Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२
अख्तर हुसेन  अध्यक्ष, ओभरसिज इम्प्लोइमेन्ट प्रालि

वैदेशिक रोजगार व्यवसायमा अनुभवी व्यवसायी हुन्, अख्तर हुसेन । ओभरसिज इम्प्लोइमेन्ट प्रालिका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा उनी यस क्षेत्रमा क्रियाशील छन् ।  सुनसरीको हरिनगर गाउँपालिकाका हुसेनले २०६४ मा यो व्यवसायमा पाइला राखेका हुन् । हाल मुलुकमा जेन–जी आन्दोलनका कारण जुन परिस्थिति निम्तिएको छ, यो समयको माग भएको उनी बताउँछन् । यो आन्दोलनपछि वैदेशिक रोजगार व्यवसायमा देखिएका प्रभावहरु दीर्घकालीन नहुने उनी बताउँछन् । तराई वैदेशिक रोजगार व्यवसायी समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका हुसेनसँग वैदेशिक रोजगार व्यवसायको वर्तमान अवस्था र समसामायिक विषयमा प्रभाव संवाददाता ममता थापाले गरेको कुराकानीः

हालैको जेन–जी आन्दोलनको प्रभाव वैदेशिक रोजगार व्यवसायमा पनि परेको हो ?
परिवर्तन भन्ने भइरहन्छ । त्यो सामान्य हो । यसलाई जसले स्वीकार्दैन त्यो इतिहास भइहाल्छ । वैदेशिक रोजगार हाम्रो देशको परिप्रेक्षमा अनन्तकालसम्म चलिरहन्छ, यसमा कुनै समस्या छैन । क्षणिकरुपमा केही महिना समस्या होला । यो सामान्य हो । पहिला पनि भएकै हो । अगाडि पनि भइरहने हो ।
 
राज्यले आन्तरिक रोजगारी सिर्जना गर्ने नीतिहरु लिइरहेको छ, अनि यो व्यवसायचाहिँ कसरी अनन्तकालसम्म चल्छ ?
हाम्रो देशमा रोजगार सिर्जना गर्ने राजनीतिक नेतृत्व हामीले पाएनौं । रोजगारी सिर्जना गर्ने खालको नीति नियम सरकारले आजसम्म अँगाल्न सकेको छैन । भोलिको दिनमा पनि गर्ला कि नगर्ला । जेन–जी पुस्ताले गर्ला कि ? ९० प्रतिशत युवालाई रोजगारी दिए पनि माइग्रेसन (आप्रवासन) लाई रोक्न सकिँदैन । यसलाई संसारको उन्नतभन्दा उन्नत देशले पनि रोक्न सकेको छैन ।
 
आन्दोलनपश्चात् व्यवसायीलाई पनि धम्की आयो ?
वैदेशिक रोजगार व्यवसाय यस्तो क्षेत्र हो जहाँ चारैतिरबाट धम्की आउँछ । किनकि हामी झण्डै ७० देखि ७५ प्रतिशत घरधुरीसँग जोडिएका छौं । जनतासँग प्रत्यक्ष जोडिएकोेले हामीलाई धम्की नआउने होइन । आन्दोलन हुँदा होस्, राजनीतिक परिवर्तन हुँदा होस् या सिंहदरबारमा नेतृत्व फेरिँदा होस् । त्यसका लागि हामी जहिले पनि मानसिकरुपमा तयार भएर बसेका हुन्छौं । सारा देश नै असुरक्षित भएको अवस्थामा हामी पूरै सेफ (सुरक्षित) छौं भन्न मिलेन । तर हामी आन्तरिकरुपमा सबै व्यवसायीसँग समन्वयमा छौं । 

मुलुकमा सिर्जित पछिल्लो अवस्थापछि युएईले नेपालीलाई भिसा दिन बन्द गरेको छ । अन्य देश पनि रोक्ने तयारीमा छ भन्ने सुनिन्छ, यसले कस्तो असर पुर्‍याउला ?
यो स्वाभाविक हो । आफैं समाधान भएर जान्छ । आत्तिनुपर्ने अवस्था छैन । धेरै लामो नजाला । हरेक देशको आ–आफ्नो नियम हुन्छ । उनीहरुले घोषितरुपमा नभई अस्थायी रुपमा बन्द गरेका हुन् । धेरै दिन नजाला किनकि कामदार त उसलाई पनि चाहिएला नि ! बढीमा दुई–चार महिना रहला । यसले श्रमिकहरुलाई केही समस्या पर्दैन । अहिले जाँदैनन् तर दुई–चार महिनापछि जान्छन् ।

युएई भिजिट भिसामा जाने सबैभन्दा सजिलो गन्तव्य हो र ट्राञ्जिट पनि हो । बिचौलियाहरुले विभिन्न गतिविधि गर्न ‘हब’ पनि बनाए । साउदीमै हेर्दा भिसा स्ट्याम्पिङ गर्ने बेलामा नेपालमै पुलिस रिपोर्ट अनिवार्य चाहिन्छ । त्यहाँ अवाञ्छित तत्वहरु जाने सम्भावना नै छैन । युएईमा त्यस्तो केही पनि छैन, जो पनि जान सक्छ । त्यो कारणले पनि युएईले आन्तरिक शान्ति सुरक्षाका लागि यस्तो गरेको होला । यो गर्ने उसको अधिकार हो । अन्य मुलुकले त्यस्तो केही गरेका छैनन् । उसलाई श्रमिक चाहिएको छ, हामीलाई रोजगारी ।
 
व्यवसायीमैत्री भनेर चिनिएका श्रममन्त्रीको ठाउँमा नयाँ मन्त्री आउँदै छन्, सेवा शुल्कलगायतका मागहरु कार्यान्वयन होला त ?
विगत १० वर्षयता यो क्षेत्रमा राजनीतिक कूदृष्टि अलि बढ्यो । पपुलिस्ट बन्नका लागि यो क्षेत्रलाई टार्गेट गरे तत्कालीन मन्त्रीले । तर पपुलर कति भइयो त थाहा भयो होला ! सेवा शुल्क त लाग्छ नै, नियममा जति पनि घटाइदिनु व्यवहारमा त्यो लागू हुँदैन । बसमा चढेर घर जान पनि पैसा लाग्छ । अहिले दसैंको बेलामा प्लेनको टिकट शुल्क दोब्बर भयो, खोइ नियन्त्रण गरेको ? त्यसैले खुला बजारले तय गर्छ सबै कुरा ।

Hardik health

अन्तर्राष्ट्रिय मूल्य मान्यताले त श्रमिकलाई काम लगाएबापत पैसा लिन हुँदैन भन्छ नि ?
श्रमिकलाई काम गर्न जान पैसा तिर्न पर्दैन भन्ने कुरा जायज हो । यो आइएलओको अन्तर्राष्ट्रिय मूल्यमान्यता हो । सारा संसारले मानेकै छ । तर आइएलओले रोजगार दिने होइन । रोजगार हाम्रै समाजले, हाम्रै सरकारले दिने हो । हाम्रो आवश्यकता भनेको प्रत्येक वर्ष पाँच लाख युवालाई व्यवस्थापन गर्ने हो । यसका लागि खर्च लाग्छ त । एउटा प्राइभेट सेक्टरको व्यवसायीले खाडीमा गएर मार्केटिङ गर्दा खर्च लाग्दैन ? हामीले दिने सेवा र शुल्क दुवैका लागि बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । टिकटको मूल्य कहिले कता कहिले कता पुग्छ ।

श्रमिकले श्रम गर्न तिर्नुपर्दैन भन्ने अन्तर्राष्ट्रिय मूल्य मान्यता हुँदाहुँदै पनि युरोपियन मुलुकमा कामदार गएकै छन्, उनीहरु पनि उताबाट यहाँ आएकै छन् । टिकटको शुल्क आफैं तिरेर आएका छन् । नेपाल सरकारले इपिएसमार्फत कोरिया कामदार पठाएकै छ, पैसा लिएकै छ । इजरायल पठाएकै छ त्यहाँ पनि केहि न केही खर्च लागेकै छ । ‘डक्ट्रिन अफ नेसेसिटी’ हो यो ।

कतिपय व्यवसायीले ‘फ्रि–भिसा, फ्रि टिकट’मा काम पनि गरिरहेका छन् त ?
त्यस्ता, कम्पनीहरु थोरै छन् विश्वमा । उनीहरू चारदेखि छ प्रतिशत छन् । यो हुनु राम्रो हो । सबै रोजगारदाता संस्थाहरू यस्ता हुँदैनन् । कि ‘इम्प्लोयर पे मोडल’मा सरकार आफैंले पठाओस् । निजी क्षेत्रलाई दियो भने नाफा चाहियो ।

युरोपको मागपत्र प्रमाणीकरण हुने तयारीमा थियो तर त्यो काम अहिले रोकिएको छ । कोरियाको ई–७ भिसा प्रक्रिया रोकिएको छ । यस विषयमा यहाँको धारणा के छ ?
हाम्रा मागहरू भनेका सीमित मागहरू हुन् । अहिले देशलाई पुनर्जीवित गर्नुपर्ने अवस्था आयो, यी सबै मागहरू गौण भइदिए । फेरि लबिइङ गरौंला । अहिले देश घाइते अवस्थामा छ । यतैतिर ध्यान दिऔं ।
 
तपाईंले साउदीको काम बढी गर्नुभएको छ, त्यहाँ श्रमअधिकार हनन् भएका घटना बढी आउँछन् नि ?
यसमा व्यवसायी जति सजग भए पनि फरक पर्दैन । नेपाल सरकार सजग हुने हो, दूतावासले पहल गर्ने हो, साउदीले व्यवहार गर्ने हो । व्यवसायीले केही गर्न सक्दैन ।

भनेपछि श्रमिकहरु आफैं तयार हुनुपर्ने हो ?
श्रमिक किन ? हाम्रो दूतावास छ नि त्यहाँ । सरकारसँग द्विपक्षीय सम्झौता छ त । अब कुनै समस्या पर्‍यो भने दूतावासले ‘एक्सन’ लिइहाल्छ नि । कुनै गलत काम गर्‍यो भने व्यवसायीले केही गर्नै सक्दैन ।

साउदीमा सन् २०३४ मा हुने फिफा विश्वकपका लागि विभिन्न पूर्वाधारहरु बन्दै छन् । यसका लागि नेपाली श्रमिकको माग बढ्छ ?
मागमा फरक त आउला तर नेपालको श्रमिकको गुणस्तर उच्च खालको देखिएन । हाम्रो श्रमिक कुनै सीप, भाषाको ज्ञान नभई जान्छन् । सबैभन्दा पहिलो कुरा भाषा हो । साउदीबाट नेपालका कामदारसँग कुराकानी हुन नसकेको बताउँछन् । उताबाट एसी टेक्निसियन, प्लम्बर, इलेक्ट्रिसियन मागिरहेको हुन्छ । युवाहरु यस्ता काम नै सिक्न मान्दैनन् । कम्तीमा काम त सिक्नुप¥यो नि ! आफूसँग अनुभव हुनुप¥यो । अनि पो हामीले पनि बार्गेनिङ गर्न सकिन्छ ।
 
‘ओभरसिज होल्डिङ कम्पनी’ भनेर सफ्टवेयर तयार गर्दै हुनुहन्छ भन्ने सुनियो, यो केका लागि हो ?
सफ्टवेयर तयार भइसक्यो । परीक्षणमा छौं । मोबाइल एप पनि बन्दै छ । केही दिनमा सार्वजनिक गर्छौं । अहिले हामी ३०–३५ जना जति व्यवसायी छौं । अरुलाई पछि जोड्दै जाने हो । तीनवटा काम यसले गर्छ । पहिलो, कामदार र व्यवसायीबीच सीधा सम्पर्क स्थापना गर्ने । विदेश जान इच्छुक कामदारले सम्बन्धित संस्थासँग प्रत्यक्ष सम्पर्क गर्न पायो । यो बीचमा खेल्ने बिचौलियाहरु बेरोजगार हुन्छन्, कामदारको लागत पनि घट्छ । दोस्रो, विदेशमा भएका नेपाली, भारतीय, चाइनिज बिचौलियाले हाम्रो पैसा खाइरहेका छन् । त्यस्ता बिचौलियाको विवरण वेबसाइटमा राख्दा सारा व्यवसायीहरु अवगत हुने भए । र तेस्रो, जुनसुकै व्यवसायीले आफ्नो अन्तर्वार्ता, छनोटजस्ता काम यही सफ्टवेयरमार्फत गर्न सक्छन् । आफिसियल विवरण पनि राख्‍न पाइन्छ । 
 


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा  सुझाव
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा सुझाव बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP