काठमाडौं - सगरमाथा आरोहण अभियानका क्रममा एक युवा शेर्पा गाइडको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामुका २० वर्षीय फुरा गेल्जेन शेर्पाको सगरमाथामा गाइडिङ गर्ने क्रममा मृत्यु भएको हो।
उनी काइटु एक्सपिडिसन कम्पनीमार्फत गाइड गर्दै थिए। प्रहरीका अनुसार २०८३ साल वैशाख २८ गते राति करिब ११:२० बजे सगरमाथाको करिब ७,००० मिटर उचाइबाट लड्दा उनको मृत्यु भएको थियो।
शेर्पाको शव हाल सगरमाथा आधार शिविरमा ल्याएर मुचुल्काका लागि लुक्ला पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।