Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण
सीपयुक्त जनशक्तिको मागपत्र प्रमाणीकरण गर्न दूतावास तयार, अहिलेसम्म आवेदन नआएको प्रस्टीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १८, २०८२

काठमाडौं– दक्षिण कोरियास्थित नेपाली राजदूतावासले सीपयुक्त श्रमिकको मागपत्र प्रमाणीकरण नगरेको भन्ने आरोपमा सत्यता नरहेको जानकारी दिएको छ । दूतावासले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दैै उक्त आरोपको खण्डन गरेको हो ।

सीपयुक्त श्रमिकको मागपत्र प्रमाणीकरणका लागि आवेदन नै नआएकोसमेत दूतावासले प्रस्ट पारेको छ । हालै सरकारले स्वीकृत गरेको ‘कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’अनुसार दूतावासमा मागपत्र प्रमाणीकरणका लागि आवेदन नआएको दूतावासको भनाइ छ । दूतावासले रीतपूर्वक मागपत्र प्रमाणीकरणको आवेदन आएको खण्डमा आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत असार १३ गते उक्त कार्यविधि पारित गरेको थियो । त्यससँगै इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)मार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने बाटो खुलेको थियो । कार्यविधि पारित भएको दुई महिना बित्दा पनि मागपत्र प्रमाणीकरण नभएको भन्दै व्यवसायीहरुले गुनासो गरेका थिए । यसरी रोकिनुको कारण परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका केही निर्देशनहरु बाँकी रहेको हुनसक्ने आशंका गरिएको थियो । तर दूतावासले मागपत्र नै नआएकोले प्रमाणीकरण नभएको प्रस्ट पारेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले प्रमाणीकरणका लागि दूतावास तयार हुनु स्वागतयोग्य भएको बताए । यद्यपि, उक्त प्रणालीमार्फत कोरियाले कति श्रमिक लैजाने भन्ने विषय यकीन नभएको उनको भनाइ छ । व्यवसायीहरुका लागि यो सुनौलो मौका भएकाले सबै जना तयारी अवस्थामै रहेको उनले बताए । ‘यो स्वर्णिम मौका हो । पहिला इपिएसमार्फत थोरै श्रमिक लग्दै आएको थियो भने अब ठूलो संख्यामा सीपयुक्त श्रमिक लैजाने देखियो,’ उनले भने, ‘प्रमाणीकरणको प्रक्रिया अन्य मुलुकको सरह भएकाले व्यवसायीहरु तयारी अवस्थामा नै हुनुहुन्छ । सीपयुक्त जनशक्तिको छनोटको प्रक्रिया नयाँ हुनसक्छ ।’

Hardik health

 


८५ थरीका सीपयुक्त श्रमिकलाई अवसर
दक्षिण कोरियामा ई-७ भिसामार्फत सीपयुक्त जनशक्ति पठाउँदा विभिन्न ८५ थरी सीप भएका श्रमिकहरुले अवसर पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत ‘कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ मा यसरी जाने श्रमिकलाई चार वर्गमा विभाजन गरिएको छ ।  कार्यविधिको अनुसूची-१ मा गरिएको वर्गीकरणमा व्यावसायिक, अर्धव्यावसायिक, साधारण दक्ष श्रमिक र दक्ष श्रमिक भनी उल्लेख गरिएको छ । यी विभिन्न वर्गअन्तर्गतका ८५ थरीका सीपयुक्त जनशक्ति जान सक्ने छन् ।
व्यावसायिक जनशक्तिलाई म्यानेजर र विशेषज्ञ गरी दुई प्रकारमा विभाजन गरिएको छ । जसअन्तर्गत पर्ने विभिन्न ६७ थरीका सीप जानेकाहरुलाई लगिने उल्लेख गरिएको छ । अर्धव्यावसायिकमा कार्यालय कर्मचारी र सेवा क्षेत्रका कर्मचारीअन्तर्गतका नौ थरी सीप भएका जनशक्ति लगिने भनिएको छ । त्यस्तै साधारण दक्ष जनशक्तिमा छ थरीका र दक्ष श्रमिकमा तीन थरीका जनशक्ति छन् ।  
हालसम्म रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत अदक्ष श्रमिकमात्रै कोरियाले लगिरहेको छ । निजी क्षेत्रका व्यवसायी–व्यवसायी (बिटुबी)मार्फत पठाइने ई-७ भिसामा वैदेशिक रोजगार विभागको स्वीकृतिमा मौसमी कामदारबाहेकका जनशक्ति पठाउन सकिने छ । म्यानपावरमार्फत कोरिया पठाउँदा लाग्ने लागत इपिएस प्रणालीबमोजिम लाग्ने सेवा शुल्कमा नबढ्नेगरी हुने कार्यविधिमा भनिएको छ । यसरी जानका लागि आधारभूत कोरियन भाषा र पेसागत सीप हासिल गरेको हुनुपर्ने छ । ई–७ भिसामा रोजगारदाता आफैंले श्रमिकको भाषा र सीपको निःशुल्क परीक्षण गर्ने भनिएको छ ।
ई-७ भिसाका लागि हालसम्म कुनै पनि माग नआएकाले वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट र दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित नभएसम्म कुनै पनि व्यक्ति वा संस्थासँग आर्थिक कारोबार नगर्न कोरियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । मागको आधिकारिकता जाँच गर्न दूतावासमा सम्पर्क गर्न सकिनेसमेत जानकारी दिइएको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित सोमबार, जेठ ११, २०८३
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP