Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
ओम प्रकाश बिष्ट
ओम प्रकाश बिष्ट बुधबार, फागुन २७, २०८२

काठमाडाैं - पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नव निर्वाचित सांसद महावीर पुनलाई पुस्तक बिक्री–वितरण नगर्न आग्रह गरेका छन् ।  पोखरामा सडक तथा फुटपाथमा उभिएर पुस्तक बिक्री–वितरण नगर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आग्रह गरेका हुन् । 

 यो विषय अहिले सार्वजनिक बहसको केन्द्रमा पुगेको छ। मेयर आचार्यले सामाजिक सञ्जाल फेसबूकमा पुनले देशभर पुस्तक बिक्री गर्दै नवप्रवर्तन तथा अनुसन्धान अभियानका लागि सहयोग जुटाइरहेको कार्य सराहनीय भए पनि सडकमा उभिएर बिक्री गर्दा कानुनी र  ट्राफिक व्यवस्थापन सम्बन्धी समस्या आउन सक्ने उल्लेख गरेका छन् ।

मेयर आचार्यले पुन पोखरा आउने भए पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराएर व्यवस्थित रूपमा पुस्तक बिक्री गर्न सहयोग गर्न सकिने प्रस्ताव पनि राखेका छन्। उनका अनुसार देशभर हजारौँ पुस्तक व्यवसायी विभिन्न सरकारी निकायमा दर्ता भई पुस्तक बिक्री–वितरण गर्दै आएका छन्, पुनले पनी  त्यही प्रणालीमार्फत बिक्री गर्न सकिने उनको भनाइ छ।

Hardik health

तर महानगरको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। फेसबुक प्रयोगकर्ता पुस्पराज आचार्य  (Pushpa Raj Acharya) ले महावीर पुन अहिले जनमतबाट निर्वाचित जनप्रतिनिधि भएकाले संसदमा उद्योग तथा नवप्रवर्तनसम्बन्धी नीति निर्माणमा सक्रिय हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

यस्तै तीर्थ भट्टण(Thirtha Bhatta) ले “कानुनमाथि कोही हुन मिल्दैन” भन्दै मेयरको सुझावलाई सकारात्मक रूपमा लिएका छन्।तर अर्का प्रयोगकर्ता भिम सुवेदी( Bhim Subedi) ले भने यसलाई स्वार्थपूर्ण कदम भएको भनेर आरोप लगाएका छन्। उनका अनुसार महावीर पुनले यसअघि पुस्तक व्यवसायीहरूसँग सहयोग माग्दा कमिसनको विषयमा असहयोग भएको र अहिले पुस्तक राम्रो बिक्री भएपछि रोक लगाउन खोजेर स्टन्ट देखाउन खोजेको टिप्पणी गरेका छन्।

यससँगै केही आलोचकहरूले पोखराकै फेवाताल वरिपरि रहेका सुकुम्बासी बस्ती, ताल अतिक्रमण तथा सार्वजनिक जग्गा फिर्ता लिने विषयमा महानगरले प्रभावकारी कदम चाल्न नसकेको प्रश्न पनि उठाएका छन्। उनीहरूका अनुसार ती जटिल समस्या समाधान हुन नसकेको अवस्थामा पुस्तक बिक्रीजस्तो विषयमा मात्र कानुन देखाएर कडाई गरेको  देखिनु उचित हो कि होइन भन्ने बहस उठेको छ।

यसरी हेर्दा महावीर पुनको पुस्तक बिक्री प्रकरण केवल एउटा प्रशासनिक विषय मात्र नभई कानुनको परिपालना, सामाजिक अभियानप्रतिको दृष्टिकोण र स्थानीय सरकारको प्राथमिकताबारे व्यापक बहसको विषय बनेको देखिन्छ।


प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP