Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • जलवायु  परिवर्तनले सङ्कटमा पर्दै हिमाली जिल्लाहरु
जलवायु  परिवर्तनले सङ्कटमा पर्दै हिमाली जिल्लाहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २०, २०८२

काठमाडौं-  विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरु यसको प्रत्यक्ष/परोक्ष मारमा पर्दै आइरहेका छन् । यसको प्रमुख कारण  हिमाली जिल्लाहरुमा मौसमी तापमान दर बर्सेनि वृद्धि भइरहेको हो ।

जलवायुको असर हिमाली जिल्लाहरुमा देखिँदै गर्दा मुस्ताङमा जलवायु परिवर्तनको असरका कारण यहाँको वातावरणीय सन्तुलन तथा पारिस्थितिक प्रणालीमा नराम्ररी प्रभावित तुल्याएको छ । दश वर्षअघिसम्म यहाँ हिउँदयामको अनुकूल समयमा हिउँ पथ्‍याे । हिउँले यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँडा र बस्ती सबै हिउँले पूरै सेताम्मे हुन्थे । यहाँ हिउँद यामको पुस र माघ महिनामा तल्लो मुस्ताङमा दुई फिट र उपल्लो मुस्ताङमा पाँच फिटसम्म हिउँ परेको थियो । २)७५ सालमा हिउँदयाममा अत्यधिक हिउँ पर्दा उपल्लो मुस्ताङमा सयौँ याक चौँरी, भेडाच्याङ्ग्राहरु खर्क र गोठमै हिउँले पुरिएर मरे । तल्लो मुस्ताङको नमखुलेंक र थासाङको विभिन्न खर्कहरुमा पनि स्थानीयका दर्जनौँ याकचौँरी हिउँमा पुरिएर मरेका थिए । त्यतिबेला हिमपातले क्षति पुगेका पशुपालक किसानलाई सम्बन्धित स्थानमै पुगेर गण्डकी प्रदेश सरकारले आंशिक राहत वितरण गरेको थियो ।

हिउँ पर्दा पनि सास्ती, हिउँ नपर्दा पनि सास्ती यहाँका बासिन्दाले भोग्नु परेको एक ज्वलन्त समस्या र चुनौती हो । हिउँदयाममा उपल्लो मुस्ताङका बासिन्दा हिउँ र अत्यधिक चिसो छल्न तल झर्ने सदियौँ वर्षदेखिको प्रचलन हो । अत्यधिक चिसो र हिमपातको असरले उपल्लो मुस्ताङका बासिन्दाको जनजीवन निकै कष्टपूर्ण हुन्थ्यो । चिसो र हिउँका कारण घरका सेफ्टी ट्याङ्की, धारा र सिँचाइ कुलो जमेर बरफ बन्थ्यो । उपल्लो मुस्ताङमा कात्तिक महिनादेखि फागुनको अन्तसम्म चरणबद्ध रुपमा हिउँ पर्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ बताए ।  

यहाँ जलवायु परिवर्तनका कारण कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात हुने र कुनै वर्ष हिमपात हुन सकेको छैन । पृथ्वीको तापमान वृद्धिसँगै मुस्ताङका शाखा नदीहरुमा विपद् जोखिमको उच्च सम्भावना बढेको छ । यहाँका शाखा नदीका मुहानहरुमा हिउँ पग्लिएर वा हिउँका ढिस्का खसेर ठूलो लेदो र गेग्र्यानसहित बाढी आउने गरेका कारण कागबेनीमा ठूलो बाढी आयो । बाढीले कोरला सडकको निर्माणाधीन पक्की पुलसहित कागबेनीका आधा दर्जन बढी घरहरुमा ठूलो क्षति पुग्यो । बाढीले कागबेनी श्राद्धस्थल, स्याउबारीमा क्षति र पशु चौपाया बगाउँदा करोडौँको नोक्सानी पुर्‍यायाे । थासाङ क्षेत्रमा पटकपटक हिउँपहिरो जाने क्रम रोकिएको छैन । हिउँपहिरो जाने क्रमले त्यस क्षेत्रको चरन क्षेत्र तथा थासाङ क्षेत्रका केही बस्ती हिउँ पहिरोको उच्च जोखिममा छन् । दुई वर्षअघि मार्फास्थित बागवानी केन्द्र नजिकैको सानो खोलामा भेल बाढी आउँदा फार्मका खेतीयोग्य स्याउ बारीमा लेदो र गेग्र्यान पसेर क्षति पुर्‍याएको थियो ।

Hardik health

यसै वर्ष साउनको पहिलो र तेस्रो साता थासाङको लाङ्की खोलामा हिउँ पग्लिएर ठूलो भेल बाढी आयो । बाढीले मानवीय तथा भौतिक क्षति नपुर्‍याए पनि त्यहाँका लार्जुङ बस्तीलाई त्रासदी उत्पन्न गरायो । त्यहाँ गाउँपालिका र प्रशासनको समन्वयमा खोलामा डोजर लगाएर खोलाको धारलाई नियन्त्रणमा ल्याइयो । गत असारमा उपल्लो मुस्ताङको लोमान्थाङ-४ समजुङ माथिको लेकबाट अकस्मात छुआमा खोलामा भेल बाढी आयो । त्यहाँ बाढीले सडक मोटर बाटो, पुल र सिँचाइ कुलोलगायतमा क्षति पुर्‍यायो । त्यहाँका बाढीले मुस्ताङस्थित कालीगण्डकी नदीको तटीय बस्ती र म्याग्दीको कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई समेत बाढीले त्रासदी उत्पन्न गरायो । यसै वर्ष घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बा खोलामा बाढी आउँदा जङ्गलमा च्याउ टिप्न जाँदै गरेका एक युवालाई बाढीले बगायो भने बाढीले झन्डै २०० स्याउका बोटमा क्षति पुर्‍यायो । 

यति मात्रै होइन, बाढीले जोमसोम-कोरला सडकमार्ग समेत बाढीपहिरोले पटकपटक सडक अवरुद्ध भयो । हिमाल पग्लिएर हिउँका ढिस्कासहितको भेल बाढी आउँदा यहाँ कालीगण्डकी नदीभन्दा बेसी यहाँको शाखा नदीको विपद् जोखिम बढेको घरपझोङ-५ का कृषक कर्मा गुरुङले बताउनुभयो । जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्नु र पृथ्वीको तापमान वृद्धि हुँदै गर्दा यहाँका नीलगिरि, धौलागिरिलगायतका हिमालहरुको सौन्दर्यता घट्दै जान थालेको छ । यहाँका हिमालमा हिउँ पग्लिँदै गर्दा हिमालहरु बर्सेनि कालापत्थरमा परिणत हुँदै जान थालेका छन् । यसैगरी, जलवायु सङ्कटका कारण यहाँको कृषि, पर्यटन, जैविक विविधता, धर्म, संस्कृति र वातावरणीय क्षेत्रमा प्रतिकूल असर पर्दै जान थालेका छन् । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र प्रमुख डा लालमणि अर्यालका अनुसार जलवायु सङ्कटका कारण यहाँका परम्परागत पशुपालन व्यवसाय सङ्कटमा पर्दै जान थालेको उल्लेख गर्नुभयो । अनुकूल समयमा हिउँ नपर्ने र बेमौसममा वर्षा हुने गर्दा यहाँको चरन क्षेत्र खुम्चिँदै जान थालेको उनको भनाइ छ । हिउँ नपर्दा उच्च लेकमा घाँस पलाउन छाडेको र बेमौसमे वर्षाले चरन क्षेत्रमा अनधिकृत घाँस पलाउन थालेकाले पशु आहार व्यवस्थापनमा समस्या थपिएको छ । 

वारागुङ-४ तिरीका पशुपालक किसान आङ्ग्या गुरुङले यहाँ चरन क्षेत्रको समस्या पर्दा गाउँमा कुनै पनि घरधुरीले २०० भन्दा बढी च्याङ्ग्रापालन गर्न नपाइने नियम कार्यान्वयनमा आएको बताए । ‘गाउँमा सबैका धेरै थोरै च्याङ्ग्रा छन् तर चरन क्षेत्र खुम्चिँदैछ,’ उनले भने,‘घाँसको अभाव हुने भएकै कारण च्याङ्ग्रापालन समितिबाटै यस्तो निर्णय भएको हो, धेरै च्याङ्ग्रा पाल्छु भन्नेलाई यहाँ समस्या देखिएको छ ।’ जलवायुकै कारण यहाँको कृषि क्षेत्रमा समेत निकै ठूलो समस्या र चुनौती थपिँदै जान थालेको कृषकहरु बताउँछन् । जमिनको तापमान बर्सेनि वृद्धि हुँदै जाँदा यहाँ उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारी उत्पादनले विस्तारै बसाइँ सर्दै जान थालेको छ । यहाँ बढ्दो तापमान वृद्धिका कारण स्याउलगायतका अन्नबालीहरुमा विभिन्न रोगकिराहरुको सङ्क्रमण बढ्दै जान थालेको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख राजेश गुरुङ बताए । ‘तापमान वृद्धिले स्याउखेतीमा यसको प्रत्यक्ष असर देखिन थालेको  छ,’ उनले भने,‘यहाँ जलवायुका कारण बेमौसमे वर्षा हुने र अनुकूल समयमा हिउँ नपर्दा स्याउलगायतका अन्नबालीहरुमा रोगको प्रकोप चुलिँदै जान थालेको छ ।’

जलवायु परिवर्तनका कारण शीतोष्ण फलफूल तथा बालीहरु विस्तारै बसाइँ सर्ने क्रममा रहेकाले शीतोष्ण बागवानी विकास केन्द्रले उपल्लो मुस्ताङको घमीमा ‘स्याटलाइट’ कृषि फार्म स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । जलवायुका कारण यहाँको तल्लो भेगमा समशीतोष्ण तथा उपल्लो मुस्ताङमा शीतोष्ण फलफूल तथा तरकारीहरु उत्पादन तथा बिक्री वितरण गर्ने गरी फार्म स्थापनाको तयारी भइरहेको उनको भनाइ छ । यसैगरी, जलवायु सङ्कटका कारण हिमाली जिल्लामा संस्कृति र मौलिक परम्परामा समेत असर पुर्‍याउँदै जान थालेको छ । यहाँका सदियौँ वर्ष पुरानो ढुङ्गा र माटोले निर्मित एकापसमा जोडिएका परम्परागत घरहरु विस्तारै लोप हुने अवस्थामा छन् । ढुङ्गा र माटोले बनेका घरहरु, त्यसका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन यहाँको सांस्कृतिक धरोहरका रुपमा लिने गरिन्छ । 

पानी नै नपर्ने जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय बेमौसमे वर्षा हुने गर्दा पुरानो घरहरु कमजोर बन्दै जान थालेको जोमसोमका स्थानीयवासी अजित थकाली बताए । पछिल्लो समय जलवायु सङ्कटका कारण ढुङ्गा र माटोका घरहरु जोखिम देखिएको र सडक यातायातको सहजतासँगै यहाँ पुराना घरहरु विस्थापित हुँदै आधुनिक घर र बङ्गलाहरु निर्माण हुने क्रम बढेको थकालीले उल्लेख गरे । यसले यहाँको पुरानो मौलिक संस्कृतिमा असर पुर्‍याउँदै जान थालेकाले पर्यटन प्रर्वद्धन र विकासमा समेत क्षति तुल्याउने देखिएको उनको भनाइ छ ।  यसैगरी, जलवायु सङ्कटका कारण वातावरणीय क्षेत्रमा प्रतिकूल असर पुर्‍याउँदै जान थालेपछि यहाँको जैविक विविधतामा समेत असर पुगेको देखिन्छ । यसका कारण हिमाली क्षेत्रको जैविक विविधतामा असर पुगेपछि यहाँको वन्यजन्तुहरु लोपोन्मुख हुन थालेका छन् । हिउँचितुवाको आहारा नाउर चरन क्षेत्रमा पर्याप्त घाँस नहुँदा बस्ती नजिक आउने गरेको र त्यसलाई पछ्याउँदै हिउँचितुवा बस्ती नजिक आउने गरेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले बताए । उनले भने,‘यसका कारण हिउँचितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएकाले यहाँका पशुपालन व्यवसायमा चुनौती थपिएको छ । त्यस्तै पछिल्लो समय यहाँ हिमालको काखमा बासस्थान जमाएर बस्ने हिउँचितुवा बस्ती र सडक छेउछाउमा देखिन थालेको छ ।’

हिमाली क्षेत्रहरुमा जलवायुको असर बढ्दै जान थालेपछि यहाँको विभिन्न क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको यथोचित अनुकूलनका उपाय अवलम्बन गर्न मुख्य चुनौती भइरहेको छ । जलवायु सङ्कटले भविष्यमा मुस्ताङले योभन्दा ठूला जोखिमहरु आउनसक्ने भयले स्थानीयवासी त्रसित छन् । अन्तरराष्ट्रियस्तरमा उपलब्ध हुने जलवायु क्षतिको यथोचित हिस्सा मुस्ताङले पाउनुपर्ने यहाँका बासिन्दाको माग रहेको छ ।


 


प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP