
दोहा– कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको एक युवालाई बिहीबार गोली हानी मृत्युदण्ड दिइएको हो । उनलाई सुनाइएको सजाय कार्यान्वयन गराइएको भनेर कतार सरकारले एक महिनाअघि जानकारी पठाएको कतारस्थित नेपाली दूताबास स्रोतले जनाएको छ । दूतावबासले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ ।
ती युवक एक कतारी नागरिकको हत्याको आरोपमा गत २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । उनलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएको थियो ।
तेपाली युवकलाई माफी दिनका लागि पीडित कतारी परिवारले अस्विकार गरेको थियो । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना भएको मानवअधिकारवादीहरुले बताएका छन् ।