Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कर्णालीमा रास्वपाकाे प्रभाव कम, प्रदेशगत मत परिणाममा दोस्रो
कर्णालीमा रास्वपाकाे प्रभाव कम, प्रदेशगत मत परिणाममा दोस्रो
ओम प्रकाश बिष्ट
ओम प्रकाश बिष्ट बुधबार, फागुन २७, २०८२

काठमाडौं- देशभर लोकप्रिय मतमा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा ) भए पनि कर्णालीमा दोस्रो स्थानमा देखिएको छ। प्रदेशगत मत परिणाम सबै प्रदेशमा बलियो देखिएको रास्वपा कर्णाली प्रदेशमा दोस्रो स्थानमा सीमित हुन सक्ने देखिएको हाे ।

सार्वजनिक भएको समानुपातिक मत परिणामअनुसार देशभर लोकप्रिय मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )अगाडि देखिएको छ।सामानुपातिक तर्फ को १,०७,३९,११५ मत गणना हुदा रास्वपा ५१,३९,२३५ मत सहित पहिलो स्थानमा छ।

कर्णाली प्रदेशको प्रतिनिधि सभातर्फको समानुपातिक मतगणनाअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। कांग्रेसले करिब १लाख ४१ हजारभन्दा बढी मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १ लाख ३३ हजारभन्दा बढी मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ।

Hardik health

त्यसैगरी करिव १ लाख २० हजार मत तेस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) रहेको छ भने चौथो स्थानमा नेपाली कम्युनिस्ट करिव १ लाख ७ हजार मत छ । अन्य दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलहरूले तुलनात्मक रूपमा कम मत प्राप्त गरेका छन्।देशव्यापी रूपमा लोकप्रिय मतमा ३% थ्रेसहोल्ड कटाई राष्ट्रिय पार्टी बन्न अग्रसर भइरहेको श्रम संस्कृति पार्टी पनि कर्णालीमा  जम्मा ४,६५७ मतसहित नवौँ स्थानमा रहेको छ। 

प्रत्यक्षतर्फ एक सिट मात्र जित्न सफल भएको पार्टी रास्वपा प्रदेशस्तरको समग्र मत परिणाममा दोस्रो स्थानमा रहे पनि जिल्लागत विवरण हेर्दा अधिकांश जिल्लामा चौथो वा तल्लो स्थानमा सीमित भएको देखिन्छ।जिल्लागत विवरण हेर्दा हुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टी करिब २ हजार मतसहित चौथो स्थानमा रहेको छ। मुगुमा पनि अवस्था लगभग त्यस्तै देखिन्छ, जहाँ करिब २१०० मतसहित उक्त पार्टी चौथो स्थानमा रहेको छ। डोल्पामा भने ३१०२ मतसहित तेस्रो स्थानमा पुगेको देखिन्छ।

कालिकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी करिब ५ हजार मतसहित चौथो स्थानमा रहेको छ भने जुम्लामा करिब ५ हजार १ सय मतसहित पाँचौं स्थानमा रहेको तथ्यांकले देखाउँछ। त्यस्तै जाजरकोटमा करिब ५हजार ७सय मतसहित चौथो स्थानमा रहेको छ।रुकुम पश्चिममा भने राष्ट्रिय स्वतन्त्र पार्टी १०,१४९ मतसहित तेस्रो उक्लिएको देखिन्छ। दैलेखमा पनि करिब २०हजार ५ सय मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

कर्णाली प्रदेशको मुख्य प्रशासनिक केन्द्र रहेको सुर्खेतमा भने रास्वपा करिब ५४ हजार २सय मतसहित पहिलो स्थानमा रहेको तथ्यांकले देखाएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार कर्णालीमा परम्परागत दलहरूको संगठनात्मक प्रभाव अझै बलियो रहेकाले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै जिल्लामा अपेक्षित समर्थन प्राप्त हुन सकेको देखिँदैन। तर कर्णालीका सुगम जिल्ला सुर्खेत र दैलेख जस्ता जिल्लामा भने पार्टीले उल्लेखनीय मत प्राप्त गरेको देखिन्छ।यसले देशभर लोकप्रिय मतमा अग्रता लिइरहेको रास्वपाको प्रभाव कर्णाली प्रदेशमा भने कमजोर रूपमा रहेको विश्लेषण गरिएको छ।


प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP