Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेतमा कोरोना संक्रमितको संख्या ४३
कुवेतमा कोरोना संक्रमितको संख्या ४३
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १५, २०७७
Kuwait
Hardik health
दोहा– कुवेतमा आइतबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित नेपालीको संख्या ४३ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित १ सय ८३ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित बिरामीको संख्या ३ हजार ७५ पुगेको छ । तीमध्ये २० जनाको ज्यान गएको छ, भने ८ सय ६ जना उपचारपछि पूर्णरूपमा निको भएका छन् । त्यस्तै ६१ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सबै संक्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आङ्खना नागरिकसरह नै सेवा दिइरहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । कुवेत सरकारले हाल कायम गरिरहेका सार्वजनिक बिदा २८ मे सम्म लम्ब्याएको छ । दिनमा बेलुका ४ बजेदेखि बिहान ८ बजेसम्म १६ घन्टा कर्फ्यु देशव्यापी रूपमा लागू गरिरहेका छन । कर्फ्यु कहिलेसम्मको लागि हो त्यो भने उल्लेख गरेको छैन । महाबुला र जिलिब एरियालाई आईसोलेसनमा परिनत गरिएको छ । यसैबीच, कुवेत सरकारले अवैधानिक नेपाली कामदारलाई आममाफी दिने भएको छ । २६ अप्रिलदेखि ३० अप्रिलसम्म आममाफीका लागि आवेदन दिने समय तोकिएको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । २९ फेब्रअरीसम्म भिसाको म्याद सकिएका नेपाली नागरिकले यो मितिभित्र तोकिएको स्थानमा गई सबै आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्ने दूताबासले जानकारी दिएको छ । यस्तो सुविधा उपयोग गर्न इच्छुक नेपालीहरूले अप्रिल २६ देखि ३० तारिखसम्म बिहान ९ बजेभित्र तोकिएको ठाउ“मा सम्पर्क राख्न सक्नेछन् । जिलिब हसविया क्षेत्रमा बस्ने र जिलिब हसविया क्षेत्रबाहिर बस्नेहरूको लागि छुट्टा–छुट्टै सम्पर्क स्थान तोकिएको दूताबासले जनाएको छ । जिलिब हसविया क्षेत्रमा बस्नेहरूको लागि सामान–लगेज २० केजी र ह्यान्डक्यारी ७ केजी नबढ्ने गरी लिन दूताबासले आग्रह गरेको छ । गैरकानुनी भएका पुरुषहरूलाई सम्पर्कका लागि जिलिब अल–सुएख, नयिम बिन मसुद स्कूल बोइज, ब्लक ४, स्ट्रिट २५०९ तोकिएको छ भने महिलाले जिलिब अल–सुएख, रूफाइदा अल–अस्लामिया प्राइमरी गल्र्स, ब्लक ४, स्ट्रिट २००९ मा सम्पर्क गर्न सकिने दूताबासले जनाएको छ । जिलिब हसविया क्षेत्र बाहेकका अन्य सबै क्षेत्रमा बस्नेहरूका लागि पुरुषले फर्बानिया गभर्नरेट–अल–मुथान्ना प्राइमरी स्कुल–ब्वाइज, ब्लक १, स्ट्रिट १२२ मा र महिलाले फर्बानीया गभर्नरेट–फर्मानीया प्राइमरी स्कुल–गल्र्स, ब्लक १, स्ट्रिट ७६ मा सम्पर्क गर्नुपर्नेछ । राहदानी भएका सिधै र राहदानी नभएकाहरू नेपाली दूताबासबाट ट्राभल डकुमेन्ट प्राप्त गरी सकेपछि मात्र जान दूताबासले आग्रह गरेको छ । म्याद बाँकी रहेका सक्कल नेपाली राहदानी भएकाहरूले आफ्नो व्यक्तिगत सामानहरू सहित थप निर्देशन नआउँदासम्म तोकिएको सेल्टरमा बस्न तयार हुने गरी माथि उल्लिखित केन्द्रमा सिधै जान सक्ने दूताबासले जनाएको छ । सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आइडी नभएका तर फोटोकपी भएकाहरूको हकमा उल्लिखित कागजातहरूको प्रतिलिपि तथा चार प्रति पासपोर्ट साइज फोटो लिई ट्राभल डकुमेन्टका लागि आवेदन दिन सकिने दूताबासले जनाएको छ । कागज नभएकाहरूको हकमा फिंगर प्रिन्टको आधारमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट प्राप्त गरेर मात्र चार प्रति पासपोर्ट साइज फोटो सहित ट्राभल डकुमेन्टको लागि त्यही स्थानमै आवेदन दिन सकिने दूताबासले जनाएको छ । सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आईडीको फोटोकपी मात्र भएकाहरूले चार प्रति पासपोर्ट साइज फोटोसहित नेपाली दूताबासमा अप्रिल २५ देखि अप्रिल ३० गतेसम्म दैनिक बिहान ९ देखि १ बजेभित्र सम्पर्क राखी ट्राभल डकुमेन्टका लागि आवेदन गर्न सकिने पनि दूताबासले जनाएको छ । त्यसपछि माथि तोकिएका स्थानमा सम्पर्क गर्नुपर्नेछ । दूताबासमा कुनै लगेज वा सामान लिएर नआउन भनेको छ । एकै दिनमा धेरै जनालाई ट्राभल डकुमेन्ट सम्बन्धी सेवा दिन अप्ठ्यारो हुने देखिएकाले अलग–अलग मिति ताकिएको दूताबासले जनाएको छ । यी कार्यमा एनआरएनए कुवेतले पनि सहयोग गर्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP