Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारमा जोखिममा रहेकाहरूको तथ्यांक संकलन गरिँदै
वैदेशिक रोजगारमा जोखिममा रहेकाहरूको तथ्यांक संकलन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २, २०७७
Kumar dahal
Hardik health
काठमाडौं– वैदेशिक रोजगारका क्रममा जोखिममा रहेकाहरूको तथ्यांक संकलन भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताएका छन् । कोभिड १९ का कारण रोजगारदाता मुलुकमा रहेका श्रमिकको अवस्था र यस सम्बन्धमा भइरहेको तयारीबारे राष्ट्रिय मानव अधिकार आयोगको अगुवाइमा भएको छलफलमा महानिर्देशक दाहालले यस्तो बताएका हुन् । वैदेशिक रोजगारका क्रममा जोखिममा परेकाहरू, गर्भवती, बिरामी र यसै समयमा मृत्यु भएका नेपालीहरूको सम्बन्धमा सहि तथ्यांकको आधारमा उनीहरूको उद्धारका लागि सबै मिलेर काम गर्नुपर्ने र यसका लागि तथ्यांक संकलन भएरहेको उनले बताएका छन् । छलफलमा परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले गन्तव्य मुलुकहरूबाट तत्कालै उद्धार गर्न गृहकार्यहरू भइरहेको बताएका छन् । छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र घिमिरेले कोभिड–१९ सुरु भएपछि वैदेशिक रोजगारमा गएका नेपालीहरूको अवस्था, आप्रवासनका गएकाहरूको तत्काल समस्याहरूका बारेमा मन्त्रालयले गरेको तयारीका बारेमा जानकारी गराए । उनले तत्कालै उद्धार गर्नु पर्नेको तथ्यांक लिने र अन्य ब्यवस्था के के गर्नु पर्छ यसबारे सरोकारवालासँग सल्लाह भइरहेको र गन्तव्य देशले गर्ने व्यवस्था र नेपाल ल्याउने प्रक्रिया, आइसकेपछि राख्ने तथा क्वारेन्टाइन घरसम्म पु¥याउने व्यवस्थाका बारेमा पनि जानकारी दिएका छन् । त्यस्तै, छलफलमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले आप्रवासी श्रमिकहरूको हालसम्म बोर्डलाई प्राप्त तथ्यांक प्रस्तुत गरेका छन् । उनले यस समयमा विभिन्न कारणबाट मृत्यु भएका नेपालीहरूको शव ल्याउन कठिन भएको तथा उनीहरूको सन्दर्भमा सवै मिलेर काम गर्नु पर्ने बताए । छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले महामारीपछि नेपाली श्रमिकलाई गर्नुपर्ने सहयोग र उद्धारका लागि अन्तरमन्त्रालय, गन्तव्य मुलुक तथा सरोकारवालास“ग छलफल भइरहेको बताएका छन् । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूले सूचना संकलनलगायत गन्तव्य मुलुकमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधानका लागि पहल गरिरहेको बताएका छन् । छलफलले आप्रवासी श्रमिकहरूको सुरक्षा, स्वदेश फिर्तीजस्ता प्राथमिकताका विषयहरू निर्धारण गर्न र नेपाल सरकारलाई सहयोग गर्नलगायत कार्यहरू गर्न आयोगका सदस्य पाठकको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP