रणनीति बनाएको छ । जापानले ‘साउण्ड म्याटेरिएल–साइकल सोसाइटी’ को अवधारणामार्फत इलेक्ट्रोनिक र गाडीका पाट्र्सलाई पुनःप्रयोगमा ल्याउनेमा विश्वमै उदाहरणीय अभ्यास देखाएको छ ।
यी अभ्यासहरूले देखाउँछन् चक्रीय अर्थतन्त्र केवल वातावरणीय प्रश्नमात्र नभई दीर्घकालीन आर्थिक प्रतिस्पर्धा र रोजगारी सिर्जनाको पनि आधार हो । नेपालजस्तो मुलुकका लागि चक्रीय अर्थतन्त्रको महŒव अझ गहिरो छ ।
फोहोर व्यवस्थापन
काठमाडौं उपत्यकामा दैनिक एक हजार २०० टनभन्दा बढी फोहोर उत्पादन हुन्छ । यसको ठूलो हिस्सा पुनःप्रयोगयोग्य हुन्छ, तर व्यवस्थापन अभावमा ल्याण्डफिल साइटमा थुप्रिन्छ । कृषिजन्य अवशेषलाई कम्पोस्ट मल, बायोग्यास वा पशु आहारमा प्रयोग गर्न सकिन्छ, जसले आयातीत रासायनिक मलमा निर्भरता घटाउँछ । प्लास्टिक, कागज, धातु र गिलास उद्योगलाई पुनर्चक्रणसँग जोड्दा रोजगारी सिर्जना बढाउन र उत्पादन लागत घटाउन सकिन्छ ।
जलविद्युत्, सौर्य र बायोग्यासजस्ता नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने नीति चक्रीय अर्थतन्त्रसँग सीधै सम्बन्धित छ । सम्भावना नेपालमा पर्याप्त प्राकृतिक स्रोत, कृषिजन्य उत्पादन र युवा श्रमशक्ति छ । साना तथा मझौला उद्यमले पुनर्चक्रण र पुनःप्रयोग उद्योगलाई बलियो बनाउन सक्छन् । पर्यटनमासमेत ‘इको–टुरिज्म’को अवधारणा चक्रीय अर्थतन्त्रसँग जोड्न सकिन्छ ।
समयमै उचित नीति र लगानीसहित नेपालले चक्रीय अर्थतन्त्रलाई अपनाउन सके आर्थिक समृद्धि र स्वच्छ वातावरण दुवै सुनिश्चित हुने छ । युरोपेली संघको चक्रीय अर्थतन्त्र कार्ययोजनामा सन् २०३० सम्म ६० प्रतिशतभन्दा बढी फोहोर पुनर्चक्रण गर्ने लक्ष्य । नेपालका लागि चक्रीय अर्थतन्त्रको महŒव अझै बढी छ ।
नेपालको अवस्था र सम्भावना
नेपालजस्तो प्राकृतिक स्रोतमा धनी तर औद्योगिक प्रविधिमा निर्भर मुलुकका लागि चक्रीय अर्थतन्त्रको महŒव विशेष छ । काठमाडौं उपत्यकामामात्र दैनिक १२ सयदेखि १५ सय टन फोहोर उत्पादन हुन्छ । तर पुनर्चक्रण हुने दर १५ प्रतिशतभन्दा कम छ । यदि न्यूनतम ५० प्रतिशत फोहोर पुनःप्रयोग गर्न सकियो भने ल्याण्डफिल साइटमा दबाब कम हुनेमात्र होइन, करोडौंको आम्दानी र हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ ।
कृषि
नेपालमा वार्षिक करिब ५५ लाख टन कृषिजन्य अवशेष उत्पादन हुन्छ । यी अवशेषलाई कम्पोस्ट मल, पशु आहार वा बायोग्यासमा प्रयोग गर्न सकिन्छ । यसरी आयातमा निर्भर रासायनिक मलको खपत घटाउन सकिन्छ ।
ऊर्जा
हाल नेपालमा कूल ऊर्जा आपूर्तिको ६८ प्रतिशत जैविक इन्धन, दाउरा, गुइँठाबाट हुन्छ । तर नेपाल जलविद्युत्, सौर्य, पवन र बायोग्यासमा पर्याप्त सम्भावना भएको देश हो । चक्रीय अर्थतन्त्रसँग सम्बन्धित नवीकरणीय ऊर्जामा लगानी बढाउँदा ऊर्जा आत्मनिर्भरता सम्भव हुन्छ ।
प्लास्टिक र उद्योग
नेपालमा वार्षिक २५ हजार टनभन्दा बढी प्लास्टिक प्रयोग हुन्छ, जसको आधा अनियन्त्रित रूपमा फालिन्छ । पुनर्चक्रण प्रविधि प्रयोग गरी प्लास्टिकलाई नयाँ उत्पादनमा रूपान्तरण गर्दा रोजगारी सिर्जना र आयातको दबाब दुवै घटाउन सकिन्छ ।
सारांश
चक्रीय अर्थतन्त्र नेपालका लागि अब विकल्प होइन, बाध्यता बनेको छ । यसले वातावरणीय संकट समाधानमात्र होइन रोजगारी सिर्जना, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठूलो योगदान पुर्याउन सक्छ । सरकारको स्पष्ट नीति, निजी क्षेत्रको लगानी, उपभोक्ताको सचेत सहभागिता र शैक्षिक संस्थाबाट सुरु हुने अभियानले मात्र यसलाई सफल बनाउन सक्छ ।