
दोहा– मास्क प्रयोग नगरेमा ३ वर्ष जेल सजाय र दुई लाखसम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने कतार सरकारले निर्णय गरेको छ । कतारस्थित नेपाली दूताबासका अनुुसार कतारमा जुनसुकै कामले बाहिर निस्कँदा पनि मास्क नलगाए ३ वर्ष जेल सजाय र दुई लाखसम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने भएको हो ।
कतारको मन्त्रिपरिषद्को बैठकले आउ“दो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दाबाहेक घरबाहिर जुनसुकै कामले निस्कँदा पनि मास्क अनिवार्य रूपमा लगाउनुपर्ने निर्णय गरेको छ ।
कतार सरकारको यो नियम पालना गर्न कतारमा कार्यरत सबै नेपालीलाई राजदूताबासले अनुरोध गरेको छ । कतारले यसअघि निश्चित क्षेत्रमा मात्र अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको थियो ।
कतारमा कोरोना भाइरस संक्रमणमा ह्वातै बढेको छ । बिहीबार मात्रै कतारमा १ हजार ७ सय ३३ नयाँ संक्रमण पुष्टि भएको छ । यो संख्या कतारमा एकैदिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो ।
बिहीबार थप २ सय ७३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने योस“गै उपचारपछि निको हुनेको संख्या ३ हजार ३ सय ५६ पुगेको छ । कतारमा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । अहिलेसम्म कतारमा २८ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।